खेलकुद

    Showing 191-200 of 1,313 items.
  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो । यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रह

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 159 पटक पढिएको
  • बाजुराको मार्तडीमा ‘बाजुरा कप’ फुटवल प्रतियोगिता हुँदै

    बाजुरा— सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ यहि असोज २२ गतेदेखि २६ गतेसम्म ‘बाजुरा कप’ सेभेन ए साइड फुटवल प्रतियोगिता २०८२  सञ्चालन हुने आयोजकले बताएको छ ।नेपालीहरुको महान चाड बडा दशै तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । गत बर्ष पनि मार्तडीमा वडाअध्यक्ष सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगिताको लागी सम्पुर्ण खेलाडी टिमहरुले असोज २१ गतेसम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्ने छ भने टिमदर्ता शुल्क पाँच हजार तोकिएको

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 493 पटक पढिएको
  • आईसीसी टी–२० विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालको जित

    काठमाडौं— नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो । यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सकको थियो । खेलमा नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिएका थिए । त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 487 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुदैँ

    काठमाडौं— अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।आज मंगलबार हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो । पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि छ भने आजको खेलमा पनि मलेसियाले जित निकाले एक खेल अगाडि नै सिरिज उचाल्ने छ ।मलेसियासँग नेपालको फाइनल भिडन्त २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिमले सिरिजमा बराबरी गर्न आजको खेल

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 501 पटक पढिएको
  • नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ ।विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 230 पटक पढिएको
  • विश्वकपको छनोटको तयारीः आज नेपाल कतारसँग भिड्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 468 पटक पढिएको
  • टि ट्वान्टी सिरिजको तेस्रो खेलमा मलेसियासँग नेपालको हार

    काठमाडौं ।  घरेलु टोली मलेसिया विरुद्धको महिला टि ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई १३ रनले हराउँदै मलेसियाले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको हो ।वायुमास ओभल स्टेडियममा जितको लागि १ सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १ रन ७ रनमा समेटियो ।टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनायो । उसका लागि ओपनर आइना हासिमले ५८ बलमा ५ चौका प्रहार गर्दै ६१ रन जोडिन् भने मास एल्साले ३० बनाइन् ।बलिङमा नेपालका लागि कविता जोशी र कविता कुँवरले २–२ विकेट लिए । नेपालका लगि सम्झना खड्काले १८ रन र रूबि पोद्दारले ३१ रन&nbs

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 182 पटक पढिएको
  • ओमानलाई छ विकेटले हराउँदै नेपाल विजयी

    काठमाडौं— आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ। शनिबार भएको खेलमा ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले सहजै पूरा गरेको हो।नेपालले १७ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतकीय इनिङ्स खेले। अन्य ब्याट्सम्यानमध्ये कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन र कुशल मल्लले १० रन जोडे।सुरुमा ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो। ओमानलाई सस्तैमा समेट्नका लागि नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सोमपाल कामी,

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 461 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियामाथि जित

    काठमाडौं ।  अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्द

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 119 पटक पढिएको
  • अन्तर्राष्ट्रिय टी–२०: नेपालले मलेसियामाथि जित

    काठमाडौं— अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ ।मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना हमिजाले अविजित अर्शतक बनाइन् । ६३ बलको सामना गर्दै उनले

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 493 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा