बजार

    Showing ३१-४० of ५०१ items.
  • पुराना स्मार्टफोन पुनःप्रयोग गर्दै ई–वेस्ट घटाउने सामसङको योजना

    काठमाडौं / सामसङ नेपालले नयाँ स्मार्टफोन बिक्रीसँगै पुराना मोबाइल उपकरणको पुनःप्रयोग बढाउने योजना अघि सारेको छ । कम्पनीले ट्रेड–इनमार्फत संकलन हुने पुराना स्मार्टफोन तथा अन्य उपकरणलाई परीक्षण र मूल्यांकन गरी आवश्यकताअनुसार पुनःप्रयोगमा ल्याउने जनाएको हो ।सामसङले सोमबार नेपालमा नयाँ ग्यालेक्सी जेड सिरिज सार्वजनिक गर्दै पुराना उपकरण व्यवस्थापनलाई पनि आफ्नो ‘ओनरसिप इकोसिस्टम’को हिस्सा बनाएको जनाएको हो । यसअन्तर्गत ग्राहकले पुरानो फोन साटेर नयाँ उपकरण खरिद गर्न सक्नेछन् भने ट्रेड–इनबाट प्राप्त पुराना उपकरणलाई पुनःप्रयोगयोग्य बनाउने प्रक्रिया अघि बढाइनेछ ।कम्पनीका अनुसार ट्रेड–इनमार्फत प्राप्त

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६८ पटक पढिएको
  • ‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान

    काठमाडौं / सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने सिनेमा ’एक्का मिस्सी बादशाह’को लागि कलाकार आह्वान गरिएको छ । निर्माण टिमले एक पोस्टरमार्फत सिनेमाका लागि दुई मुख्य पुरूष कलाकार आह्वान गरेको हो । सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री साम्राज्ञी आरएल शाह अनुबन्धित भइसकेकी छन् । उनी सिनेमामा ’आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनै साम्राज्ञीको अपोजिटमा काम गर्ने दुई मुख्य पुरूष कलाकारको खोजी गरेको हो ।दुवै पात्रले पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावना उतार्न सक्ने कलाकारको खोजीमा रहेको र ती कुरामा पोख्त कलाकारले नै प्राथमिकता पाउने निर्माण टिमले बताएको छ । कलाकारबारे पोस्टर

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १८८ पटक पढिएको
  • गायक प्रकाश सिलवालले ल्याए ‘पारिजात’

    काठमाडौँ / गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ’पारिजात’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् । प्रेमील भाव व्यक्त गर्ने गीतको भिडिओमा एकतर्फी प्रेमलाई देखाएइको छ । खुसीप्रति आकर्षित भएका गौरव उनको प्रेममा परेपछि आफूलाई परिवर्तन गर्छन् । पर्खाइमा रहेका गौरवले प्रेम प्राप्ति गर्छन् वा गर्दैनन् भन्ने विषयलाई पटकथा बनाएर भिडिओका निर्माता शान बस्यातले प्रस्तुत गरेका छन् । सरल र मनछुने शैलीमा तयार गरिएको गीतको भिडिओलाई गायक प्रकाश सिलवालकै युत्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अस्मिता रुचालको शब्दमा गायक प्रकाश सिलवालले कर्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १९६ पटक पढिएको
  • ९ महिनामै सीजी सिमेन्टको आम्दानी २ अर्ब ५९ करोड, उत्पादन क्षमता उपयोगमा उल्लेख्य सुधार

    काठमाडौं / चौधरी ग्रुपअन्तर्गतको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले चालू आर्थिक वर्ष २०८२ र ८३ को पहिलो नौ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको कुल वार्षिक आम्दानीभन्दा पनि बढी रहेको छ। इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०८१ र ८२ मा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। चालू आवको नौ महिनामै कम्पनीले उक्त आम्दानीलाई करिब ५ प्रतिशतले उछिनेको हो। कम्पनीको आम्दानीसँगै उत्पादन क्षमताको उपयोगमा पनि उल्लेख्य सुधार आएको छ।चालू आवको पहिलो नौ महिनामा क्लिंकर उत्पादन क्षमता उपयोग करिब ४२ प्रतिशत पु

    • प्रकाशित मितिः भदौ १, २०८३
    • २३३ पटक पढिएको
  • १ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन: अटो बजारमा बढ्यो कारोबारको आशा

    काठमाडौं / नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० हजारभन्दा बढी अवलोकनकर्ता आएका छन् । ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूले बताएका छन् । एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १५८ पटक पढिएको
  • एनएमबी सरल बचत फण्ड–ई का इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण

    काठमाडौं / एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२ र ८३ का लागि आफ्ना इकाइधनीलाई ५.२५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ। वितरण गरिने प्रतिफलमा लागू हुने करसमेत समावेश रहेको योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ।कम्पनीका अनुसार साउन २१ गतेसम्म कायम रहेका इकाइधनीले उक्त प्रतिफल प्राप्त गर्नेछन्। प्रतिफल वितरण प्रयोजनका लागि फण्डले साउन २१ गते एक दिन बुक क्लोज गरेको थियो। फण्डले आर्थिक वर्ष २०८२ र ८३ को कायम इकाइ पुँजीका आधारमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। प्रतिफल रकम सम्बन्धित इकाइधनीको हितग्राही (डिम्याट)  खात

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १७३ पटक पढिएको
  • र्‍याडिसन होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

    काठमाडौं /  नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्‍याडिसन  होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण तथा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले जनाएको हो । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको सञ्चालन प्रकृति र दैनिक खपतलाई नहेरी मौज्दातलाई मात्र आधार

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २३३ पटक पढिएको
  • गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

    काठमाडौं / गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल फोन पिक्सेल ११ प्रो फोल्ड गरी चार मोडल सार्वजनिक गरेको हो । नयाँ सिरिजका सबै स्मार्टफोनमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट प्रयोग गरिएको छ । साथै, आईपी ६८ रेटिङ, थप क्षमतायुक्त जेमिनी एआई र अपग्रेड गरिएको ५एक्स टेलिफोटो क्यामेरा दिइएको छ ।डिजाइनका हिसाबले पिक्सेल ११ सिरिज अघिल्लो पिक्सेल १० भन्दा धेरै फरक छैन । यद्यपि गुगलले नयाँ सिरिजमा फ्रस्ट, हिबिस्कस पिंक, पिस्ताचियो ग्रीन र अब्सिडियन ब्ल्याकलगायत नयाँ रङ थपेको छ ।पिक्सेल ११ मा क्यामेरामा ठूलो सुधारपिक

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १७३ पटक पढिएको
  • नाइमा एक्स्पोको समापन गरिंदै, विशेष अफर लिने आज अन्तिम अवसर

    काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।पाँच दिनमै आयोजकले अपेक्षा गरेको १ लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगिसकेपछि अन्तिम दिन पनि एक्स्पोमा उल्लेख्य भीड हुने अपेक्षा गरिएको छ । साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । यससँगै पाँच दिनमा अवलोकनकर्ताको संख्या डेढ लाख नाघेको हो । आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो।अन्तिम दिन एक्स्पोमा सहभागी ब्रान्डका नयाँ मोडल, विद्युतीय सवारीसाधन, स्मार्ट प्रविधि त

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १३७ पटक पढिएको
  • काठमाडौंका ७ स्थानबाट हुँदैछ आज एलपी ग्यास बिक्री

    काठमाडौं / नेपाल आयल निगमको समन्वयमा आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ ।निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री हुने स्थानहरूमा टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.