काठमाडौं / सेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन (आइतबार) दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अङ्कले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ ।नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ ।
बिर्तामोड / रुस – युक्रेन युद्धका कारण विद्युतको मूल्य बढेपछि नेपाललाई पनि ठूलो असर पर्ने देखिएको छ । भारतमा विद्युतको मूल्य आकासिएपछि नेपालले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने भएको हो ।भारतमा कोइलाको मूल्य बढेपछि विद्युतको मूल्य निरन्तर उकालो लाग्न थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । भारतले कोइलाको प्रयोगबाट ठूलो परिमाणमा विद्युत उत्पादन गर्ने गरेको छ ।युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा भारतमा विद्युतको मूल्य अकासिएको हो । केही महिना अघि पनि कोइलाको मूल्यकै कारण भारतले उर्जा संकट खेप्नु परेको थियो ।वर्षायाममा नेपालमा नै उत्पादित बिजुलीले मुलुकको माग धान्न थाल
बिर्तामोड / उद्योगी तथा व्यापारी सरकारले तोकेको राजश्व तिर्न आनाकानी गर्दै मुद्धा मामिलामा जाँदा झण्डै एक खर्ब राजश्व मुलुकको ढुकुटीमा जम्मा हुन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।अर्थमन्त्रालयले बक्यौता कर असुलीका लागि छुट सुविधा सहित सार्वजनिक सूचना नै जारी गरेपछि यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सरकारले बक्यौता कर असुलीका लागि वैशाख १५ सम्मको समय दिएको छ ।मुद्दा मामिलामा गएका उद्योगी व्यापारी मुद्दा फिर्ता लिएर कर तिर्न आएमा लाग्ने जरिवाना र छुट सहितका सुविधा पाउने अर्थमन्त्रालयले जनाएको छ ।कर तिर्ने समयावधिका विषयमा आर्थिक ऐन २०७८ ले मंसिर मसान्त सम्मको समयावधि दिएको भएपन
बिर्तामोड / सशस्त्र प्रहरीको टोलीले विनाभन्सार नेपाल भित्र्याइएको रु दुई करोड ८५ लाख बराबरको सामान बरामद गरेको छ ।मधेष प्रदेशको पर्सा जिल्ला स्थित सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार बरामद गरिएको सामग्रीमा कपडा, इलेक्ट्रोनिक सामान, हार्डवेयर, मोटर पार्टस, खाद्यपदार्थ र किराना पसलका सामान छन् । विभिन्न समयमा बरामद गरिएका ती सामग्री वीरगञ्ज भन्सार कार्यालय र बारास्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ । गत माघमा रु ६२ लाख, फागुनमा रु एक करोड १४ लाख र चैतको हालसम्ममा रु एक करोड आठ लाखको सामान बरामद गरिएको हो ।बरामद गरिएका अधिकांश सामान अवैधरुपमा भन्सार छली नेपाल ल्याइएको रहेको स
काठमाडौँ / सरकारले सुपारी, केराउ, मरिच र छोकडा आयत खुल्ला गरेसँगै आयत सम्बन्धी नयाँ कार्यविधि जारी गरेको छ । औद्योगिक प्रयोजनका लागि एक पटकमा दुई सय मेट्रिकटन मात्रै सुपारी, केराउ, मरीच र छोकडा आयात गर्न पाउने गरी नयाँ कार्यविधि जारी गरेको हो । मन्त्रिपरिषदबाट माघ १० गते स्वीकृत भएको कार्यविधिले उद्योग विभागको सिफारिसको आधारमा वाणिज्य विभागले आयत इजाजत दिनेगरी यस्ता वस्तु आयातका लागि पहिले भन्दा कसिलो व्यवस्था गरेको हो । केही दिन अघि सरकारले सुपारी, केराउ, छोकडा र नधुल्याएको मरीच औद्योगिक प्रयोजनका लागि आयात गर्न दिने सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।राजपत्रमा औद्योगिक
चितवन / चितवनमा पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र एस्क्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।यस अघि प्रदर्शनी माघ ५ गतेदेखि ८ गतेसम्म हुने भनिए पनि कोभिड –१९ को नयाँ भेरियन्टका कारण स्थगित गरिएको थियो ।प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई/दुई वर्षमा गरिँदै
बिर्तामोड / साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार ५ सयले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ / आज (बिहीबार) नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १२२ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्री दर १३४ रुपैयाँ ५१ पैसा रहेको छ भने पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अस्ट्रेलियन गलर एकको खरिद दर ८८ रुपैयाँ ०७ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ७३ पैसा र बिक्री दर ९६ रुपैयाँ १९ पैसा रहेको
काठमाडौँ //पेट्रोलियम पदार्थको मूल्य बढेको छ। इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएसंगै पेट्रोलियम पदार्थको मूल्य बढेको हो। आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।पेट्रोलियम पदार्थको बिक्रीबाट
बिर्तामोड / साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले आफ्नो जन्मदिनको दिन आज (बुधबार) प्रेस चौतारी झापाको पत्रकार उपचार सहयोग कोषलाई नगद १० हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।साझामञ्चको बिर्तामोडस्थित कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै जन्मदिनको अवसरमा काफ्लेले पत्रकार उपचार सहयोग कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । नेकपा एमाले झापाका जिल्ला कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख समेत रहेका काफ्लेले कोषका संयोजक सन्तोष आचार्यलाई १० हजार १०० रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।प्रेस चौतारी नेपाल झापाको उपचार सहयोग कोषका परिकल्पनाकार समेत रहेका काफ्ले सङ्गठनका निवर्त
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.