आर्थिक

    Showing ४११-४२० of ४,५१९ items.
  • काठमाडौं ल्याइए विष्णु पौडेल, आजै अदालतमा म्याद थपको तयारी

    काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान काठमाडौंस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो। विभागले उनलाई आजै थप अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी गरेको स्रोतले जनाएको छ।अनुसन्धान निकायका अनुसार पौडेलको सेयर कारोबार, आर्थिक गतिविधि तथा सम्पत्तिको स्रोतबारे छानबिन भइरहेको छ। यही अनुसन्धानको सिलसिलामा उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो।पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेल

    • प्रकाशित मितिः असार ९, २०८३
    • ३४४ पटक पढिएको
  • ८ अर्बको राहदानी काण्डः पूर्वमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— नेपालको इतिहासकै सबैभन्दा चर्चित सार्वजनिक खरिद विवादमध्ये एक मानिएको विद्युतीय राहदानी ठेक्का प्रकरण अन्ततः अदालतको ढोकामा पुगेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ८ अर्ब रुपैयाँ बराबरको राहदानी खरिद तथा व्यवस्थापन सम्झौतामा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले दायर गरेको अभियोगपत्रले देशको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। राहदानीजस्तो संवेदनशील राष्ट्रिय दस्तावेजको खरिद प्रक्रियामै राजनीतिक प्रभाव, नीतिगत हस्तक्षेप र मिलेमतोको आरोप उठेपछि यो प्र

    • प्रकाशित मितिः असार ९, २०८३
    • ४५४ पटक पढिएको
  • विष्णु पौडेल पक्राउपछि एमाले ‘अलर्ट मोड’मा

    काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि नेकपा एमालेले दुई महत्वपूर्ण बैठक बोलाएको छ।दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्दैछ भने साँझ ६ बजे ओली निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।बैठकमा विष्णु पौडेल पक्राउपछि विकसित राजनीतिक परिस्थिति, पार्टीको आधिकारिक धारणा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई बाँकेमा राखिने भनिए पनि राति नै काठमाडौंतर्फ ल्याइएको छ। पौडेल पक्राउ प्रकरणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरिरहेका बेला एमाले नेतृत्व निर्णायक छलफलमा जुट्न लागेको हो। पौ

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०६ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ५९० रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार ९, २०८३
    • १९२ पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ ।  यसैगरी, शिक्षक सेवा आयोग लगायत का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति’का बारेमा छलफल हुने कार्यसूची छ ।  

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०८ पटक पढिएको
  • राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको बाँध

    बाँके— नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बाँकेको अगैयास्थित राप्ती नदीमा सिक्टा सिँचाइ आयोजनाको ३ सय १७ मिटर लामो बाँध निर्माण गरिएको छ । आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको यस आयोजनाले बाँकेका विभिन्न स्थानीय तहअन्तर्गत करिब ४२ हजार ७७५ हेक्टर कृषि योग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ । हालसम्म २२ हजार हेक्तटररमा सिँचाइका लागि पानी उपलब्ध गराएको छ ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • ४०५ पटक पढिएको
  • एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

    काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर आईपीओ बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड सेबोनको पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै परिवर्तन आउने संकेत देखिएको छ । विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत कम्पनीका हुने गरेका थिए । यसले लगानीकर्तालाई क्षेत्रगत विविधीकरणको अवसर सीमित बनाएको थियो । तर अहिले सिमेन्ट, स्टिल, लगानी तथा सञ्चार क्षेत्रका ठूला कम्पनीहरू शेयर निष्काशनको तयारीमा रहेकाले लगानीकर्ताले फरक–फरक क्षेत्रका कम्

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०७ पटक पढिएको
  • चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

    काठमाडौं— नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा असन्तुलन झन् गहिरिँदै गएको देखिएको छ । भन्सार विभागको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्यांक अनुसार चीनबाट ठूलो परिमाणमा वस्तु आयात भए पनि निर्यात भने अत्यन्त न्यून रहेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपालले चीनबाट ३ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु आयात गरेको छ । तर सोही अवधिमा चीनतर्फ नेपालको निर्यात भने १ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी मात्रै रहेको छ । रकमका आधारमा चीन नेपालको प्रमुख निर्यात गन्तव्यहरूको सूचीमा दशौं स्थानमा रहेको छ । यसले नेपाल–चीन व्यापार सम्बन्धमा ठूलो व्याप

    • प्रकाशित मितिः असार ९, २०८३
    • ४८८ पटक पढिएको
  • ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३९ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पै

    • प्रकाशित मितिः असार ९, २०८३
    • ४४२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.