काठमाडौं— दैलेख र अछाम जिल्लासँग जोडिएको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई छिटो र छरितो रूपमा निर्माण चरणमा लैजान आवश्यक पहलका विषयमा सरोकारवालाबीच छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दैलेख क्षेत्र नम्बर २ का उम्मेद्वार बखत बहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको हालको प्रगति अवस्था बुझ्न जीएमआर कम्पनीका आयोजना प्रमुख के.के. शर्मासँग भेटघाट गरेका हुन् ।भेटका क्रममा आयोजनाको हालसम्मको प्रगति विवरण, देखिएका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको शाहीले बताए ।शाहीले माथिल्लो कर्णाली जलविद्युत आयोजना, भैरवी सिरिस्थान ग्यास पेट्रोल आ
काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाख
काठमाडौं— सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २२ गतेदेखि माघ २७ गतेसम्म काठमाडौंको कलंकीस्थित कर्पोरेट हाउस परिसरमा विशेष प्रविधि एक्स्पो आयोजना गर्ने भएको छ ।‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल’ नाम दिइएको यस कार्यक्रम सागर ग्रुपद्वारा आयोजना हुँदै आएको प्रविधि एक्स्पोको चौथो संस्करण हो ।ग्राहक, विक्रेता, पत्रकार तथा शुभेच्छुकहरूलाई एउटै थलोमा भेला गराई सूचना प्रविधि क्षेत्रका नवीन प्रवृत्ति, नयाँ उत्पादन तथा बजारको वर्तमान अवस्थाबारे प्रत्यक्ष अन्तरक्रिया गराउने उद्देश्यले यो एक्स्पो आयोजना गर्न लागिएको सागर ग्रुपले जनाएको छ ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ निर्धारण गरिएको छ ।यस्तै, आज युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा
रामेछाप— रामेछापको मन्थली नगरपालिका–२ का किसानहरूका लागि अब आफूले उत्पादन गरेको दूध बिक्री गर्ने चिन्ता हटेको छ ।उत्पादन भएको दूध बिक्री नहुँदा आयआर्जनबाट वञ्चित हुँदै आएका किसानले अब जति दूध उत्पादन गरे पनि आफ्नै गाउँमा सहज रूपमा बिक्री गर्न पाउने भएका छन् । मन्थली नगरपालिका–२ को धारापानीमा कृष्णप्रिया फर्म तथा दूध डेरी काठमाडौंले दूध सङ्कलन केन्द्र स्थापना गरेपछि किसानको दूध गाउँमै सङ्कलन हुन थालेको हो । डेरीले गाउँमा खपत हुने दूध गाउँमै बिक्री गर्ने र अतिरिक्त दूध काठमाडौं लैजाने व्यवस्था मिलाएको जनाएको छ ।सञ्चालकका अनुसार उक्त क्षेत्रमा दूध उत्पादन र सङ्कलनको राम्रो सम्भावना देखिएपछि सङ्कल
काठमाडौं— एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् ।पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् ।उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।‘लोडिङ विवरण
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ ।आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ सय ५६ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाडौं— स्वदेशमै अत्यावश्यक औषधि उत्पादन गर्दै आएको अग्रणी औषधि उद्योग देउराली–जनता फर्मास्यूटिकल्स प्रा. लि. ले चितवनको भरतपुरमा अत्याधुनिक नयाँ औषधि कारखाना निर्माण गर्ने निर्णय गरेको छ ।कम्पनीले उक्त परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ । कम्पनीको ३५ औं वार्षिकउत्सवको अवसरमा मंगलबार जारी गरिएको प्रेस वक्तव्य मार्फत कम्पनीले यस्तो जानकारी दिएको हो । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना पूरा भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने बताइएको छ । नयाँ उद्योग सञ्चालनमा आ
काठमाडौं— राजनीतिक दलहरूका चुनावी घोषणापत्रमा अटोमोवाइल, दिगो सडक र सुरक्षित यातायातसम्बन्धी नीतिहरु समावेश गर्न नेपाल अटोमोबाइल्स एसोसिएसनले सुझाब पेश गरेको छ ।आइतबार जारी गरिएको सुझावपत्रमा देशका सडकहरूमा दैनिकजसो हुने दुर्घटनाका कारण ठूलो संख्यामा नागरिकको अकाल मृत्यु तथा अपांगता बढ्दै गएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब ८ हजार मानिस सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने नेपाल प्रहरीको तथ्यांकअनुसार यो संख्या करिब २ हजार ५ सय हाराहारीमा रहेको छ ।सडक दुर्घटनाले मानव अधिकार र उपभोक्ता अधिकारको गम्भीर उल्लंघन भइरहेको एसोसिएसनको ठहर छ । एसोसिएसनले ना
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ३८ पै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.