धर्म/संस्कृति

    Showing ५८१-५९० of ९७९ items.
  • बडहरेस्थित सिद्ध गणेशको शिला मूर्तिमा बढ्दो जनविश्वास

    गण्डकी । पोखरा महानगरपालिका–३२ बडहरेस्थित सिद्ध गणेशको शिला मूर्ति बर्सेनि बढ्दै गएको छ । करिब एक सय वर्षअघि जोत्ने क्रममा उक्त शिला फेला परेको थियो ।किंवदन्तीअनुुसार जोत्ने क्रममा हलोको फालीले उक्त शिलाको केही भाग चोइटिएर फुटेको स्थानीय बताउँछन् । जोत्न प्रयोग गरिएका हलगोरु मरेपछि सोबारे खोजी गर्दा उक्त शिला गणेशको मूर्ति फेला परेपछि हाल मन्दिर भएकोे ठाउँमा राखिएको स्थानीयवासी बताउँछन् । फाली लागेर चोइटिएको भाग अहिले पनि प्रत्यक्ष देख्न सकिन्छ ।सुरुमा एक बित्ता लम्बाइको उक्त शिला बर्सेनि बढ्दै गएर अहिले झण्डै एक हात भन्दामाथि पुगिसकेको हाल मन्दिरमा नियमित पूजा गर्दै आएकी देवी पराजुलीले जानकार

    • प्रकाशित मितिः माघ २०, २०८१
    • २४९ पटक पढिएको
  • राम जानकी मन्दिरको पुनःनिर्माणको काम हुँदै

    रौतहट । रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीमा श्री राम जानकी मन्दिरको पुनः निर्माणको काम भैरहेको छ । गरुडा नगरपालिकाले जीर्ण अवस्थामा पुगेको यो मन्दिरलाई नयाँ स्वरूप दिनका लागि ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।  सो मन्दिरको ऐतिहासिक धार्मिक महत्व रहेकाले पुनः निर्माणको काम थालिएको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले बताए । उनका अनुसार मन्दिरलाई आधुनिक शैलीमा भव्य तथा आकर्षक बनाइने छ । यो मन्दिरले धार्मिक पर्यटकको आगमन बढाउनेमा उनले विश्वास व्यक्त गरे । दशकौँ पुरानो मठ जीर्ण बन्दै गएपछि दैनिक पूजा, सत्संग, तथा अन्य धार्मिक क्रियाकलापमा कठिनाइ  भएको थियो । अब यो मन्दिर&

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ३३३ पटक पढिएको
  • दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु

    काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका व्रतालुले आजदेखि फेरि दोस्रो परदेश यात्रा गर्दैछन् ।माधवनारायणका व्रतालुले प्रत्येक वर्ष माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसी त्रिवेणीघाटमा स्नान र माधवनारायणको पूजा आराधनासहित सांस्कृतिक शहर पनौतीको परिक्रमा गर्ने व्रत विधि रहेको छ । शनिबार बिहानको नित्यकर्म सकी व्रतालु साँखुबाट भक्तपुर, बनेपा हुँदै पनौती जाने तयारी गरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए ।आज बेलुका पनौती पुग्ने माधवनारायणका व्रतालुले आइतबार बिहान पनौतीको त्रिवेणीघाटमा स्नान ग

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ४७८ पटक पढिएको
  • ताकमका युवा राधाकृष्ण नाच संरक्षणमा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका युवामौलिक राधाकृष्ण नाच संरक्षणमा जुटेका छन् । ताकम धार्मिक नाट्य समूहले लोप हुन लागेको राधाकृष्ण नृत्यको कलालाई नयाँ पुस्तालाई हस्तान्तरण गरेका हुन् । राधाकृष्ण नाचका कलाकार गोपाल आचार्यले नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षणको प्रयास भएको बताए ।उनका अनुसार ताकममा मानव वस्तिरहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन छ । कलाकारहरू वृद्ध भएका र केहीको निधन भएपछि राधाकृष्ण नाच संकटमा परेको थियो । ताकम र धवलागिरी गाउँपालिकाका साथै जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, मेला महोत्सवमा प्रर्दशन हुन थालेको छ । यो नाच म्याग्दीको

    • प्रकाशित मितिः माघ १९, २०८१
    • ३२५ पटक पढिएको
  • माघे औँसीमा साढे तीन लाख भक्तजनद्वारा त्रिवेणी स्नान

    नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ऐतिहासिक धार्मिकस्थल त्रिवेणीधाममा माघे औँसीमा साढे तीन लाख बढी भक्तजनले स्नान गरेका छन् । हरेक वर्षको माघ कृष्ण औँसीका दिन यहाँ स्नान गरेमा मोक्ष प्राप्त हुने विश्वासका साथ नेपाल र भारतबाट लाखौँ भक्तजन आउने गरेका गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) क्षेत्र विकास समितिले जनाएको छ । स्वर्णभद्रा, पूर्णाभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाममा यही माघ १५ गते रातिदेखि माघ १७ गतेसम्म स्नानका लागि भक्तजनको भीड लागेको थियो । तीन नदीको सङ्गमस्थल त्रिवेणीमा स्नान गर्नाले पूण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको ग

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३७६ पटक पढिएको
  • परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका बर्तालु

    काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् ।बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिने नियमानुसार गए राति बर्तालु साँखु पुगेका हुन् ।माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्पर

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ३५० पटक पढिएको
  • त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

    खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले जनाइन् । ‘तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल

    • प्रकाशित मितिः माघ १८, २०८१
    • २७४ पटक पढिएको
  • काठमाडौंमा ल्होसारको रमझम (फोटो फिचर)

    काठमाडौं । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ८५३ पटक पढिएको
  • शालिनदीमा दर्शन गर्ने भक्तजनको भिडसँगै व्यापार बढ्दो (फोटोफिचर)

    काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । भक्तजनहरुको भिड लागेसँगै व्यापारसमेत बढेको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • ६११ पटक पढिएको
  • आज सोनाम ल्होछार, ‘गरुड’लाई बिदा गरी ‘सर्प’ वर्षलाई स्वागत

    झापा । . सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ।ल्होछारमा विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यु गाड्ने, छो प्रसाद

    • प्रकाशित मितिः माघ १७, २०८१
    • २७६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.