धर्म/संस्कृति

    Showing ५५१-५६० of ९७९ items.
  • होलीमय मिथिला

    महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन । माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन महोत्तरीको कञ्चनवन पुगेपछि सुरु हुन्छ । त्यसयता दिनहुँ मिथिलामा होली समारोह हुन्छन् । दिनदिनै होली उत्सव । जता हे¥यो होलीको रौनक । होलीको रमाइलो जोडिएर नै फागुनलाई यहाँ गवैया (गायक) ले ‘मस्त महिना अरे फागुनका’ भन्ने गरेका पाका मैथिल बताउँछन् ।‘हिन्दू मैथिल परम्परामा फागुन विवाहको बाक्लै लगन (लग्न) भएको महिना हुन्छ, रङअबिरमा रमाउन पाइने हुँदा धेरैजसो मैथिल फागुनकै बिहे रोज्छन्’, बर्दिबास–९ पशुपतिनगरका अगुवा स

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४६२ पटक पढिएको
  • धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही

    गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रूपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने अझै अनुसन्धानकै पर्खाइमा छ ।मन्दिर परिसरमा रहेको जलकुण्डमा बाह्रै महिना नै पानी भइरहनुले पनि यहाँको धार्मिक विश्वास बढाएको स्थानीय कुलबहादुर कुमाल बताउँछन् । पहराको कुनामा रहेको यस मन्दिर परिसरस्थित कुण्डमा तलबाट भुलभुल गरी पानी निरन्तर आइरहने र जस्तोसुकै खडेरीमा पानी नसुक्नु यहाँको विशिष्टता भएको उनले बताए ।‘यो जिजुबाजेका पालादेखि नै श्रद्धा भक्तिका साथ पूजाआजा हुँदै आएको तीर्थस्थल हो’,

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ३९४ पटक पढिएको
  • तानसेनमा हराउँदै ‘चीर’ ठड्याउने चलन

    तानसेन (पाल्पा) । फागू पूर्णिमा सुरुआत भएको संकेतस्वरूप सदरमुकाम तानसेनमा परापूर्वकालदेखि चीर ठड्याउने प्रचलन रहेपनि एक दशक यता त्यसले निरन्तरता पाउन छोडेको छ । यहाँ नेवार समुदायले चीर ठड्याएर फागु पूर्णिमाको पूजा गरी होलीको सुरुवात गर्ने परम्परा बसाले पनि आर्थिक अभाव र नयाँ पुस्ताले बेवास्ता गर्दा हराउन थालेको हो ।धेरै नेवार समुदायको बसोवास रहेको तानसेनस्थित टक्सारटोलमा विसं २०७१ सम्म निरन्तर चीर ठड्याउँदै आइएको थियो । गणेश मन्दिरको मूलद्वार अगाडि रङ्गीचङ्गी ध्वजाले सिङ्गारिएको चीर ठड्याएपछि होली पर्व सुरु भएको मान्ने गरिन्थ्यो । तर पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । आठ वर्षपछि टक्सार

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ४३५ पटक पढिएको
  • भीमसेनको लिङ्ग प्रदर्शनसँगै भक्तपुरमा होली सुरु

    भादगाउँ । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ । तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ ।फागु पर्वको सुरुआत भएको जनाउन काठमाडौँको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे) सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि लिङ्ग प्रदर्शनमा राखिएको हो । लिङ्गसँगै यौन समागमनको दृश्य झल्कने गरी रातो कपडाको

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ३८६ पटक पढिएको
  • लुम्बिनीमा दीप प्रज्वलन गरिने

    लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो । धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको हो । धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गत वर्

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ४४० पटक पढिएको
  • मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

    मुस्ताङ । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पु¥याउन सेवा दिइरहेका छन् ।मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • ३४९ पटक पढिएको
  • विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरू

    लुम्बिनी । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरूले अहिले विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्व शान्ति तथा मानव कल्याणका लागि गरेको कामनाले सबैको ध्यानाकर्षण गराएका हुन् । समारोहमा नेपाल, भारत, श्रीलङ्का, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरीया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षुभिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।महासङ्घले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३७४ पटक पढिएको
  • पुरोहितलाई नियमन गरिँदै

    काठमाडौँ । पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ ।  प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिए। ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।प्रशिक्षण लिन चाहनेमध्ये महिला र

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ३२५ पटक पढिएको
  • भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ ।स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख ५० हजार बजे

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ४०८ पटक पढिएको
  • आजदेखि एकमहिने रोजा सुरु

    महोत्तरी । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो ।इस्लाम परम्पराका चाडपर्व हिजरी ९उर्दू० सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज रमजान सुरु भएसँगै रोजा उपवास थालिएको हो । रमजान इस्लामिक परम्पराको हिजरी सम्वत् अनुसार नवौँ महिना हो । चन्द्रमाको गतिले निक्र्यौल गरिने यो पर्वबारे नेपालका इस्लाम धर्मगुरुहरूले रमजान आजदेखि सुरु हुने ऐलान ९सार्वजनिक० गरेपछि उपवास थालिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । हिजो साँझ चन्द्रमा देख

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ३९३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.