बजार

    Showing ११-२० of ५०१ items.
  • बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने

    काठमाडौं / बेनी हाइड्रोपावर लिमिटेडले आगामी भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर बिक्री खुल्ला गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ । कम्पनीले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २२९ पटक पढिएको
  • भीडभाडबाट सुनसान बनेको हिमाली बजारको कथा

    सोलुखुम्बु / सल्लेरी बजार–कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो। आज त्यही सल्लेरीमा पसलहरू खुला छन् । तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन् । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी कुनै समय निकै व्यस्त बजारका रूपमा चिनिन्थ्यो । कुनै समय यही बजारमा ग्राहकको भीडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो । होटलमा कोठा पाउन गाह्रो हुन्थ्यो । सरकारी कार्यालयहरू सेवाग्राहीले भरिभराउ हुन्थे । सडकमा मानिसको ओहोरदोहोरले बजार जीवन्त देखिन्थ्यो ।आज त्यही सल्लेरी धेरैका लागि अपरिचितजस्तै बनेको छ । विशेषगरी शनिबार र आइतबारको दुईदिने बिदामा बजा

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १७३ पटक पढिएको
  • नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९% मात्रै प्रिमियम

    काठमाडौं / नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो । बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।योजनाअन्तर्गत कर्जा प्रशासनिक शुल्क पनि सहुलियतपूर्ण बनाइएको छ । सामान्य शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यस्तै, उक्त

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १४७ पटक पढिएको
  • नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

    काठमाडौं । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।१८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । सोमबार विभिन्न ब्रान्डका स्टललाई आकर्षक तथा प्रविधिमैत्री बनाउने कामसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ । सोमबार नै भृकुटीमण्डप परिसरमा आयोजना गरिएको प्रेस व्रिफिङ एवम स्टल निर्माण अवलोकन भ्रमण कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)का अध्यक्ष सुरेन्द

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १७० पटक पढिएको
  • पोल्ट्री किसान माइतीघरमा, भारतीय कुखुरा तस्करीदेखि कमिसनसम्मको विरोध

    काठमाडौं । आफ्ना समस्या समाधान गर्न सरकारसँग माग गर्दै पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।किसानहरूले भारतीय कुखुराको तस्करी नियन्त्रण गर्नुपर्ने, कोल्ड स्टोरमा हुने कमिसनखोरी रोक्नुपर्ने तथा पोल्ट्री क्षेत्रका समस्या तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन्।प्रदर्शनमा सहभागी किसानहरूले ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर’, ‘पोल्ट्री किसानका माग पूरा गर’ र ‘साना किसानको विस्थापन बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।किसानहरूले पछिल्लो अवस्थाका कारण साना पोल्ट्री व्यवसायी तथा किसान थप समस्यामा परेको भन्दै सरकारले आफूहरूका माग स

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १९५ पटक पढिएको
  • मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

    काठमाडौं । नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन् ।दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो । परम्परागत रूपमा ब्रोकर कमिसनमा मात्र निर्भर रहँदै आएका यी कम्पनीहरूले पछिल्लो समय ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्न मार्जिन कर्जा प्रवाहलाई प्राथमिकतामा राखेका हुन् ।पन्ध्र वर्षदेखि बजारमा सक्रिय दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँको अल्पकालीन ऋण स

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १७५ पटक पढिएको
  • सुनको भाउ फेरि उकालो, तोलामै २८ सय बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ३ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार पनि सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको थियो ।यससँगै लगातार दुई कारोबार दिनमा सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १७६ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं / नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ । बिहीबार प्रतितोला सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढाएर ४ हजार ९८५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २५४ पटक पढिएको
  • लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला, स्थानीय उद्यमीलाई बजारको अवसर

    काठमाडौं / ललितपुरस्थित लबिम मलमा हरेक शनिबार नेपाली उत्पादनको मेला सञ्चालन हुँदै आएको छ । नेपालमै बनेका तथा नेपाली उद्यमीले आफ्नै सीप र श्रमबाट उत्पादन गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकला, हर्बल तथा अर्गानिक सामग्री, मैनबत्ती लगायतका वस्तु राखिने गरेका छन् । बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने मेलामा ग्राहकको उल्लेख्य चहलपहल हुने गरेको व्यवसायीहरू बताउँछन् ।मेलामा स्टल राख्न व्यवसायीले प्रतिदिन करिब १ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । कम लगानीमा आफ्ना उत्पादन बजारमा पुर्याउन चाहने साना तथा घरेलु उद्यमीका लागि मेला उपयोगी

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • १८३ पटक पढिएको
  • स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं / स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । हकप्रद निष्कासनमार्फत कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने योजना रहेको छ ।यसैगरी, कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग ८८ मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्तावसमेत साधारणसभामा पेस गर्नेछ । मर्जर वा प्राप्तिका लागि आवश्यक सम

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • १८४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.