खेलकुद

    Showing 211-220 of 1,313 items.
  • विश्वकप फुटवललाई लक्षित गर्दै चीनमा खेल सामग्री उत्पादन तिब्र

    एजेन्सी । फिफा विश्वकप फुटवल २०२६ लाई लक्षित गर्दै चीनले सम्बन्धित खेल सामग्रीहरुको उत्पादनलाई तिब्रता दिएको छ ।विश्वकपको सामानको लागि ‘वार्म–अप’ माग बढ्ने देखिएपछि विश्वकपसँग सम्बन्धित व्यापारिक सामानको माग बढ्दै गएको होयद्यपि प्रतियोगिता हुन अझै नौ महिना बाँकी छ। सामान उत्पादन सून्य रहेको अवस्थामा चीनले चहलपहल बढाएको हो ।‘हामी मिश्रित सामानहरू, केही दैनिक प्रयोगका चीजहरू किनिरहेका छौं,’ एक पसलेले भने ।अन्तर्राष्ट्रिय व्यापार बजारका व्यापारीहरू भन्छन् कि तिनीहरू गत मेदेखि फिफा सम्बन्धित सामानहरूमा काम गरिरहेका छन्।स्कार्फहरू, टोपीहरू र चश्माहरू राम्रो विक्री हुने अनुमान छ । धेरै खरीददारहरू सं

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 192 पटक पढिएको
  • बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा, भारतसँग तेस्रो भिडन्त

    काठमाडौं— पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको सुपर फोर चरणको खेलमा बंगलादेशलाई ११ रनले पराजित गर्दै पाकिस्तानले फाइनलमा भारतसँगको तेस्रो भिडन्त पक्का गरेको हो ।पहिले ब्याटिङ गर्दै पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ।पाकिस्तानका लागि मोहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन जोडे । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन बनाएका थिए । फहीम अशरफ १४ रनमा अविजित रहे भने फखर जमानले १३ रन बनाए ।बलिङतर्फ बंगलादेशका तास्किन अहमदले सर्वाधिक ३ विकेट लि

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 441 पटक पढिएको
  • एसिया कपः आज भारत र बंगलादेश भिड्ने

    काठमाडौं—  एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन् । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन् । आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ । सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ । श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ । पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ ।आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 497 पटक पढिएको
  • एसिया कपमा भारतसँग पाकिस्तान पराजित

    काठमाडौं— एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो ।सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी हुँदा चार विकेटको क्षतिमा हुँदा १७४ रन बनाउँदै पूरा गरेको हो । एसिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो । यसअघि समूह चरणको खेलमासमेत पाकिस्तान भारतसँगै पराजित भएको थियो ।आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटक

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 425 पटक पढिएको
  • साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं— साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

    • प्रकाशित मितिः असोज २, २०८२
    • 450 पटक पढिएको
  • नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा क्रिकेटर सुलभप्रति श्रछाञ्जली

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर

    • प्रकाशित मितिः असोज १, २०८२
    • 456 पटक पढिएको
  • एसीसी टी–२० एसिया कपमा पाकिस्तानमाथि भारतको सहज जित

    काठमाडौं ।  भारतले एसीसी टी–२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले  हराएको छ ।  आइतबार  भएको  खेलमा भारतले पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेको छ ।जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५।५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे । भारतका ओपनर अभिषेक शर्मा १३ बलमा ४ चौका र २ छक्कासहित ३१, शुभमन गिल १० र तिलक बर्मा ३१ रनमा आउट भए ।त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन ब

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 193 पटक पढिएको
  • एसिया कपः आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै

    काठमाडौं— एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ ।समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो भने पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हासिल गरेको थियो । एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 496 पटक पढिएको
  • काभा महिला भलिबल लिग २०२५ स्थगित

    काठमाडौं—  काभा महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ।नेपालमा हुने भनिएको भलिबल लिग सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेशनको भर्चुअल बैठकले स्थगित गर्ने निर्णय गरेको हो।आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा खेल हुने तय थियो।तर सेप्टेम्बर ८ र ९ मा भएको जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित गर्ने निर्णय गरिएको हो । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 469 पटक पढिएको
  • काष्ठमण्डप कप मंगलबारदेखि हुँदै

    काठमाडौं । काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । बास्केटबल र फुटसलमा विभिन्न विद्यालयका ४९ टिम सहभागी हुने छन् । बास्केटबलको सिनियर ब्वाइजमा र गल्र्समा समान १२–१२ टिम सहभागी हुने आयोजक काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।फुटसलको सिनियर ब्वाइजमा १०, जुनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ६ टिमको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको हातामा भदौ ३१ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 234 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा