धर्म/संस्कृति

    Showing ५९१-६०० of ९७९ items.
  • राष्ट्रिय सोनाम ल्होछार महोत्सव मङ्गलबारदेखि

    काठमाडौँ । सोनाम ल्होछार पर्वका अवसरमा मङ्गलबारदेखि तीन दिने सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङका अध्यक्ष एवं राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिका संयोजक मोहन गोलेले आज यहाँ पत्रकार सम्मेलनमार्फत उक्त महोत्सवबारे जानकारी दिएका हुन् ।सोनाम ल्होछार मन्जुश्री सम्वत् २८६१ डुलरसापुख्री (सर्प वर्ष) पर्वका अवसरमा टुँडिखेलमा महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।  उक्त महोत्सव सम्पन्न गर्न एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यसवर्ष ‘मन्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार भव्य रुपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौँ’ भन

    • प्रकाशित मितिः माघ १४, २०८१
    • २०६ पटक पढिएको
  • ओझेलमा भक्तपुरका चारधाम

    भादगाउँ । ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरूको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ (गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ । भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानीसहित  चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापूर्वक नियमित पूजापाठ

    • प्रकाशित मितिः माघ १४, २०८१
    • ४१३ पटक पढिएको
  • दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने बनारसीधाममा मेला

    काठमाडौँ । दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले जानकारी दिए । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी काठमाडौँ आइपुगेका उनी चार सय वर्षअघिदेखि दलित र ब्राह्मणले पूजा आराधना गरी समावेशिताको उत्कृष्ट नमूना प्रदर्शन गर्दै आएको बताउँछन् ।चार सय वर्षअघि मैनावती कोटका राजा मानुक चन्दले यो मन्दिरमा दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने रीत बसालेका थिए । बनारस

    • प्रकाशित मितिः माघ १३, २०८१
    • ५१७ पटक पढिएको
  • दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भीड

    धरान (सुनसरी) । इटहरी–२० तरहराका राधिका बस्नेत प्रत्येक वर्ष स्वस्थानी व्रत बस्छिन् । उनी पूजाका लागि दन्तकाली मन्दिरमा जान्छिन् । ‘दैनिकजसो पूजा गर्न आउन नपाए पनि स्वस्थानी व्रतको समयमा म सधैँ दन्तकाली मन्दिरमा पूजा गर्न आउँछु, यहाँ आएर पूजा गर्न पाउँदा मन प्रशन्न हुन्छ’, उनले भनिन् ।धरान उपमहानगर–१४ विजयपुरमा रहेको पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा स्वास्थानीको व्रत सुरु भएपछि बिहानैदेखि दर्शननार्थीको भीड लाग्ने गरेको छ । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण मन्दिरमा पूजा गर्ने भक्तजनको बाक्लो उपस्थितिका कारण भिड लाग्ने गरेको छ । मन्दिरका पूजारी विश्वराज

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २२४ पटक पढिएको
  • गायत्री मन्दिरलाई साझा धर्म स्तम्भ बनाइने

    .          बिर्तामोड,झापा l कोशी प्रदेशमै पहिलो पटक भव्यरुपमा बिर्तामोड ५ अग्रसेन भवननजिक नवनिर्मित गायत्री माताको मन्दिरलाई जातीय सहिष्णुताको खुला धार्मिकस्थलको रुपमा विकसित गरिने भएको छ ।अढाई करोड रुपैयाँको लागतमा बनेको आकर्षक गायत्री माताको त्यस मन्दिरलाई हरेक जातजाति , धर्म र समुदायको लागि साझा धरोहर बनाउने गरी मन्दिर निर्माण समितिले तयारी थालेको हो । त्यस गायत्री मन्दिरमा साझा रूपमा सबैले पूजा–अर्चना र श्रद्धा गर्न पाउँछन् । हरेक धर्मका धर्मावलम्बीहरुले एउटै ठाउँमा गायत्री माताको आशीर्वाद प्राप्त गर्न सक्छन् । गायत्री मन्दिर जति सुन्दर छ, धार्मिक र सांस्कृतिक सहअ

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २५७ पटक पढिएको
  • नाचिन छाडे धाननाच

    तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताए ।उनका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्तजस्ता जमघटमा मात्र नभएर युवायुवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २८१ पटक पढिएको
  • सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

    जलेश्वर (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा

    • प्रकाशित मितिः माघ १३, २०८१
    • २३५ पटक पढिएको
  • पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन

    ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएक

    • प्रकाशित मितिः माघ ९, २०८१
    • ३६४ पटक पढिएको
  • पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

    काठमाडौँ । पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् । पुराण श्रवण गरेरै मानिसले आफूलाई  आध्यात्मिक शिक्षा लिएर कल्याण गरेका हुन्छन् ।पुराण सुनेरै दुराचार, भ्रष्टाचारआदि अपराधबाट आफूलाई जोगाउने गरेको कथावाचक एवं हिन्दू जागरण नेपालका

    • प्रकाशित मितिः माघ ९, २०८१
    • २३५ पटक पढिएको
  • इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो

    मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् ।गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरुको आवागमन बढेको हो । मन्दिरका पूजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड नै लाग्ने गरेको छ । उनले भने, ‘यहाँ मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन्,पछिल्लो केही वर्षयाता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढ

    • प्रकाशित मितिः माघ ७, २०८१
    • ३८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.