आर्थिक

    Showing 881-890 of 4,292 items.
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । भने चाँदीको घटेको छ ।आज छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढेर ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 505 पटक पढिएको
  • पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

    काठमाडौं— पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ । निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा स

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 426 पटक पढिएको
  • नेप्से २.४१ अंकले उकालो, कारोबार रकम ५ अर्बमा सीमित

    काठमाडौं—  साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो।यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ। सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ वटा स्टकको ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 634 पटक पढिएको
  • सडक सन्चालनमा आएको १३ बर्षपछि कालोपत्रेका लागि १६ करोड बजेट सुनिश्चित

    मुगु— मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको १३ बर्ष वितिसकेपछि मात्र ताल्चागमगढी सडक कालोपत्रे गर्नकालागि कर्णाली प्रदेश सरकार बाट १६ करोड बजेट सुनिश्चित गरेको छ ।कर्णाली प्रदेश सरकारले कालोपत्रे आयोजनासहित प्रदेशका बिभिन्न जिल्लाका योजनालाई बहुवर्षीय ठेक्कामा लैजाने प्रक्रिया अनुसार आर्थिक बर्ष २०८२।०८३ को कर्णाली प्रदेश भौतिक पूर्वधार तथा शहरी बिकास मन्त्रालयबाट विनियोजित वहुवषीृय योजना अन्तरगत प्राप्त स्रोत सहमतिका आधारमा मुगुको ताल्चादेखि गमगढीसम्मका सडक कालोपत्रे गर्ने बहुबर्षीय ठेक्काको लागि बजेटको स्रोत सुनिश्चित गरीएको छ ।मन्त्रालयको फागुन ५ गते गरेको निर्णय अनुुसार बहुबर्षीय ठेक्

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 450 पटक पढिएको
  • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि आम सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको हो ।जारी शेयरमध्ये ७७ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र ३१ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।कम्पनीको

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 534 पटक पढिएको
  • एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    काठमाडौं— एपोलो हाईड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन खुला गरेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर (प्रति कित्ता १०० रुपैयाँ) जारी गर्न स्वीकृति पाएको हो । जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ भने २० प्रतिशत अर्थात ९ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको छ ।प्रभावित क्षेत्रअन्तर्गत ओखलढुङ्गा, सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 520 पटक पढिएको
  • सुनको मूल्य ३२ सय रुपैयाँले बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 450 पटक पढिएको
  • आइसिएफसि फाइनान्सको ऋणपत्र आजदेखि निष्कासनमा

    काठमाडौं— आइसिएफसि फाइनान्स लिमिटेडले आज फागुन ११ गतेदेखि ‘८ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ७ वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । फाइनान्सले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्दैछ, जसको कुल परिमाण ५० करोड रुपैयाँ बराबर रहेको छ । कुल निष्काशनमध्ये ३० करोड रुपैयाँ बराबरका ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी २० करोड रुपैयाँ बराबरका २ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।सर्वसाधारणतर्फ निष्काशन गरिने २ लाख कित्तामध्ये ५ प्रति

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 503 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएको हो।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँ तोकिएको थियो। दुई दिनको अन्तरालमा प्रतितोला ५ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसा

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 315 पटक पढिएको
  • नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

    राँझा। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । उनका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ ।भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्लन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः ल

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • 274 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.