काठमाडौं— एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ ।कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रु
काठमाडौँ। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र गतिमा १२६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १४९, एकतर्फीमा ७७ र अन्यमा ८९१ गरी कुल एक हजार ८४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँल
काठमाडौं— आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा विज्ञ तथा सरकारी अधिकारीबीच बिहीबार बसेको अर्थ समितिका छलफल गरिएको छ ।बैठकमा बोल्दै अर्थविद् डा.डिल्लीराज खनालले अर्थतन्त्रको पुनर्संरचनाबिना नेपालको सन्दर्भमा आर्थिक रूपान्तरण सम्भव नभएको दाबी गरे।उनले रूपान्तरणका लागि सुशासन पहिलो शर्त भएको बताउँदै हाल भइरहेका पुनर्संरचनाका बहसहरू यथास्थितिवादी भएको टिप्पणी गरे।‘अर्थतन्त्रका पाँच छ वटा क्षेत्रहरूलाई नयाँ ढंगले प्राथमिकीकरण गर्दैमा मात्रै पुनर्संरचना हुँदैन, सिद्धान्त र प्राथमिकता पनि बाचा गरिएका कुरासँग ठ्याक्कै मेल खाँदैन,’ डा।खनालले भने।उनले नयाँ चरणको आर्थिक सुध
काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा एक हजार आठ सय र सुनको ९० रुपैयाँ बढेको हो।मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।यसअघि बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।यता, बुधबार प्रतितोला चार हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर पाँच हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँ
काठमाडौं— सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको हो ।समितिका अनुसार बुधबार कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।यस अघि समितिले कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारी ७ जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ता
काठमाडौं— चालु आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च रहने प्रारम्भिक अनुमान गरिएको छ भने मधेश प्रदेशको आर्थिक वृद्धि सबैभन्दा न्यून रहने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमान’ सम्बन्धी प्रेस नोटअनुसार बागमती प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ४० प्रतिशत पुग्ने अनुमान गरिएको हो ।कार्यालयका अनुसार गण्डकी प्रदेश ५ दशमलव शून्य १ प्रतिशत आर्थिक वृद्धिदरसहित दोस्रो स्थानमा रहनेछ । सबैभन्दा कम आर्थिक वृद्धि मधेश प्रदेशमा हुने अनुमान गरिएको छ । मधेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशत मात्रै रहने तथ्यांकमा उ
काठमाडौं— सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रारम्भिक अनुमानअनुसार प्रदेशको कुल अर्थतन्त्रमध्ये एकतिहाइभन्दा बढी हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रले ओगट्ने भएको छ ।कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४ खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमध्ये कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान मात्रै ३३ दशमलव ४३ प्रतिशत रहनेछ । सेवा क्षेत्रको हिस्सा ५२ दशमलव ७ प्रतिशत भए पनि औद्योगिक तथा उत्पादनम
सुर्खेत— राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमानअनुसार कर्णाली प्रदेशको अर्थतन्त्र करिब दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान गरिएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा २.९४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको योगदान ५.२५ प्रतिशत रहेने संशोधित अनुमान थियो ।तथ्यांक समन्वय कार्यालय सुर्खेतका सहायक तथ्यांक अधिकृत विनोद आचार्यले कृषि, पर्यटन, जलविद्युत् तथा सेवा क्षेत्रको विस्तारसँगै कर्णालीको आर्थिक गतिविधिमा सुधार देखिएकाले जीडीपी व
काठमाडौं— काठमाडौं महानगरपालिकाले विभागीय प्रमुख, महाशाखा प्रमुखका लागि बजेट चक्र र स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा अभिमुखीकरण सम्पन्न गरेको छ ।योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले स्थानीय तहको बजेट तथा योजना तर्जुमा विषयमा र युवा श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जनकराज शर्माले स्थानीय शासन कार्य सम्पादन मूल्याङ्कन प्रणालीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।‘प्रणालीले निर्दिष्ट गरेका सूचकहरूमा महानगरपालिकाले शतप्रतिशत काम गरेको छ । यसलाई व्यवस्थित गरेर अद्यावधिक गराउने काममा केही कमजोरी
काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अंकले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अंकले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता शेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो ।कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै, आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.