खेलकुद

    Showing 111-120 of 1,313 items.
  • स्पिनरले राम्रो प्रदर्शन गर्दा जीत सहज भयोः कप्तान लामिछाने

    काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलअन्तर्गत साेमबार भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो । जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिए पनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।”लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नरेन आज जुन खालको बलिङ गर्‍यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्‍यो ।” विराटन

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 227 पटक पढिएको
  • एनपिएलः सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

    काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जीवतका लागि १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनायो ।सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । साथै आरिफ शेखले २७ रनको योगदान दिए ।सुदूरपश्चिमलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे ।सुदूरपश्चिम आज कर्णालीविरुद्ध जीत निकाल्दै तेस्रो खेलमा पनि अपरा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 205 पटक पढिएको
  • सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १४० रनको लक्ष्य दिएको छ । सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १४० रनको लक्ष्य दिएको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २८ बलमा एक चौका र २ छक्कासहित ३९ रन जोडेका छन् । सोमबार त्रिवि क्रिकेट मैदानमा सुरु भएको दोस्रो खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दुई खेल खेलेका सुदूरपश्चिम चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ । कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 139 पटक पढिएको
  • एनपीएल: सट्टाबाजी गर्ने आठ भारतीय नागरिक पक्राउ

    काठमाडौं— एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ सामाखुशी बस्ने भारत आन्द्रा प्रदेश प्रकासम पामुर गाउँ घर भएका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।नेपाल क्रिकेट एशोसियसन (क्यान) द्धारा मंसिर १ गते देखि मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी भई बेताक

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 402 पटक पढिएको
  • दृष्टिविहीन महिला टोलीको गुनासोः राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफि ल्याउन सकेनौं

    काठमाडौं— दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन् ।  फाइनल खेलमा भारतसँग पराजित भएको टोली सोमबार स्वदेश फिर्ता भएको हो । सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान गीता पौडेलले राष्ट्रबाट पाउनुपर्ने सहयोग नपाएर सिमित स्रोत र साधनकाबीच खेल खेल्नुपर्दा विजेता बन्न नसकेको गुनासो गरिन् । उनले भनिन्,‘हाम्रो जति स्रोत साधन थियो, त्यस अनुसार क्षमताले भ्याएसम्म खेलेका हौं । तर हामीलाई अझै धेरै कुराको अभाव छ । त्यही अभावका बाबजुत उपविजेता बन्नु गौरवको कुरा हो । तर राष्ट्रबाट पाउनुपर्ने सहयोग पाएको भए सान अझै बढ्थ्यो होला ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 394 पटक पढिएको
  • दृष्टिविहीन महिला टोली टी–२० विश्वकप खेलेर स्वदेश फिर्ता

    काठमाडौं— दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप खेलेर स्वदेश फर्किएको छ। आइतबार सम्पन्न फाइनल खेलमा भारतसँग ७ विकेटले पराजित भएपछि टोली आज नेपाल फिर्किको हो।नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो। तर उपाधि भिडन्तमा भारतले बलियो खेल प्रस्तुत गर्दै नेपाललाई पराजित गरेको थियो।फाइनल हारका बावजुद पनि नेपाली टोलीले विश्वकपमा देखाएको खेल प्रदर्शन प्रशंसनीय मानिएको छ। टीमले भविष्यमा अझ बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरिएको छ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 386 पटक पढिएको
  • विराटनगरद्वार जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई  १३६  रनको लक्ष्य दिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रन जोडेको हो । । दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ । आजै हुने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। 

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 386 पटक पढिएको
  • एनपीएलः आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्। जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।दुई/दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। ह

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 410 पटक पढिएको
  • आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दिउसो ४ बजेदेखि शुरु हुदैछ ।जनकपुर बोल्ट्सले यसअघि खेलेको पहिलो खेलमा हार बेहोरेको छ भने विराटनगर किंग्सले लगातार २ खेलमा जित हासिल गरेर प्रतियोगिताको शानदार शुरुवात गरेको छ ।त्यस्तौ सुदूरपश्चिम रोयल्सले आफ्ना शुरुका दुवै खेल जितेर प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ भने कर्णाली याक्सले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 246 पटक पढिएको
  • नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

    काठमाडौं—  इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गरेका हुन् । यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् । महासचिव राईले भने, “महिला फुटबललाई अघि बढाउन क्

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 386 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा