बजार

    Showing 11-20 of 465 items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं / नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेर ३ लाख ६ हजार ७ सय रुपैयमा कारोबार भएको छ ।  मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः साउन २७, २०८३
    • 126 पटक पढिएको
  • अण्डाको भाउ बढ्यो, किसानको संकट हटेन : माग बढ्दा पनि लागत धान्न धौ–धौ

    चितवन । बजारमा अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। तर अण्डाको मूल्य बढे पनि उत्पादन लागत धान्न नसकेको भन्दै किसानको संकट भने कायमै रहेको व्यवसायीहरूले बताएका छन्।नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य तोकेको हो। जसअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ।व्यवसायीका अनुसार पछिल्लो समय अण्डाको माग बढ्नुको मुख्य कारण उत्पादन घट्नु हो। बर्डफ्लुको संक्रमणका कारण ठूलो संख्यामा कुखुरा मर्नु, किसानले व्यवसायबाट ह

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 153 पटक पढिएको
  • भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ औपचारिक रूपमा शुरु भएको छ ।एक्स्पो आजदेखि साउन ३१ गतेसम्म सञ्चालन हुने छ । ५५ ब्रान्डको सहभागिता रहने एक्स्पोमा विभिन्न कम्पनी तथा ब्रान्डका नयाँ सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पोमा ४४ ओटा नयाँ गाडी लन्च हुने आयोजकले बताएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 143 पटक पढिएको
  • ६४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडों / नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। 

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 121 पटक पढिएको
  • एकैदिन ६ हजार ४ सयले बढ्यो सुनको भाउ चाँदीको पनि बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले मंगलबार एकैदिन ठूलो उछाल लिएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको सुनको भाउ मंगलबार प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।एकैदिनको ठूलो वृद्धिसँगै सुनको मूल्य फेरि ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको हो ।सुनसँगै चाँदीको मूल्य पनि मंगलबार बढेको छ । सोमबार प्रतितोला ४ हजार ६ सय ७०

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 53 पटक पढिएको
  • नाइमा मोबिलिटी एक्स्पोमा ४४ नयाँ मोडल सार्वजनिक हुँदै, ईभी मुख्य आकर्षण

    काठमाडौं / काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरू हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा ४४ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिने भएका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको प्रदर्शनी आगामी आइतवारसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार यस वर्षको एक्स्पोमा ५५ ब्रान्डको सहभागिता रहनेछ। विद्युतीय सवारीसाधन (ईभी), दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटोमोबाइलसँग सम्बन्धित नवीनतम प्रविधि र सेवाहरू प्रदर्शनीमा समावेश गरनेछन्। विशेषगरी ईभी प्रविधिमा आधारित नयाँ मोडलहरू यसपटकको प्रमुख आकर्षण रहने अपेक्षा गरिएको छ। नेपाली बजारका लागि

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 210 पटक पढिएको
  • डीडीसीको दैनिक बिक्री ६० लाखबाट ९० लाखमा, मौज्दात घट्दै वित्तीय अवस्था सुधार

    काठमाडौं / दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन बिक्रीमा उल्लेख्य वृद्धि भएपछि संस्थानको वित्तीय अवस्था सुधार हुन थालेको छ। बिक्री बढेसँगै लामो समयदेखि थन्किएको मौज्दात घट्नुका साथै कृषकलाई गरिने भुक्तानी पनि नियमित हुन थालेको संस्थानले जनाएको छ। डीडीसीका अनुसार केही महिनाअघि दैनिक करिब ६० लाख रुपैयाँ रहेको बिक्री आम्दानी हाल ९० लाख रुपैयाँको हाराहारीमा पुगेको छ। बिक्रीबाट प्राप्त अतिरिक्त आम्दानीलाई कृषक भुक्तानीमा प्राथमिकता दिइएको संस्थानको भनाइ छ। संस्थानमा लामो समयदेखि थन्किएको करिब ६०० मेट्रिक टन धुलो दूध र ४५० मेट्रिक टन मखन बजारमा पठाउन सफल भएको छ। मौज्दात घटेपछि नगद प्रवाहमा स

    • प्रकाशित मितिः साउन २६, २०८३
    • 151 पटक पढिएको
  • सुनको मूल्य घट्यो

    काठमाडौं / नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो । 

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 170 पटक पढिएको
  • ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा, राजेश हमाल मुख्य निर्णायक

    काठमाडौं / नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत शोको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष रहेको बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आएपनि कमेडीमा आधारित रियालिटी शोमा सहभागी हुन लागेको यो पहिलो अनुभव भएको उनले बताए ।हमालले कमेडी विधा कलाकारिताको सबैभन्दा चुनौतीपूर्ण विधामध्ये एक भएको उल्लेख गरे । दर्शकलाई हँसाउनु निकै कठिन काम भएको भन्दै उनले कमेडी कलाकारप्रति आफ्नो उच्च सम्मान र

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 163 पटक पढिएको
  • वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

    काठमाडौँ / दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो । बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा। शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए ।उनले बिक्री केन्द्र विस्तारसँगै किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न र स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने बताए । उपभोक्ताले पनि एउटै स्थानबाट

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.