जीवनशैली

    Showing 181-190 of 326 items.
  • रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

    काठमाडौं – रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार टोलीले उद्दार गरेको हो ।सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई

    • प्रकाशित मितिः असार २४, २०८२
    • 194 पटक पढिएको
  • गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

    मुगु –  जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित ठुलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् ।पाटनमा भेडा चराउन गएका सिंजा गाउँपालिका वडा नं ५ घर भएका अन्दाजी ५० वर्षका धन बहादुर रावत चट्याङ लागेर घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले चट्याङबाट पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको अनुमान गरिएको छ ।पाटनबाट गोविन्द बुढाले दिएको जानकारी अनुसार २ सय भेडा मरेका छन् । ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानको करिब ९ सय भेडा पाटनमा राखिएको थियो ।यदपि एकिन विवरण भने आउन बाँकि छ ।डिएसपी रेग्मीका अनुसार घटनाको विवरण बुझ्ने प्रयास भई

    • प्रकाशित मितिः असार २४, २०८२
    • 217 पटक पढिएको
  • नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा हो : भुषण तुलाधर

    नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन् ।बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र  वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्व बैंकको प्रतिवेदन साथै मनसु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 250 पटक पढिएको
  • युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्

    काठमाडौं, २४ असार । प्युरिनयुक्त खानेकुरा खाँदा शरीरमा युरिक एसिडको उत्पादन हुन्छ । यूरिक एसिड एक प्रकारको फोहोर पदार्थ हो, जुन फिल्टर गरी शरीरबाट निकालिन्छ। तर, यदि युरिक एसिड अत्याधिक बढ्यो भने यसले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या निम्त्याउँछ । धेरै कारणले युरिक एसिडका कारण हुन्छ । जसका कारण खुट्टा सुन्निन थाल्छ । साथै, जोर्नीमा युरिक एसिड क्रिस्टल जम्मा हुन थाल्छ र यसका कारण घुँडा र औंला सुन्निन थाल्छ । यस्तो अवस्थामा यो उच्च युरिक एसिडलाई समयमै कम गर्न आवश्यक छ।युरिक एसिड कम गर्न के खाने ?लौकाः लौकाको जुस पिउनाले शरीरमा भएको फोहोर युरिक एसिड छिट्टै हट्छ । काक्रोः काक्रोमा प्यु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 237 पटक पढिएको
  • भारतमा दलाइ लामाको ९० औं जन्मदिन मनाइयो

    एजेन्सी – दलाई लामाको ९० औं जन्मदिनको अवसरमा अनुयायीहरूले आइतबार भारतका विभिन्न स्थानमा कार्यक्रम गरेका छन् । भारतका विभिन्न भागहरूमा भेला भएर उनको ९० औं जन्मदिनको अवसरमा करुणा र प्रेमका साथ आयु बृद्धिको कामना समेत गरिएको छ । सो अवसरमा पूर्वी गयामा एक उत्सव जुलुस आयोजना गरिएको थियो। भारतको राजधानीमा, केक काट्ने समारोह आयोजना गरिएको थियो र त्यसपछि परम्परागत नृत्य प्रस्तुत गरिएको थियो।सो क्रममा दलाई लामाले आफू बसोबास गर्ने सानो भारतीय पहाडी शहर धर्मशालामा पानीमा रुझ्दै हजारौं भिक्षुहरू र अनुयायीहरूले मुस्कान एव ताली बजाएका थिए। भिक्षुहरूको समर्थनमा मञ्चमा बिस्तारै हिंड्दै गर्दा उनले हा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 194 पटक पढिएको
  • नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै  दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । उनले. नेपाल नै  हामीभित्र भए मात्र

    • प्रकाशित मितिः असार २३, २०८२
    • 223 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन: निर्मल निवासमा समर्थकको उत्साहपूर्ण उपस्थिति

    काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो सन्तानको रूपमा भएको थियो।पूर्वराजाको जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राजावादी समर्थकहरू बिहानैदेखि शुभकामना दिन निर्मल निवास पुग्न थालेका छन्। राजावादी पार्टी राप्रापाले समेत जन्मदिनलाई आन्दोलनको स्वरूपमा मनाउने घोषणा गरेको छ।ज्ञानेन्द्र शाह आफ्नो जीवनकालमा दुईपटक नेपालका राजा बने। पहिलो पटक वि.सं. २००७ सालमा साढे तीन वर्षको उमेरमा, जब उनका हजुरबुवा त्रिभुवन भारत निर्वासित हुँदा प्रधानमन्त्री मोहन शमशेरले उनला

    • प्रकाशित मितिः असार २३, २०८२
    • 257 पटक पढिएको
  • नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं – नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको हो ।आइतबार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो । शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो  । 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 128 पटक पढिएको
  • टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता

    काठमाडौं – अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्ज

    • प्रकाशित मितिः असार २३, २०८२
    • 263 पटक पढिएको
  • रोशी–कोलाँती क्षेत्र विनाशको एक वर्ष : भएकै छैन पुनर्निर्माण, बर्बादी अझै बाँकी

    पनौती(काभ्रे) – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँमा केवल चिहानजस्तै छ । सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन् ।गत असोज १० देखि १३ गतेसम्मको त्यो कहालीलाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको बर्षदिन वितिसक्यो । खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोत्यस्तै छ । समय वितेपनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन ।राती पानी प‍र्याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन् । बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन् ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 234 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा