धर्म/संस्कृति

    Showing ३५१-३६० of ९७९ items.
  • आज हरिबोधिनी एकादशी

    काठमाण्डौ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन् ।सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ ।आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • ५७१ पटक पढिएको
  • धार्मिक पर्यटकीय केन्द्र बन्दै चन्दननाथ भैरवनाथ मन्दिर

    मुगु । जुम्लामा पछिल्लो समयमा सडक र हवाई सेवाको पहुँच विस्तर हुन थालेपछि जुम्लाको चन्दनाथ  र भैरवनाथ मन्दिरमा दर्शन गर्न आन्तरिक तथा वाह्य पर्यटकको भीड बढ्दै गएको छ । असोज महिनाको चिसोले उराठिएका डाँडाहरूको काखमा रहेको खलंगा बजार जहाँ बिहानको सूर्यकिरण मन्दिरको सुनौलो गजुरमा पर्छ र मन्दिरको मृदुल ध्वनीले उपत्यका गुन्जायमान हुने गरेको छ ।यसमध्येको चन्दननाथ भैरवनाथ मन्दिर आस्था, इतिहास र पहिचानको साझा धरोहर बनेको छ । यहाँको मन्दिर काठ, ढुंगो र धातुको संरचना मात्रै नभएर जुम्ली आत्माको प्रतीक मानिन्छ ।सयौं वर्षअघि योगी चन्दननाथले यही तपस्या गरी भैरवनाथ प्रसन्न पारेको भनाइ छ । उनीबाट सुरु

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३९८ पटक पढिएको
  • ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’

    भोजपुर। यहाँको टेम्केमैयुङ गाउँपालिका–७, भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘सत्यदेवी मन्दिर’ ओझेलमा परेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने यो देवस्थल प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । स्थानीय बासिन्दाले वर्षौंदेखि साक्षात् देवीका रूपमा यहाँ पूजाआजा गर्दै आएका छन् । विशेषत गरी यहाँ साउन महिनाबाहेक वर्षभरि हरेक सोमबार पञ्चबलि पूजा हुने गरेको स्थानीय राजकुमार राईले बताउनुभयो । “यो जिल्लाको प्रसिद्ध धार्मिकस्थल हो । देशका विभिन्न ठाउँबाट भक्तजन पञ्चबलि पूजा गर्न आउँछन्, तर यसको प्रचार–प्रसार हुन सकेको छैन । ओझेलमा छ”, उहाँले भन्नुभयो ।  मन्दिरका पुज

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ३८८ पटक पढिएको
  • छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु, १० जना बेपत्ता

    काठमाडौं— भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो ।स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • ६०९ पटक पढिएको
  • राष्ट्रपति कार्यालयबाट दोलखा भीमेश्वरमा क्षमा पूजा

    रामेछाप— देश र जनतामाथि अनिष्ट भइरहेको भन्दै राष्ट्रपति कार्यालयको तर्फबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा र रुद्राविशेष गरिएको छ ।जीवित देवी कुमारीले दोलखा भीमेश्वरको सिलामा पसिना आएको तर कोही कसैले त्यसप्रति ध्यान नदिई पूजा नगरेका कारण राष्ट्रमा अनिष्ट भइरहेको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएपछि राष्ट्रपति कार्यालयको तर्फबाट क्षमा पूजा गरिएको बताइएको छ ।भीमेश्वर गुठी व्यवस्थापन समितिका सचिव राजेन्द्र नारायण श्रेष्ठका अनुसार, भीमेश्वरको सिलामा पसिना आउनेबित्तिकै राष्ट्र प्रमुखको तर्फबाट बलि पूजा र क्षमा पूजा गर्ने परम्परा रहिआएको छ। तर, यसपटक कोरा पूजासहितको क्षमा प

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • ५९२ पटक पढिएको
  • यस बर्षको छठ पर्व सकिएसँगै जलाशय सरसफाइ गरिँदै

    रौतहट— आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई यस बर्षको छठ पर्व समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन सोमबार अस्ताउँदो र मंगलबार उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएपछी सम्पन्न भएको हो । रौतहटको चन्द्रपुर, गरुडा, गौर सहित १८ वटै पालिकामा रहेका जलाशयमा पुगेर ब्रतालुहरुले छठ पूजा गरेका हुन । अघ्र्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन  छ । सूर्यलाई अघ्र्य  दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने ध

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ५३१ पटक पढिएको
  • सिरहामा धूमधामका साथ छठ पर्व सम्पन्न

    सिरहा— आज छठ पर्वको मुख्य दिनमा सिरहाका विभिन्न तलाउ, नदी र पोखरीहरूमा व्रतालुहरूले विधिपूर्वक उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व सम्पन्न गरेका छन् ।हजारौं भक्तजन बिहानैदेखि पवित्र स्नान, पूजा र अघ्र्यका लागि घाटमा भेला भएका थिए ।श्रद्धा, भक्ति र अनुशासनको प्रतीक यस पर्वमा महिलाहरूले चार दिनसम्म निराहार व्रत बसेर सूर्यदेव र छठी मइयाको आराधना गरेका थिए ।पर्वको अवसरमा सिरहाका घाटहरूमा आकर्षक सजावट गरिएको थियो भने सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।सूर्यदेवप्रति आस्था र कृतज्ञता व्यक्त गर्दै सम्पन्न भएको यो पर्वले सिरहामा धार्मिक उत्साह र सामाजिक एकता झल्काएको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ५९७ पटक पढिएको
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व सम्पन्न

    काठमाण्डौ  ।  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व सम्पन्न भएको छ। उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ।बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिबा

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • ३४१ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा राष्ट्रिय सभा सदस्य विष्णुदेवि पुडासैनी, पशुपति विकास कोषका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगत, छठ

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ६१३ पटक पढिएको
  • छठ पर्वमा हेटौंडाका किसानलाई अदुवा विक्रीबाट आम्दानी

    मकवानपुर ।  छठ पर्वको अवसरमा हेटौंडका किसानहरूले यस वर्ष अदुवा विक्रीबाट राम्रो आम्दानी गरेका छन् । छठ पर्वमा अदुवाको बोट (स्याउला) चढाउने परम्पराका कारण बोटसहित अदुवाको माग उल्लेख्य रूपमा बढेको छ । यसले किसानलाई राम्रो आम्दानीको अवसर दिएको छ ।हेटौंडा ६ का स्थानीय किसान युवराज तिमल्सिनाका अनुसार हेटौंडाका किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” उनले बताए । तिमल्सिनाले एक क्विन्टल अदुवा बिक्री गरेका हुन् भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका छन् । व्यापारीहरू बिरगन्ज, कलैया लगायतका सहरबाट

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ३६० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.