काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो ।शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
काठमाडौं । नेपाली मौलिक पेय पदार्थ मही अब चारतारे होटलको मेनुमा पनि समावेश भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा होलिडे इन एक्सप्रेस होटल, नक्सालका सञ्चालक नरेशलाल श्रेष्ठले आफ्नो प्रतिबद्धता पूरा गर्दै आइतबारदेखि होटलमा बस्ने स्वदेशी तथा विदेशी पाहुनालाई लक्षित गर्दै होटलको मेनुमा महीलाई पनि समावेश गरेका हुन् ।नेपाल डेरी एसोसिएसनले आयोजना गरेको दही–चिउरा प्रवद्र्धन तथा उपभोग कार्यक्रममा श्रेष्ठले स्टार होटलहरूमा पनि मही उपलब्ध गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता कार्यान्वयन भएपछि एसोसिएसनले उनको पहलको स्वागत गर्दै धन्यवाद तथा आभार व्यक्त गरेको छ । होटल
काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सीप तथा रोजगार मेला आयोजना गरेको छ ।शुक्रबार रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजना तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा ‘ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित मेला आयोजना गरिएको हो। मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था र रोजगारदाताले सहभागिता जनाएका छन्। रोजगार सेवा केन्द्रका रोजगार संयोजक लक्ष्मी कार्कीले मेलाको उद्देश्य युवालाई आन्तरिक रोजगारी र सीप विकासका अवसरबारे जानकारी गराउनु रहेको बताइन् ।&nbs
काठमाडौं । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ । कृषि विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ । नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब २७ लाख ६५ हजार कृषक परिवार आबद्ध छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गार्हस्थ्य उ
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए। उनले भने, ‘लागू औषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्यांकले पनि स्पष्ट गरिसकेको छ। यसको रोकथाम, न्यूनीकरण र निय
काठमाडौं। नेपालले बंगलादेशमा थप २० मेगावाट बिजुली निर्यात गर्ने तयारी अन्तिम चरणमा पुगेकै बेला भारतले प्राविधिक कारण देखाउँदै अनुमति रोकेको छ। नेपाल र बंगलादेश सहमतिमा भए पनि भारतीय प्रसारण लाइनमै निर्भर रहँदा ऊर्जा व्यापार फेरि भारतको निर्णयमा अड्किएको छ।नेपालको जलविद्युत् उत्पादन बढ्दै गएसँगै निर्यात बजार विस्तारको प्रयास पनि भइरहेको छ। हाल ४० मेगावाट बिजुली बंगलादेश निर्यात भइरहेको छ भने थप २० मेगावाट पठाउने सहमति भइसकेको थियो। तर भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रसारण लाइनमा पर्याप्त क्षमता नभएको भन्दै अनुमति दिएको छैन।नेपाल विद्युत् प्राधिकरणले भने आवश्यक निर्णय भए अहिलेको संरचनाबा
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोवार भैइरहेको छ ।
काठमाडौं । देशका ११ जिल्लामा बर्ड फ्लु संक्रमण फैलिएपछि कुखुरापालन क्षेत्र संकटमा परेको छ। संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा, करिब १० लाख अण्डा र ठूलो परिमाणमा दाना नष्ट गरिएको छ। पशु सेवा विभागका अनुसार झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा गरिएको परीक्षणबाट एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको छ।संक्रमण फैलिएसँगै उपभोक्तामा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल बढेको छ। तर विभागका पशु चिकित्सक डा। मुकुल उपाध्यायका अनुसार राम्ररी पकाइएको
काठमाडौं । नेपालको विद्युत् प्रसारण पूर्वाधार निर्माणमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले चार वटा प्रसारणलाइन परियोजनाका लागि निजी तथा विदेशी कम्पनीलाई प्रतिस्पर्धामा उतारेपछि भारत, चीन र अमेरिकाका कम्पनीहरू एउटै दौडमा उत्रिएका छन्।प्राधिकरणले ट्यारिफ बेस्ड कम्पिटिटिभ बिडिङ ९टीबीसीबी० मोडलमार्फत प्रसारणलाइन निर्माण, सञ्चालन र हस्तान्तरणका लागि आशयपत्र मागेको थियो। जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १८ कम्पनीले आवेदन दिएका छन्।प्रतिस्पर्धामा भारतको पावर ग्रिड कर्पोरेसन, अशोका बिल्डकन र मेघा इन्जिनियरिङ, चीनका टीबीईए तथा चाइना नेशनल मेसिनरी इम्पोर
बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् । पुरुषहरु हलि बाउस्या जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु रोप्न्यारी बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.