धर्म/संस्कृति

    Showing ३६१-३७० of ९७९ items.
  • हेटौंडामा भव्य तयारीसहित छठ पर्व मनाइँदै, करिब ६० हजार भक्तजन उपस्थितिको अनुमान

    हेटौंडा । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्व आज तराईका विभिन्न जिल्ला सहित पहाडी क्षेत्रमा पनि श्रद्धा र उत्साहका साथ मनाइँदैछ । तराईको यो प्रमुख पर्व अब सबै समुदायले साझा उत्सवका रूपमा मनाउन थालेका छन् ।हेटौंडामा विगत ३५ वर्षदेखि निरन्तर रूपमा छठ पर्व मनाउने परम्परा रहेको छ । यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको किनारमा भव्य तयारी गरिएको छ ।आयोजक संयुक्त मधेशी समाज मकवानपुरका सचिव नन्दलाल दासका अनुसार करिब ६५० फिट लम्बाइ र २० फिट चौडाइको विशाल पण्डाल निर्माण गरिएको छ । साथै, २५ वटा व्यवसायिक स्टल पनि स्थापना गरिएको छ । पूजास्थलको मध्य भ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३०३ पटक पढिएको
  • कांग्रेस महामन्त्री गगन थापाद्वारा छठ पर्वको शुभकामना, यस वर्ष सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिएका हुन् ।थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् । उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु । यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु ।’महामन्त्री थापाले आगामी वर्ष सबैसँग मिलेर छठ पर्व मनाउने इच्छा व्यक्त ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ५७५ पटक पढिएको
  • छठ पर्वले खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्नेछः उपराष्ट्रपति यादव

    काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको उल्लेख गरेका छन् । छठ पर्वले खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको विश्वास छ ।छठ महापर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण न

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ५३९ पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ ।राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्‍तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य  दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ६५७ पटक पढिएको
  • आज छठ पर्वको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

    काठमाण्डौ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने प

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३३२ पटक पढिएको
  • शनिबार छ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे

    ताप्लेजुङ, ९ कात्तिक : यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा  मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभर

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • २९१ पटक पढिएको
  • छठपूजाका लागि झापाका नदी किनार सजाइए

    झापा, ९ कात्तिक : छठ पूजाका लागि जिल्लाको भद्रपुर, कनकाई, मेचीनगर, दमक क्षेत्रका दर्जनौँ नदीका घाट सजाउने कार्य भएको छ । छठका बर्तालुहरूले सजाइएका नदीका घाटमा सोमबार साँझ अस्ताउँदो सूर्यलाई र मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने छठ सेवा समिति विर्तामोडकी अध्यक्ष सङ्गीता रौनियारले बताउनुभयो ।उहाँका अनुसार जिल्लाको मुख्य व्यापारिक केन्द्र विर्तामोडका बर्तालुहरूले कनकाईको बिरिङ नदी किनारमा सजाइएका घाटमा पूजा गर्ने तयारी भएको छ । “विर्तामोड, चारपाने, दुर्गापुर र लक्ष्मीपुरका छठ पूजा गर्नेहरूका लागि हामीले कनकाईको बिरिङमा सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “यो सांस्कृतिक पर्वला

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३४८ पटक पढिएको
  • छठको दोस्रो दिन आज ‘खरना’, यसरी मनाइँदै

    काठमाण्डौ  ।  श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् ।चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शन

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ३२६ पटक पढिएको
  • यसरी हुँदैछ कमलपाेखरीमा छठको तयारी

    काठमाण्डौ  ।  मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ । छठमा घर जान नपाउने महिला पुरुषहरु काठमाडौंको पोखरीमा नै छठ मनाउँछन् । कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठघाट निर्माण भइरहेको छ । आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ । 

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ५४० पटक पढिएको
  • विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

    काठमाडौँ, ८ कात्तिक : श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • ६२५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.