खेलकुद

    Showing 261-270 of 1,313 items.
  • क्रिस्टियानाे रोनाल्डो चाडैँ बिबाह बन्धनमा बाधिदै, गरे प्रेमिकासँग इन्गेजमेन्ट

    रियाद, २७ साउन । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले छिट्टै विवाह गर्ने भएका छन् । हाल ५ सन्तानका पिता रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन, जसले अहिले इन्टरनेटमा हलचल मच्चाएको छ । वास्तवमा लामो समयदेखि उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो, जसमा जर्जिनाले पूर्णविराम लगाएकी थिइन् । उनले इन्गेजमेन्टको खबर पुष्टी गरेकी छिन् ।पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो र मोडल जर्जिना रोड्रिग्वेज ८ वर्षदेखि सँगै बस्दैँ आएका छन् । उनीहरुले २०१६ मा डेटिङ सुरु गरेका थिए। रोनाल्डो–जर्जिनासँग ४ सन्तान छन्। सन् २०१७ मा सरोगेसी मार्फत सन्तान (इभा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 259 पटक पढिएको
  • क्रिकेटर ललित राजवंशीकी आमाको निधन

    विराटनगर— नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ।सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो।आमाको निधनको खबर पाएलगत्तै काठमाडौंमा रहेका क्रिकेटर ललित विराटनगर आइपुगेका छन्। अहिले विराटनगर महानगरापालिका–१४ स्थित उनको परिवारका सदस्य, आफन्त र छिमेकीहरू जम्मा भएकाछन् ।आमाको निधनको खबर पाएपछि उनले भावुक हुँदै इन्स्टाग्राममा एउटा पोस्ट लेखेका छन् । ललित शुभो राजवंशीका तीन छोरा र एक छोरीमध्ये कान्छा हुन्।क्रिकेट संघ अफ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 599 पटक पढिएको
  • एनपीएलको अक्सनबाट आठ टोलीले छाने ३७ खेलाडी, काठमाडौं गोर्खाजको अक्सन पूरा

    काठमाडौं  –  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को निम्ति भएको मिनि अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । शनिबार काठमाडौंमा जारी अक्सनमा छनोट गरिएका १५० खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्सनमा आठ टोलीले पहिलो चरणमा २६ खेलाडी अनुबन्ध गरेका थिए भने पहिलो चरणमा अनुबन्ध नगरिएका बाँकी ११ खेलाडी ‘विस लिस्ट’बाट छानिएका हुन् । ‘ए’ श्रेणीका चार खेलाडीलाई जनही १५ लाख रूपैयाँमा खरिद गरिएको छ ।सबैभन्दा बढी मूल्यमा देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई खरिद गरिएको छ । देव र अर्जुनले चितवन राइनोजबाट, आदिलले काठमाडौं गोर्खाजबाट र पवनले कर्णाली याक्सबाट

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 387 पटक पढिएको
  • एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं –  एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ ।एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो। 

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 408 पटक पढिएको
  • अन्तिम मिनेटमा सुक्रिया मियाँको गोल, नेपालले साउदी अरेबियालाई हरायो

    भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल प्रतियोगितामा नेपाली टोलीले पहिलो जीत हासिल गरेको छ । नेपाली टोली शुक्रबार खेलिएको आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई १-० गोलले हराएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा नेपाली टोलीले अन्तिम समयमा निर्णायक गोल गरेको थियो । निर्धारित समयको ९० औं मिनेटमा नेपालका लागि सुक्रिया मियाँले निर्णायक गोल गरेकी थिइन् । उक्त नतिजापछि नेपाली टोलीको अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । जितसँगै नेपाली टोली अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपालले दुई खेलबाट चार अंक जोडेको छ । एक खेलबाट तीन अंक बटुलेको उत्तर कोरिया दोस्रो स्थानमा आ

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 498 पटक पढिएको
  • यू–२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै

    काठमाडौं –  एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 390 पटक पढिएको
  • ‘बझाङको बाघ’ रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलको सम्मान

    काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गरेका छन्।‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताए।सो अवसरमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 538 पटक पढिएको
  • आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै

    काठमाडौं –  भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ । समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्राको सुरुवातमा घरेलु टोली भुटानसँग भिड्दै छ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ । यस समूहमा उत्तर कोरिया र साउदी अरब पनि रहेका छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।केह

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 471 पटक पढिएको
  • शुभमन गिलले तोडे ३५ वर्ष पुरानो कीर्तिमान, बन्याे ६ नयाँ रेकर्ड

    काठमाडौं, २१ साउन । शुभमन गिलको कप्तानीमा भारतीय क्रिकेट टोलीले ‘द ओभल’ मा खेलिएको पाँचौं टेस्टमा ६ रनले जित हात पारेसँगै यस टेस्ट खेलको इनिङ्स पछि गिलले ३५ वर्ष पुरानो कीर्तिमान तोड्दै ठूलो उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् । फास्ट बलर मोहम्मद सिराज इंग्ल्याण्डमा भएको टेस्ट सिरिजमा भारतीयका लागि संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । हेर्नुहोस् यो टेस्ट खेलमा बनेका ६ ठूला रेकर्डहरूः  मोहम्मद सिराजले लिए २३ विकेटःअन्तिम टेस्टका नायक बने फास्ट बलर सिराज, जसले दोस्रो इनिङ्समा पाँच विकेट लिएका थिए । अन्तिम दिन भारतलाई जितका लागि ४ विकेट चाहिएको थियो, जसमा सिराज एक्

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 265 पटक पढिएको
  • एनपिएलको दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ ।लुम्बिनीले लायन्सले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो । सम्पदा, भावना र राष्ट्रिय गौरवको सम्मान गर्दै लुम्बिनी लायन्सको नयाँ लोगो प्रस्तुत गरेको उनीहरुको भनाई छ । नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा स्थापित स्तम्भ, नेपालको राष्ट्रिय झण्डा झल्काउने तत्वहरुसमावेश गरिएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा पहिलो संस्करण खेलको लुम्बिनीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेको थिएन । पहिलो संस्करणमा

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 389 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा