काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ ।
काठमाडौं— वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ । घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा इक्वेडरका पियरो हिनकेपीले रेड कार्ड खाएका हुन् ।खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हिनकेपी बाहिरिएका थिए, जतिबेला मेक्सिकोको जित निश्चित भइसकेको थियो । भिडिओ एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेडकार्ड दिने निर्णय गरेका हुन् ।फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीहरुसँग भनाभनका क्रममा कसैले मुख छोपेर बोलेको खण्डमा अम्पायरले रेडकार्ड दिन सक्छन् ।मुख छोपेर अश्लिल वा जातीय गाली गर्ने प्रवित्तिलाई रोक्न यो नियम लगाइएको हो । यो विश्वकपमा पह
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ ।
काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ । अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत आज राति २ः४५ बजे फ्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विश्व फुटबलमा नेपालभन्दा साना तथा विकासशील मुलुकहरूले उल्लेखनीय प्रदर्शन गरिरहेको उल्लेख गर्दै नेपालको फुटबल भने अन्तर्राष्ट्रिय प्रतिबन्धको अवस्थामा पुगेकोप्रति दुःख व्यक्त गरे। उनले भने, ‘खेलकुदको आवश्यकता शारीरिक तथा मानसिक स्वास्थ्यका लागि, समाजका विभिन्न पक्षहरूलाई प्रतिबिम्बित गर्न, समाजको सभ्यता, संस्कृति आदिको परिचय गराउन हो। समाज कस्तो छ भन्न
काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । मंगलबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । मोरक्को पेनाल्टिमा ३—२ अन्तरले विजयी भएको छ । खेलको ७२औं मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई १—१ को बराबरी बनाए । निर्धारित समय र अतिरिक्त समय १—१ को बराबरीमा सकिपछि पेनाल्टी सुटआउटबाट भएको हो ।जहाँ मोरक्को २–३ ले विजयी भयो । मोरक्को
काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ । सोमबार राती भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । त्यसपछि खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई जित महत्वपूर्ण जित दिलाए ।यस जितसँगै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ ।
काठमाडौं। फिफा विश्वकप २०२६ मा चार पटकको विश्व विजेता जर्मनीको यात्रा अप्रत्याशित रूपमा अन्त्य भएको छ। अन्तिम ३२ को चरणमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो।भर्खरै सम्पन्न खेलमा जर्मनी पहिलो हाफमै १–० ले पछि परेको थियो। पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा चार पटकका विश्व विजेताको प्रदर्शन निकै फितलो देखिएको थियो।दोस्रो हाफ सुरु भएपछि जर्मनीले खेलमा फर्कने प्रयास गर्यो। ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि भीएआर समीक्षा पछि पाराग्वेका
काठमाडौं । २०२६ को विश्वकपमा लियोनेल मेसी, किलियन एम्बाप्पेजस्ता सुपरस्टारहरुको दबदबा देखिइरहँदा नयाँ पुस्ताका खेलाडीले पनि छाप छोडिरहेका छन् । समूह चरणको प्रतिस्पर्धामा केही युवा खेलाडीले राम्रो सम्भावना देखाए ।अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको यो प्रतियोगिताका लागि छानिएका २१ वर्ष वा सोभन्दा कम उमेरका ८५ खेलाडीहरूमध्ये धेरैले यस अवसरलाई सदुपयोग गरेका छन् ।सेनेगलका इब्राहिम एमबाये (१८ वर्ष १४३ दिन) विश्वकप इतिहासकै चौथो कान्छा गोलकर्ता बने । उनले जुन १६ मा न्यु जर्सीमा फ्रान्सविरुद्ध १-३ ले पराजित भएको खेलमा ‘लायन्स अफ तेरान्गा’ का लागि अन्तिम समयमा एक सान्त्वना गोल गरेका थिए ।पाँच दिनपछि
काठमाडौँ। फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.