काठमाडौं— आज सातै प्रदेश सरकारले आफ्नो आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् ।संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् ।यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ ।आज दिउँसो १ बजे मधेश प्रदेशले बजेट प्रस्तुत गर्नेछ । त्यसैगरी, कर्णाली प्
विराटनगर— सोमबारदेखि इलामका ५६ वटा (सबै) चिया उद्योग बन्द गरिएको छ ।भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दुःख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्याउँदा उत्पादित वस्तुले बजार नपाएर कुहिने अवस्था र्सिजना भएपछि नेपालका चिया उद्योगीले उद्योग नै बन्द गरेका हुन् ।नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, आजदेखि इलामका ५६ वटै उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको छ ।ती उद्योगमा एकलाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् । पराजुलीका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३ र ८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ । यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए । चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनारले बताए । बजेट
सिद्धार्थनगर। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारका अनुसार आगामी आवको बजेट ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन सोच, दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्यलाई आधार बनाएर तर्जुमा गरिएको छ ।
काठमाडौँ। ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकम
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ५३ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुप
जनकपुर । मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२।०८३ मधेश प्रदेश सभामा प्रस्तुत गरिएको छ ।आईतबार बसेको प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्था बमोजिम आर्थिक सर्वेक्षण २०८२।०८३ प्रस्तुत गरेका हुन् । प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८२।८३ का लागि उपभोक्ता मूल्यमा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब रुपैयाँ हुने अनुमान छ भने अघिल्लो वर्षको संशोधित अनुमान ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । मधेश प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १३।१ प्रतिशत योगदान पुर्याउने र आर्थिक वृद्धिदर १।३१ प्रतिशत मात्र
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् । उनले त्यस कामको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पु¥याउने बताए । ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा वाग्लेले भने, ‘अब त्यस्तो स्
काठमाडौं । आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले पुरानै दर कायम राखे पनि केही बैंकले निक्षेपको ब्याजदर थप घटाएका छन्।नयाँ दरअनुसार एनआईसी एसिया, एनएमबी, प्राइम कमर्सियल, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूमा निक्षेप बढ्दो क्रममा रहे पनि लगानीको अवसर कम हुँदा ब्याजदर घटाउने दबाब परेको देखिएको छ।हाल बैंकिङ प्रणालीमा ८० खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ। तर कर्जा लगानी भने करिब ५९ खर्ब रु
काठमाडौं— भारतीय पक्षले नेपाली चिया आयातमा लागू गरेको नयाँ प्रशासनिक व्यवस्थाका कारण चिया निर्यात प्रभावित बनेपछि इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरूले असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ ले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ। गुणस्तर परीक्षण प्रक्रिया लामो हुनु, परीक्षण प्रतिवेदन ढिलो आउनु तथा भण्डारणसम्बन्धी जटिलताले ठूलो परिमाणमा चिया बिक्री ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.