आर्थिक

    Showing ८८१-८९० of ४,५१९ items.
  • बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

    काठमाडौ— काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को उत्पादन र बिक्री वितरणमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको संयुक्त अनुगमन टोलीले उद्योगमा गम्भीर लापरबाही भेटेपछि यस्तो कदम चालेको हो ।आकस्मिक अनुगमनका क्रममा उक्त मिठाई उद्योगको सरसफाइ र गुणस्तरमा गम्भीर समस्याहरू फेला परेका छन् । विभागका अनुसार अनुगमनका क्रममा ड्राइफ्रुट्स प्याकिङका लागि तयारी अवस्थामा राखिएको बदाममा कीरा परेको भेटिएको छ । टोलीले कीरा लागेको करिब ५ किलो बदाम तत्काल जफत गरी नष्ट गरेको छ । खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको सरसफाइ अत्यन्तै न्यून र

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ४९५ पटक पढिएको
  • सुन ३ लाखभन्दा बढीमा कारोबार हुँदै

    काठमाडौ—ं नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।सुनको मूल्य प्रतितोलामा २ हजार ९ सयले बढेर तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले बढेर ५२२० मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ५०६५ मा कारोबार भएको थियो। 

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ४४१ पटक पढिएको
  • नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

    काठमाडौं— चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो ।संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा मूल्य अभिवृद्धि कर (भ्याट) बाट २ खर्ब ६१ अर्ब ४१ करोड र आयकरबाट २ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ प्राप्त भएको छ । चैत महिनामा मात्रै लक्ष्यको ९३ प्रतिशतभन्दा बढी राजस्व संकलन हुनुलाई सकारात्मक मानिएको छ । राजस्व संकलनमा सुधार देखिए पनि सरकारको विकास खर्च (पुँजीगत खर्च) को अ

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ४५३ पटक पढिएको
  • एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुला गरिएको हो ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दालाई, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहे

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ४७९ पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०३ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ १७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४३ पैसा र ब

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ५१८ पटक पढिएको
  • नयाँ वर्ष २०८३ः नयाँ सडकमा सांस्कृतिक महोत्सवको रौनक

    काठमाडौं— नयाँ वर्ष २०८३ को अवसरमा नव वर्षको पहिलो दिन राजधानीको बसन्तपुर क्षेत्रमा नयाँ सडक (शुक्रपथ) सांस्कृतिक महोत्सव आयोजना गरिएको छ ।काठमाडौं महानगरपालिका वडा नम्बर २४ को आयोजनामा सम्पन्न उक्त महोत्सवले सांस्कृतिक विविधता र परम्परागत कला–संस्कृतिको समृद्ध झल्को दिने प्रस्तुतीहरुको झल्को दिएको छ ।महोत्सवमा नेपाली कला, संस्कृति र परम्परालाई झल्काउने विभिन्न स्टलहरू राखिएका छन् । परम्परागत भेषभूषा, हस्तकला सामग्री, स्थानीय परिकार, संगीत तथा नृत्य प्रस्तुतीले दर्शकहरूको ध्यान आकर्षित गरेको छ । विशेषगरी नेवारी संस्कृति, लोक संगीत र परम्परागत नाचगानले वातावरणलाई उत्साहपूर्ण बनाएको देखिएको छ ।न

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ५२३ पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि

    काठमाडौं— नयाँ वर्ष २०८३ को पहिलो दिन नेपाली बजारमा सुनको मूल्य तीन हजार एक सय रुपैयाँले बढेको छ ।आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्यमा पनि आज बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ३६७ पटक पढिएको
  • अण्डाको मूल्यमा वृद्धि

    चितवन— अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा बराबर रु ४६५ कायम गरिएको छ, जुन यसअघिको रु ४५० बाट रु १५ ले वृद्धि हो । त्यसैगरी मझौला अण्डाको मूल्य रु ४१५ तोकिएको छ, जुन यसअघि रु ४०० थियो।सङ्घका अनुसार पछिल्लो समय कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ । साथै नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढेसँगै बजारमा अण्डाको माग उच्च भएको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबा

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • ४०३ पटक पढिएको
  • सरकारको अदूरदर्शी निर्णयले केराको मूल्य ४०५ बढ्यो, दैनिक ५० लाख राजश्व घाटा

    काठमाडौं— सरकारको अदूरदर्शी निर्णयका कारण देशभर केराको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पछिल्लो निर्णयपछि बजारमा केराको भाउ करिब ४० प्रतिशतले बढेको व्यवसायीहरूले बताएका छन्। यसले उपभोक्तालाई प्रत्यक्ष मार परेको छ भने व्यापारिक क्षेत्र पनि प्रभावित भएको छ।केरा आयात तथा वितरणसँग सम्बन्धित नीतिमा गरिएको परिवर्तनलाई व्यवसायीहरूले असन्तुलित र अव्यवहारिक भन्दै आलोचना गरेका छन्।  नयाँ व्यवस्थाले आपूर्ति प्रणालीमा अवरोध सिर्जना गरेको छ, जसका कारण बजारमा केराको अभाव देखिएको  उनीहरू बताउँछन । स्वदेशमा उत्पादन भएको केराले मूल्य नपाउनु र विेदेशी केराले बजार पाउनुले किसानहरुमा निराशा छाएको व्यावस

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ६३६ पटक पढिएको
  • मन्त्रीहरुको सम्पत्ति छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारी सडकमा

    काठमाडौं— नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।मन्त्रिपरिषद् सदस्यहरूको सम्पतीको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो । माईतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका छन् ।प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ५३४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.