धर्म/संस्कृति

    Showing 411-420 of 632 items.
  • स्वस्थानी व्रतकथा आजदेखि सुरु

    काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन शनिबारदेखि सुरु भएको छ ।नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ ।बिहान माघ स्नान गरी मध्याहृनकालमा महादेवको पूजा गरिन्छ । बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रत कथा’ घर घरमा सुन्ने र सुनाउने गरी स्वस्थानीको प्रसाद र नैवेद्य ग्रहण गरिन्छ ।एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 254 पटक पढिएको
  • अयोध्यामा बन्यो विशाल राममन्दिर

    एजेन्शी । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटनका अवसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए। सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २,००० जनाको ज्यान गएको थियो।मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ। हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन्। उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ।अयोध्यामा आयोजित विशेष समारोहमा हजारौँ निम्तालुहरू सहभागी भएका थि

    • प्रकाशित मितिः माघ ९, २०८०
    • 321 पटक पढिएको
  • जानकी मन्दिरमा बालिँदै सवा लाख दियो, अयोध्यामा रामको प्राणप्रतिष्ठा आज

    काठमाडौं । भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा आज सवा लाख दियो बाल्न लागिएको हो ।भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन साँझ १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरि आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।राम मन्दिरको उद्घाटन हुने दिन दुवै देशका लागि विशेष महत्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ ।राम मन्दिरको प्राणप्रतिष्ठाले भारतलाई मात्र नभई छिमेकी देश नेपाललाई पनि छोएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 438 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहालले दिए माघी पर्वका अवसरमा शुभकामना सन्देश

    काठमाडौँ   ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन ।माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ भनेका छन ।संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने

    • प्रकाशित मितिः माघ १, २०८०
    • 286 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलले दिए माघी पर्वका अवसरमा शुभकामना सन्देश

    काठमाडौँ  ।   राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन ।माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन ।उनले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो

    • प्रकाशित मितिः माघ १, २०८०
    • 194 पटक पढिएको
  • आज पौसे औँसी अर्थात् तीर्थमा श्राद्ध गर्ने दिन

    काठमाण्डौ   ।    आज बिहानैदेखि पुसे औंसी धाम नदिकिनारमा श्राद्ध गर्नेहरूको भीड लागेको छ। पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन्। पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थमा श्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ।  यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण, श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। स्वर्गीय बाबु-आमा तथा आफन्तको नाममा भक्तजनहरूले अहिले नदी किनारमा श्राद्ध गरिरहेका छन्। पितृको नाममा श्राद्ध गर्

    • प्रकाशित मितिः पुस २६, २०८०
    • 284 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

    काठमाण्डौ । आज जनवरी १ अर्थात पुस १६ गते साेमबार ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपालीहरुले सिरमा ढाका टोपी लगाएर नेपाली टोपी दिवस मनाउने गरिन्छ।‘नेपाली टोपी: नेपाली पहिचान’ भन्ने मूल नाराको साथ (आज) सोमबार  ११ औं नेपाली टोपी दिवस मनाइदै छ। जागरुक युवा अभियान नेपालले  हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आईरहेको छ।सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पह

    • प्रकाशित मितिः पुस १६, २०८०
    • 367 पटक पढिएको
  • प्रधानमन्त्री दाहालले दिए तमु ल्होसारको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताए ।प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको उल्लेख गरेका छन् । उनले यस विशेषता

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 226 पटक पढिएको
  • राष्ट्रपति पौडेलले दिए तमु ल्होसारको शुभकामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका हुन् ।राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 196 पटक पढिएको
  • आज तमु ल्होसार मनाइदै

    काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। हरेक १५ पुसमा गुरुङ समुदायले  ‘तमु ल्होसार’ पर्व मनाउने गर्छन्।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    • प्रकाशित मितिः पुस १५, २०८०
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा