एजेन्सी / चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै आईपीएल २०२२ को आफ्नो सबैभन्दा ठूलो जित हासिल गरेको छ ।यो जितसँगै चेन्नईले ८ अंक जोडेको छ र अंक तालिकाको आठौँ स्थानमा पुगेको छ । पहिले ब्याटिङ गरेको चेन्नईले २०८ रन बनाएको थियो । जवाफमा दिल्लीको सम्पूर्ण टोली १७।४ ओभरमा ११७ रन बनाएर आउट भयो ।दिल्लीका चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । मिचेल मार्सले सर्वाधिक २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रनको योगदान दिए । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह, ड्वेन ब्राभोले २ तथा महिश टिक्षानाले १ विकेट लिए ।यसअघि डेभन कोनवेको अर्धशतक र अन
काठमाडौँ / नेपालले दोस्रो एक दिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो । उसका लागि जोनाथन क्याम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाए । त्यस्तै सेफास झुवाओले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका लागि करण केसी र
काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले टस जितेर पहिले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले जिम्बावे ‘ए’ विरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । टिट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ । तर, बलियो टोली जिम्बावे ‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्ने मौका छ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू-अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयार
एजेन्सी / म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ को अन्तरले जित निकालेको हो । यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । रियलबाट रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए भने सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए ।माहरेजले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरआती अग्रता दिलाएका थिए । तर अन्तिम मिनेटमा सिटी सम्हालिन नसक्दा रोड्रिगोले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।त्यसपछि इन्जुरी समयमा
एजेन्सी / इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा हाइप्रोफाइल प्रतिष्पर्धामा रोयल च्यालेन्जर्स बैङ्ग्लोरले चेन्नाई सुपर किड्सलाई १३ रनले हराएको छ ।यो सँगै जारी प्रतियोगितामा छैठौं जित निकालेको बैङ्ग्लोरले अङ्क तालिकामा चौथो स्थानमा उक्लिँदै प्ले अफको सम्भावना बलियो बनाएको छ ।सन् २०२० पछि आइपिएलमा बैङ्ग्लोरले चेन्नाईलाई हराएको पहिलो पटक हो ।जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन मात्र बनाउन सक्यो । चेन्नाईको ओपनर डेभन कन्वेले सर्वाधिक ५६ रन बनाए । मोइल अलीलले ३४ रन बनाउँदा ओपनर ऋतुराज गायकवाडले २८, ड्वेन प्रिटोर
एजेन्सी / भारतमा जारी १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई आठ विकेटले हराएको छ । जारी सिजनमा पञ्जाबको यो पाँचौं जित हो । उसले १० म्याच खेल्दा पाँच खेलमा भने हारको सामना गरेको छ । आफ्नो दसौं खेलमा गुजरातले दिएको १४४ रनको लक्ष्य पञ्जाबले १६ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । उसका लागि ओपनिङ ब्याटर शिखर धवनले ५३ बलमा आठ चौका एक छक्कासहित अविजित ६२ रन बनाए ।त्यस्तै, भानुका राजापाक्षले २८ बलमा पाँच चौका र एक छक्कासहित ४० रन जोडे । लियाम लिभिङस्टोनले १० बलमा तीन छक्का र दुई चौकाको सहयोगमा अविजित ३० रनको आक्राम
झापा / इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेपछि चेन्नाईले जितेको यो पहिलो म्याच हो । यसअघि आठ खेलमध्ये चेन्नाईले दुई खेलमात्रै जितेको थियो । टस जितेर हैदरावादले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । ओपनर ऋतुराज गायकवाड र डेभोन कोनवेबीच पहिलो विकेटका लागि रेकर्ड साझेदारीको मद्दतमा चेन्नाईले २०२ रनको योगफल बनाएको थियो । २०३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।हैदराबादको सुरुवात राम्रो थियो। सुरुवाती ६ ओभरमा लगभग १० को औसतमा रन बटुलेको थियो ।
काठमाडौं / नेपाल पहिलो टी-२० खेलमा जिम्बावे ए टिमसँग पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाए । रोए काए ९ रनमा अविजित रहे ।बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।त्यसअघि आद
काठमाडौँ / खेलकुदका लागि भारत्तोलनका समान आठ पुरुष र महिला गरी १६ जना खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी र ७३ केजीमा आर्मीका राजु चौधरी छनोट भएका छन् । त्यस्तै ७३ केजीमा कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा प्रहरीका विशाल सिंह विष्ट, १०९ केजीमुनि कञ्चनपुरका सुभास उपाध्याय तथा १०९ केजीमाथि प्रहरीका सागर भण्डारी छनोट भए ।नेपाल भारत्तोलन सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ४९ केजीमा प्रहरीकी
एजेन्सी / युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ । इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो ।लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिन सफल भयो । लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।५५ मिनेटमा सडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए । उनले सलाहको पासमा गोल गरेका थिए ।यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गो
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.