धर्म/संस्कृति

    Showing ४११-४२० of ९७९ items.
  • प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टिका जमरा नलग

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ६८८ पटक पढिएको
  • दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामनाः ‘संविधानमै सबै समाधान सम्भव’

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत उनले दसैंले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना झन् मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।सभापति देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् । ‘हरेक बडा दसैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ५९४ पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा बडादशैंको शुभकामना सन्देशः समृद्धि, एकता र सहकार्यको अपिल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको महान चाड बडादशैं २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले दशैंलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइने पर्व भएको उल्लेख गर्दै यसले पारिवारिक जमघट, सामाजिक मेलमिलाप, सद्भाव र भाइचारालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘दशैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ,’ सन्देशमा भनिएको छ ।राष्ट्रपतिले दशैं

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ६०४ पटक पढिएको
  • बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै

    काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आज गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मान वृक्ष  भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ। केरामा ब्रह्माणी, दारिममा रक

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ५२५ पटक पढिएको
  • हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा

    बाजुरा— पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन् । पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन् । पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो ।दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको बडीमालिका नगरपालिका ७ का स्थानीय हिराल

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ६५५ पटक पढिएको
  • आज नवरात्रको छैटौं दिनः कात्यायनीदेवीको पूजा गरिँदै

    काठमाडौं— आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ ।  शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ५४५ पटक पढिएको
  • युवाहरु अनलाइन खेलमा व्यस्त हुँदा चङ्गा उडाउने परम्परा लोप हुँदै

    रौतहट— बडा दसैँको चहलपहल गाँउ तथा बजारमा देखिएपनि पछिल्लो समय चङ्गा उडाउने परम्परा हराउँदै गएको छ । गाउँ घरमा केही व्यक्तिहरु मिलेर  आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम सुरु हुने गर्दथ्यो ।तर पछिल्लो समयमा चङ्गा उडाउनका लागि युवाहरुले रुची नदेखाएपछि परम्परा नै हराउँदै गएको हो । पछिल्लो पुस्ताहरु युवाहरु टिभी, इन्टरनेट तथा अन्य मनोरञ्जनतर्फ लागेपछि यसतर्फ कसैको ध्यान नगएको चन्द्रपुर ४ का अशोक कोइरालाले बताए । उनका अनुसार पछिल्लो समयमा अनलाइन मनोरञ्जनका खेलप्रति बालबालिका तथा युवाहरु सक्रिय हुने गरेको पाइन्छ ।अकाशमा चङ्गा उडाउँदा चाडपर्वको उमङ्ग बढाउँथ्यो तर अहिले त चङ्गा उडाउने गरेको देखिनै छ

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ६२३ पटक पढिएको
  • आज बडादशैंको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै

    काठमाडौं— बडादशैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन

    • प्रकाशित मितिः असोज १०, २०८२
    • ५३४ पटक पढिएको
  • पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस

    काठमाडौं— पशुपति विकास कोषको सदस्य–सचिव पदमा नारायण भण्डारी को नाम सिफारिस गरिएको छ । हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो।जेनजी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका भण्डारीलाई सो पदमा पु¥याउन आन्दोलनकै नेताहरूले समेत पहल गरेका थिए। उनका साथ अन्य नामहरू पनि सिफारिसमा परे तापनि भण्डारी सबैभन्दा अगाडि परेका छन्।सदस्य–सचिव पदमा नियुक्त भएपछि उनले कोषका नीतिगत, आर्थिक तथा प्रशासनिक कार्यहरूको संयोजन गर्ने, समितिका बैठक एजेण्डा तयारी गर्ने र कार्यान्वयन सुनिश्चित गर्ने, पारदर्शी व

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ६५३ पटक पढिएको
  • आज दसैँको चौथो दिन : कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    काठमाण्डौ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, “

    • प्रकाशित मितिः असोज ९, २०८२
    • ५२० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.