विराटनगर। भारतीय टी बोर्डले नेपाली चियामा पुनः परीक्षणको झन्झट थपेपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। भारत पुगेका चियाका ट्रकहरू गोदाममै रोकिएर हप्तौंसम्म परीक्षण रिपोर्ट कुर्नुपर्दा निर्यात प्रभावित बनेको उद्योगीहरूको गुनासो छ।इलामका अर्थोडक्स चिया उद्योगहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् भने झापाका उद्योगहरू पनि असार ४ गतेदेखि उत्पादन रोक्ने तयारीमा छन्। उद्योगीहरूका अनुसार भारततर्फ लाखौं किलो तयारी चिया थन्किएको छ भने नेपालभित्र पनि ठूलो परिमाणमा चिया बिक्रीविहीन अवस्थामा रहेको छ।बजारमा चिया निकास हुन नसकेपछि किसानले हरियो पत्तीको भुक्तानी पा
काठमाडौं । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ ।आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३।०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने जानकारी दिइन् । उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ ।’ उनका अनुसार बन्चरेडाँडा डम्पिङ सा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औं वार्षिक साधारणसभाको संघारमा संस्थाभित्रको आन्तरिक विवाद सतहमा आएको छ । इप्पानका उपमहासचिव प्रकाशचन्द्र दुलालले अध्यक्ष गणेश कार्कीद्वारा यसअघि जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साधारणसभाको म्यान्डेट र संस्थाको विधान मिचेर निर्वाचन गर्न लागिएको आरोप लगाएका छन् । आगामी जेठ २९ गतेका लागि तय भएको साधारणसभामा संस्थालाई महासंघमा रूपान्तरण गर्ने पूर्वनिर्णय कार्यान्वयन नभएको भन्दै दुलालले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । उपमहासचिव दुलालका अनुसार, २०८० साल जेठ ३२ गते सम्पन्न २१औं साधारणसभाले भानु
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका छन् । त्यो भन्दापनि नेपालमा विश्वकप सहभागि देशका खेलाडीहरुले प्रयोग गर्ने जर्सी र खेल सामग्रीहरुको व्यापार चम्किएको छ । ठूला–साना सहरका पसलहरुमा जर्सी र खेल सामग्री खरिद गर्नेहरुको भीड देख्न सकिन्छ । विशेषगरी काठमाडौं उपत्यकाको न्यूरोड, महावौद्ध, असन, लगनखेल क्षेत्रमा जर्सी खरिद गर्नेहरुको भीड बढेको छ । आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् । फिफा विश्वकप फुटबलको २३औं संस्करण २०२६ ज
काठमाडौं । महानगर प्रहरी बलले वडा नं १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्याएको आरोपमा जरिवाना तिराएको छ । नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।
काठमाडौं । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो । रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिबेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ । कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो । उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफाम
काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ । नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुप
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० र
काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ। पछिल्ला दिनमा लगातार उतारचढाव देखिएको बहुमूल्य धातुको बजार आज सुनका लागि शान्त देखिए पनि चाँदीले भने गिरावटको संकेत गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ। मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएकाले आज सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।यता चाँदीको मूल्यमा भने सामान्य कमी आएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ घट्दै चाँदी ५ हजार ३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६६ ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.