काठमाडौं । अमेरिका–इरानबीच युद्धविरामको प्रारम्भिक सहमति भए पनि पेट्रोलियम पदार्थको मूल्य तत्काल पुरानै अवस्थामा फर्किने सम्भावना नरहेको विज्ञहरूले बताएका छन्।
युद्धका कारण तेल उत्पादनमा आएको गिरावट, बन्दरगाहमा भएको अवरोध र विश्वव्यापी आपूर्ति शृङ्खलामा परेको असरका कारण इन्धनको मूल्य अझै केही महिना उच्च रहन सक्ने अनुमान गरिएको छ।
विशेषज्ञहरूका अनुसार उत्पादन पुनः पूर्ण क्षमतामा फर्किन समय लाग्नेछ भने गर्मीयाममा बढेको इन्धन मागले पनि मूल्य घट्न ढिलाइ गर्नेछ। हाल सयौँ जहाजहरू ढुवानीका लागि प्रतीक्षामा रहेकाले विश्व बजारमा आपूर्ति सहज हुन अझै समय लाग्ने देखिएको छ।
इन्धनको मूल्यवृद्धिको असर खाद्यान्न, हवाई भाडा र मलको मूल्यमा समेत परेको छ। त्यसैले युद्ध अन्त्य भए पनि उपभोक्ताले तत्काल राहत पाउने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ।






































