बिर्तामोड / बिर्तामोडमा श्रीशंकराचार्य स्वागत समारोह आयोजक मूल समितिको आयोजनामा धर्मसभा सम्पन्न भएको छ । श्रीगोबर्धनमठ पुरीपिठाधिश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती महाराजको स्वागतसहित सभा सम्पन्न भएको हो ।

सभामा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, व्यासाचार्य किशोरकुमार गौतम, स्वागत समितिका संयोजक वेदप्रकाश अग्रवाल, सहसंयोजक हनुमान मित्तल, पार्वता खरेल विमली तथा उपस्थित भक्तजनले जगदगुरु स्वामी शंकराचार्यको स्वागत गरेका थिए । 

OM Sai Pathibhara Hospital

सनातन हिन्दु धर्मको महत्व र यसका अनुयायीहरूले खेल्नुपर्ने भूमिकाबारे प्रवचन तथा आर्शिवचन प्रदान गरिएको सभामा रुद्राक्षको मालासहित प्रसाद समेत वितरण गरिएको थियो ।

दुई सयभन्दा बढी कृतिका लेखक, साहित्यकार, विचारक समेत रहेका जगदगुरु श्री शंकराचार्य स्वामीको बिर्तामोड आगमन भएको थियो ।