जीवनशैली

    Showing 111-120 of 482 items.
  • कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण हाल सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागिरहेको छ । कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लागिरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 543 पटक पढिएको
  • आजको मौसमःदेशभर आंशिक बादल लाग्ने

    काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।देशभर आंशिक बादल लाग्नेछ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।त्यसैगरी, महाशाखाका अनुसार आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ भने लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 521 पटक पढिएको
  • मौसममा सुधारसँगै हवाई उडान सुचारु

    काठमाडौं— आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण प्रभावित बनेको आन्तरिक उडान अहिले सुचारु भएको छ। काठमाडौंलगायत देशका विभिन्न विमानस्थलमा मौसम खराब हुँदा उडान र अवतरण रोकिएको थियो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान हुन सकेको थिएन। तर, अहिले दिउँसोबाट मौसममा सुधार आएपछि भरतपुर, तुम्लिङटार र नेपालगञ्जबाहेक अन्य सबै विमानस्थलमा उडान सुचारु भएको उनले जानकारी दिए।कुहिरो हटेसँगै विमानस्थलहरूमा यात्रुको चाप बढ्न थालेको छ र तालिका अनुसारका उडानहरू सुचारु गर्ने प्रयास भइरहे

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 564 पटक पढिएको
  • आजको मौसमः उच्च पहाडी तथा हिमाली भागका हिमपात र वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का हिमपात र वर्

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 549 पटक पढिएको
  • सुदुरपश्चिम पुगेर बालेनले डोटेलीमा लेखे "सुदूर अब दूर नाई"

    डडेलधुरा— सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अहिले डडेलधुरा पुगेका छन्। तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधि सकेर उनी बुधवार बिहानै पहाडतर्फ उक्लिएका हुन्।पहाड चढ्ने क्रममा बाटोमा हिउँ परिरहेको दृश्यले यात्रालाई झन् अर्थपूर्ण बनाएको छ। यही यात्राको एक झलक बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।तस्बिरसँगै उनले डोटेली भाषामा क्याप्सन लेखेका छन्— “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई।”बालेनसँगै रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाइरहेको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसले स्थानीय संस्कृतिसँगको उनको आत्

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 578 पटक पढिएको
  • केही विमानस्थल बन्द, बाँकी सबैमा नियमित उडानः बुद्ध एयर

    काठमाडौं— बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ ।बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्।एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो। मौसममा सुधार आएसँगै तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल संचालन हुनेछ ।यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टर मार्फत जानकारी लिन सुझाव दिइएको छ।एय

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 484 पटक पढिएको
  • बाजुरामा पुनःबाक्लो हिमपात, जनजीवन कष्टकर

    बाजुरा— बाजुरामा पुनः हिमपात भएको छ । गत शुक्रबार पहिलोपटक हिउँदे वर्षासँगै हिमपात भएको थियो। पुनः मंगलबार रातीदेखि वर्षा र बाक्लो हिमपात भएको हो।लगातारको मौसम बदलीपछि वर्षासँगै यहाँका उच्च हिमाली तथा लेकाली भेगहरुमा मंगलबार रातिबाटै वर्षा र हिमपात भएको हो । पुनःवर्षासँगै हिमपात भएपछि यहाँका किसानहरु खुसी भएका छन् ।बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा बर्षा र हिमपात जारी छ। बाक्लो हिउँ परेसँगै यहाँको जनजीवन निकै कष्टकर बनेको छ। हिमपातसँगै चिसो बढेपछि वृद्धवृद्धा बालबालिका र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् ।बाक्लो हिमपात भएपछि यहाँका बडीमालिका, पोरखेलेक, कालाजग्रा, बुढ

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 501 पटक पढिएको
  • आजको मौसमः देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना

    काठमाडौं— नेपालमा न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल विभिन्न भूभागमा वर्षा भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ ।महाशाखाका अनुसार बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको छ । आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू–भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।त्यस्तै उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।गण्डकी, लुम्बिनी, कर्णाली र सु

    • प्रकाशित मितिः माघ १४, २०८२
    • 285 पटक पढिएको
  • सुनिन्छ जुम्लाको आवाज, किन देखिँदैन राज्यको सुधार?

    काठमाडौं— २००० दशकभरि जुम्ला केवल नेपालको नक्सामा सीमित एउटा जिल्ला मात्र रहेनः यो राज्यको संवेदनशीलता, राजनीतिक प्रतिबद्धता र लोकतान्त्रिक इमानदारीको प्रत्यक्ष परीक्षणस्थल बन्यो। निर्वाचनका बेला जुम्ला ‘दुर्गम’ र ‘संवेदनशील’ भनेर भाषणमा प्राथमिकतामा पर्छ, तर व्यवहारमा भने दशकौँदेखि उपेक्षित नै रहँदै आएको छ। जनताको आवाज निरन्तर उठिरह्यो, तर देखिने सुधार कहिल्यै आएन।जुम्लावासीले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै पटक–पटक मतदान गरे। तर त्यसको परिणाम आधारभूत आवश्यकतामा रूपान्तरण हुन सकेन। सडक र पुल अधुरा छन्, स्वास्थ्य सेवा अव्यवस्थित छ, शिक्षा प्रणाली गुणस्तरीय छैन, र रोजगारीका अवसर अत्यन्त सीमित

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 1,115 पटक पढिएको
  • सैनिक मञ्चको दक्षिण चौरमा २ करोड ७० लाख रुपियाँ खर्च गरेर वरमुढा ग्रास रोपिँदै

    काठमाडौं— सैनिक मञ्चबाट दक्षिणतर्फको चौरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौं महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ ।अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ । समय समयमा सार्वजनिक कार्यक्रम पनि यस चौरमा हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।६१ हजार २६३ वर्गमिटर यो चौरमा काम गर्नका लागि २ करोड ७० लाख रुपियाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मं

    • प्रकाशित मितिः माघ १३, २०८२
    • 505 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.