काठमाडौं— सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, मन्त्रिपरिषद् बैठकले सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको सरकारले जनाएको छ ।