काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ९०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।