बिर्तामोड (मेरोअटो) महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी-७००’ मा थुप्रै हाइटेक फिचर पाउन सकिन्छ । कम्पनीले ‘एड्रिनोएक्स’ कनेक्ट फिचरको साथमा एक्सयूभी ७०० लाई बजारमा ल्याएकोले यसमा ग्राहकले नयाँ फिचरको प्रयोग गर्न पाउने छन् ।बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम्, लोभलाग्दो र प्रयोग गर्न सजिलो रहेको महिन्द्राले दावी गरेको छ । एक्सयूभी ७०० दशैँअघि नै नेपाल ल्याउने तयारी भइरहेको छ ।एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको महिन्द्राको दावी छ । यही सिस्टमको कारण चालकलाई सधै सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई न
बिर्तामोड (मेरोअटो) आउँदै गरेको चाडपर्वलाई केन्द्रित गरेर डाट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले ‘ड्याटसन फेस्टिभ हट डील’ योजना ल्याएको छ । डाट्सनले अहिले नेपाली बजारमा दुई मोडलका तीन भेरियन्टको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले रेडी गोलाई म्यानुयल र एएमटी दुई भेरियन्ट तथा डाट्सन गो मोडल बिक्री गर्दै आएको हो ।पायोनियर मोटोकर्पले बिक्री गर्ने रेडी गो सबैभन्दा कम मूल्यको ह्याचव्याक कार हो । यसको मूल्य २४ लाख ४९ हजार रुपैयाँ रहेको छ । रेडी गोको एएमटी मोडलको मूल्य २५ लाख ९९ हजार र गो मोडलको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले ल्याएको स्कीममा डाट्सनका कुनैपनि गाडी
बिर्तामोड / होन्डा कम्पनीको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने भएको छ । कम्पनीले सूचना निकालेर भाद्र ७ गते देखि मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने जानकारी गराएको हो । हाल कम्पनीले हरेक मोटरसाइकल तथा स्कुटरमा नगद ४ हजार ५०० रुपैयाँ छुट दिँदै आएको छ । यस अनुसार होन्डाले आफ्ना सबै मोडलमा ७ देखी ८ हजार रुपैयाँसम्म मूल्य वृद्धि गर्ने अनुमान गर्न सकिन्छ । यस्तै होन्डाले हालै मात्र सार्वजनिक गरेको होन्डा सिबी हाइनेसमा २५ हजार र सिबी ३५० आरएसमा ३५ हजार नगद छुट दिँदै आएको छ ।कम्पनीले मूल्य वृद्धि हुनु अघि नै होन्डाको बाइक तथा स्कुटर किनेर १२ हजार ५०० सम्म बचत गर्न सकिने बताए
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.