धर्म/संस्कृति

    Showing 901-910 of 977 items.
  • आज बुद्ध जयन्ती मनाइँदै

    झापा / प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 140 पटक पढिएको
  • आज सीता उत्पत्ति दिवस मनाइँदै, कसरी भएकाे थियाे सिताकाे उत्पत्ति ?

    काठमाडौँ  / प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीताको उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति भएकी विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 141 पटक पढिएको
  • चोरेर अमेरिका पुर्‍याइएको पार्वती मूर्ति नेपाल फर्काइँदै

     काठमाडौँ / अमेरिकाको कनेक्टिकट राज्यस्थित येल विश्वविद्यालयको आर्ट ग्यालरीमा रहेको पार्वती (तारा)को मूर्ति नेपाल फर्काइने भएको छ । भक्तपुरको एक प्राचीन मन्दिरबाट झन्डै ४५ वर्षअघि चोरिएको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो ।न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमका अनुसार, गत वर्ष असारमा उक्त मूर्तिको अवस्थितिका बारेमा जानकारी आए पनि आवश्यक तथ्य पहिचान र प्रमाणीकरण पछि घर फर्काउन विश्वविद्यालय तयार भएको हो । अंशुवर्माकालीन सम्पदा मानिने पार्वतीको मूर्तिल

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 145 पटक पढिएको
  • मंगलबार सार्वजनिक बिदा

    झापा / सरकारले मंगलबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मंगलबार बिदा दिने घोषणा गरेको हो ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, –‘नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा वि. स. २०७९ वैशाख २० गते मंगलबार कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 181 पटक पढिएको
  • आज आमाको मुख हेर्ने दिन, आमाप्रति सम्मान भाव व्यक्त गरी मनाइँदै

    झापा / आज वैशाख कृष्ण पक्ष औंशी अर्थात आमाको मुख हेर्न पर्व मनाइँदैछ ।हरेक वर्ष वैशाखकृष्ण पक्ष औंशीका दिन जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आमाको मुख हेर्ने पर्व मनाइन्छ । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्व देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने गरिन्छ ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।  छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेक

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 125 पटक पढिएको
  • बिर्तामोडमा धर्मसभा सम्पन्न

    बिर्तामोड / बिर्तामोडमा श्रीशंकराचार्य स्वागत समारोह आयोजक मूल समितिको आयोजनामा धर्मसभा सम्पन्न भएको छ । श्रीगोबर्धनमठ पुरीपिठाधिश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजको स्वागतसहित सभा सम्पन्न भएको हो ।सभामा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यासाचार्य किशोरकुमार गौतम, स्वागत समितिका संयोजक वेदप्रकाश अग्रवाल, सहसंयोजक हनुमान मित्तल, पार्वता खरेल विमली तथा उपस्थित भक्तजनले जगदगुरु स्वामी शंकराचार्यको स्वागत गरेका थिए । सनातन हिन्दु धर्मको महत्व र यसका अनुयायीहरूले खेल्नुपर्ने भूमिकाबारे प्रवचन तथा आर्शिवचन प्रदान गरिएको सभामा रुद्राक्षको मालासहित प्रसाद समेत वितरण गरिएको थि

    • प्रकाशित मितिः वैशाख १०, २०७९
    • 139 पटक पढिएको
  • आज हनुमान जन्मजयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं / प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिका –४ उत्तरगया क्षेत्रमा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजि कै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 125 पटक पढिएको
  • नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

    बिर्तामोड / आज वि.सं. २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराईले जानकारी दिए ।  भट्टराईका अनुसार विक्रम ६० संवत्सर मध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो । सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्क

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 147 पटक पढिएको
  • चैते दशैँ मनाइँदै

    बिर्तामोड / आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैँ  । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दशैँ मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई वडादशैँ  र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।पुराना कथन अनुसार, पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।चैते दशैँ असोजमा पर्ने वडादशैँ  जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टम

    • प्रकाशित मितिः चैत २६, २०७८
    • 161 पटक पढिएको
  • चैते छठ सम्पन्न

    बिर्तामोड / मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न भएको छ ।चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ ।चैते छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाऊ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ सम्पन्न भएको छ ।सत्य, अहिं

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.