काठमाडौं— पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।फेसबुक लाइभमा आएका उनले विदेशीको इसारा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर
काठमाडौं— नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ। शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ।समितिले शुक्रबार विज्ञप्ति निकालेर भदौ ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको र त्यसदिन दिउँसो १: ३१ बजेसम्म भद्रा परेको जनाएको छ। यो वर्ष भद्रा परेकाले रक्षाबन्धन गर्न नहुने चर्चाबीच समितिले विज्ञप्ति नै निकालेर प्रष्टीकरण दिएको हो।भद्रामा श्रावणीसम्बधी कर्म गरेमा शासन सत्तामा रहेकालाई नकारात्मक असर पर्ने ज्योतिषशास्त्रमा उल्लेख भएको समितिका कार्यकारी निर्देशक सूर्
आज शनिबार, २०८१ साल भदौ १ गते, तदनुसार सन् २०२४ अगष्ट १७ तारिख। साउन शुल्क पक्षको द्वादशी ।शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।हरेक शनिबार शनिको साथ
काठमाडौं - आज साउनको अन्तिम सोमबार। एकै दिन दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेको जानकारी दिए।सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए। दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो।साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाई
साउनको आज अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर परिसरमा यतिबेला भक्तजनको घुइँचो छ । तुलनात्मक रुपमा साउनका अरु सोमबारको तुलनामा आज धेरै भक्तजन छन् ।
काठमाडौं – आज २०८१ साल साउन २८ गते सोमबार । यो साल साउन महिनाको अन्तिम सोमबार पनि हो ।हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।आज अ
नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको दिन हो।हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन यो पूजा गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने गरिन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। केही भारतीय राज्यहरू, जस्तै कर्नाटक, राजस्थान र गुजरात एकै महिनाको कृष्ण पक्षमा नाग पञ्चमी मनाउँछन्। उत्सवको एक भागको रूपमा, चाँदी, पत्थर, काठ, वा चित्
काठमाडौं–नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दु:ख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नागपञ्चमीको अवसरमा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत ओलीले पर्वलाई पृथ्वी, प्रकृति, जीव र मानव जातिको सन्तुलित सम्बन्ध बुझाउने पर्व भन्दै शुभकामना व्यक्त गरेका हुन् । वैदिक कालदेखि नागपूजाको परम्परा चलेको बताइन्छ । यस दिन, नागहरूलाई खुशी पार्न पूजा गरिन्छ किनकि नागहरूको रिसले पानीको अभाव हुने विश्वास छ । वर
काठमाण्डौ । परापुर्ब काल देखि सबैलाई देवता मान्ने चलन अन्तर्गत नाग, जो पाताल को राजा मानिन्छ तिनलाई पुजा गरेर शान्त पर्नु परम्परा रही आएको छ । श्रावन शुक्ल पंचमीलाई नाग पंचमीको रुपमा मनाईन्छ । पंचमी भन्नाले औंसीको पाँचौ दिन हो ।हिन्दू पात्रो अनुसार नाग पञ्चमी पर्व श्रावण अर्थात् सावन मासको शुक्लपक्षको चन्द्र दिनमा मनाइन्छ। यो वर्ष नाग पञ्चमी शुक्रबार परेको छ । यो दिन हिन्दु धर्माबलम्बीहरुले नुहाइधुहाइ गरेर नाग पुजा गरी घरको मूलढोका अगाडि नागको फोटो टाँस्ने चलन छ । यस दिन मूल ढोकामा गोबर लगाएर नाग को चित्र टाँस्ने गरिन्छ । जल दुध र घिऊ ले सर्प लाई स्नान गराईन्छ । ग
काठमाडौं— वर्षा र सहकालको देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि रथबाट ओरालेर बुङमती लगिएको छ ।वैशाख २७ गते ललितपुरको पुलचोकबाट रथारोहन गरी सुरू भएको रातो मच्छिन्द्रनाथको रथ जात्रा आज जावलाखेलको ललितमण्डपमा भोटो देखाएपछि मच्छिन्द्रनाथको मूर्ति बुङमती लगिएको हो।हरेक वर्ष रथलाई ललितपुरको पुलचोकबाट गाबहाल, मंगलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाउने र मूर्तिलाई रथबाट निकालेर मच्छिन्द्रनाथको मन्दिर बुङमती लगिने प्रचलन छ।१२ वर्षको एकपटक रातो मच्छिन्द्रनाथको मूर्तिसँगै रथ तानेर बुङमती लगिने प्रचलन भए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.