धर्म/संस्कृति

    Showing ५११-५२० of ९७९ items.
  • रूखको ठुुटोबाट पानी आएको भन्दै स्थानीय चकित

    गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।‘रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ’, स्थानीय विश्क गुरुङले भने । तलको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुुनौती दिएको उनको भनाइ छ ।रुपातालको बाँध निर्माण गरी तालको

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ५४७ पटक पढिएको
  • चैत्र शुक्ल नवमीः आज रामनवमी पर्व मनाइँदै

    काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा  श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४७४ पटक पढिएको
  • हलेसीमा रामनवमी मेला

    खोटाङ । धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो ।रामनवमी मेला भर्न छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायत राष्ट्रबाट दर्शनार्थी हलेसी आउने गरेका छन् । हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजनले आफ्नै सवारीसाधन ल्याएर आउने गरेका पार्किङ गर्ने ठाउँ व्यवस्थापनमा समस्या देखिएको छ ।हलेसी आउने दर्शनार्थी तथा भक्तजनलाई सहज रूपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयंसेवक तथा प्रहरीसमेत परिचालन गरिएको हलेसी मन्दिरका मूल पुजारी गोपाल गिरीले जानकारी दिए । ‘रामनवमीको अ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ५७५ पटक पढिएको
  • चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा आज बेलुकीदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने सेतो मच्छेन्द्रनाथ रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि दिउँसो करिब ४ः०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पुर्याइएको छ । रथ असन पुगेपछि पूजा, आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । असनमा रातभर सेतो मच्छेन्द्रनाथको पूजाआराधना गर्ने नियम रहिआएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४३७ पटक पढिएको
  • विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो

    अमरगढी (डडेल्धुरा) । विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो । विसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् । विसु पर्व आउनुपूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रंगिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ भन्ने जनविश्वास रहेको पण्डित करुणाकर अवस्थी बताउँछन् ।चैत सुरु भएदेखि नै घर लिप्ने र पोत्ने काम सुरु हुन्छ भने यो काम चैत महिनामा नै सक्नुपर्छ । पाटन नगरपालिका–१० का सीता भट्टले लगभग तीन घण्टा

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ४९६ पटक पढिएको
  • चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

    ढोरपाटन (बागलुङ) । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । बागलुङ कालिका मन्दिरमा विहानैदेखि भक्तजनको घुइँचो लागेको छ । बागलुङ तथा जिल्ला बाहिरबाट आउने भक्तजनका लागि विहानै ४ बजेदेखि मन्दिर खुला गरेपछि भक्तजनको घुइँचो लागेको हो ।बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । चैते दसैँका अवसरमा भारतीय पर्यटकको पनि उल्लेख्य उपस्थिति छ । चैते दसैँलाई बागलुङको पहिचानका रुपमा समेत लिइन्छ । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । गण्डकी प्रदेशकै

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३१२ पटक पढिएको
  • किराती राजा यलम्बरको सालिकसहित पार्क निर्माण अन्तिम चरणमा

    खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (सालिक)सहितको यलम्बर पार्क (उद्यान) को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक एवं पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका ३० रोपनीभन्दा बढी सरकारी जग्गामा किराती प्रथम राजा यलम्बरको एक सय १० फिट अग्लो पूर्ण कदको सालिक राख्नेगरी व्यवस्थित तथा आधुनिक पार्कको काम अन्तिम चरणमा पुगेको हो । माझ किरात भनेर चिनिने खोटाङको किरात ऐतिहासिक एवं पर्यटकीयस्थल बुइपामा निर्माण सुरु गरिएको यलम्बरको सालिक सम्पन्न भइसकेको छभने पार्क निर्माण तीव्रगतिमा भइरहेको छ । कोशी प्रदेश सरकारको ७० र नगर

    • प्रकाशित मितिः चैत २३, २०८१
    • २७१ पटक पढिएको
  • चैत्र शुक्ल अष्टमीः चैते दसैँ

    काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् ।आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ । बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ३३७ पटक पढिएको
  • मुक्तिनाथमा रामनवमीदेखि बडादसैँसम्म महायज्ञ

    मुस्ताङ । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिनासम्म मुक्तिनाथ महायज्ञ हुने भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमी तिथिदेखि बडादसैँसम्म मुक्तिनाथ महायज्ञ सञ्चालन गर्ने तयारी अघि बढेको हो ।मुक्तिनाथधामको प्रचारप्रसार तथा यस क्षेत्रमा पाइने विष्णु भगवानको अवतार शिला शालिग्रामको सरक्षणका साथै विश्वशान्तिको कामना गर्दै राष्ट्रको समुन्नतिका लागि मुक्तिनाथ महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा  श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन

    • प्रकाशित मितिः चैत २२, २०८१
    • ४५९ पटक पढिएको
  • आज वासन्ती छठ पर्वको व्रत र सझियाघाट

    महोत्तरी । महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ । आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्ति

    • प्रकाशित मितिः चैत २१, २०८१
    • २६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.