आर्थिक

    Showing ४०१-४१० of ४,५१९ items.
  • वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट: यस्ता छन् बजेटका प्राथमिकता

    वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको छ ।महानगरपालिकाले बुधबार आयोजित २०औँ नगर अधिवेशनमा चालु आवको तुलनामा १६।५५ प्रतिशतले बढी अनुमानित आय–व्यय सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले १९औँ नगर अधिवेशनमार्फत तीन अर्ब ६९ करोड १२ लाख ४६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत गरिएको छ । कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा सम्पन्न

    • प्रकाशित मितिः असार १०, २०८३
    • २६५ पटक पढिएको
  • ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

    वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन इलेक्ट्रिक भेहिकल–ईभीले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ।डिजेल तथा पेट्रोलबाट चल्ने चारपाङ्ग्रे, दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनलाई तीव्र गतिमा पछि पार्दै ईभीले बजारमा आफ्नो हिस्सा विस्तार गरिरहेको तथ्यांकले देखाएको छ । देशको प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने सवारीसाधन आयातको तथ्यांक हेर्दा जैविक इन्धनबाट सञ्चालित सवारीसाधनको तुलनामा ईभीको आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट नेपालका लागि आयात हुने विद्युतीय जिप, कार तथा भ्यानको आ

    • प्रकाशित मितिः असार १०, २०८३
    • २४२ पटक पढिएको
  • जेन–जी आन्दोलनमा जलेको चुच्चेपाटी भाटभटेनी पुनः सञ्चालनमा

    काठमाडौं।  जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केट पुन सञ्चालनमा आएको छ । पुनर्निर्माण सम्पन्न भएसँगै सुपर मार्केट आजदेखि पुनः सञ्चालनमा आएको हो।लामो समयपछि सेवा सुरु भएसँगै बिहानैदेखि ग्राहकहरूको उल्लेखनीय भीड देखिएको छ। दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामान खरिद गर्न उपभोक्ताहरू व्यस्त देखिएका छन्।आगजनीपछि पूर्ण रूपमा पुनर्निर्माण गरिएको सुपर मार्केटलाई आधुनिक सुविधा र व्यवस्थित संरचनासहित सञ्चालनमा ल्याइएको छ। स्थानीय बासिन्दाले पनि भाटभटेनी पुनः खुलेपछि किनमेलमा सहजता थपिएको बताएका छन्।आन्दोलनको आगोले बन्द भए

    • प्रकाशित मितिः असार १०, २०८३
    • १९१ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार १०, २०८३
    • १६३ पटक पढिएको
  • ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन

    काठमाडौं— बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा  १७ लाख २४ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७४

    • प्रकाशित मितिः असार १०, २०८३
    • ४७० पटक पढिएको
  • ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५५० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १०२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।  यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार

    • प्रकाशित मितिः असार १०, २०८३
    • २९६ पटक पढिएको
  • यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०० रुपैयाँ ७३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपै

    • प्रकाशित मितिः असार १०, २०८३
    • २०९ पटक पढिएको
  • नेपाली समाजमा सुन्दरताको बढ्दो मोह : ११ महिनामै विदेशियो कस्मेटिकमा १२ अर्ब ६८ करोड

    काठमाडौं। नेपालमा सौन्दर्य सामग्रीको प्रयोग ह्वात्तै बढिरहेको छ। अनुहार चम्काउने फेस क्रिमदेखि ओठ सजाउने लिपस्टिक, कपाल रङ्गाउने डाई र विभिन्न कस्मेटिक सामग्री किन्न मात्रै नेपालीहरूले ११ महिनामै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी विदेश पठाएका छन्। भन्सार विभागको तथ्यांकले नेपाली बजारमा आधुनिक सौन्दर्य सामग्रीको माग तीव्र रूपमा बढिरहेको देखाएको छ। सुन्दर देखिने चाहना मानव स्वभाव हो। तर पछिल्लो समय नेपालीहरूको यही चाहनाले विदेशी कस्मेटिक बजारलाई भने ठूलो फाइदा पुर्‍याइरहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा नेपालले सौन्दर्य सामग्री आयात गर्न मात्रै १२ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी खर्च गरेको

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३६ पटक पढिएको
  • सुदूरपश्चिमको बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको निर्णय

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३ र ८४ का लागि प्रदेश सभामा पेश गरेको बजेट प्रति शत्तरुढ दल नेकपा एमालेले चरम असन्तुष्टि जनाएको छ ।यथास्थितीमा बजेट पास हुन नसक्ने बताउदै आएको एमालेले संशोधन नगरी पारित गर्ने प्रयास गरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयनै गरेकोछ । नेकपा एमले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट एक लौटी भएको र शत्तारुढ अर्को दललाई पुर्णरुपमा वेवासता गरेको निष्कर्ष निकालेको हो । यथा स्थितिमा सरकारको समर्थन गर्न नसकिने भन्दै प्रदेश कमिटिले बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको नेकपा एमालेकी प्रदेश उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष

    • प्रकाशित मितिः असार ९, २०८३
    • २५६ पटक पढिएको
  • हिमालयन रिइन्स्योरेन्समा कामु सीईओमाथि पनि उजुरी

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा नेतृत्व परिवर्तनको क्रम फेरि चर्चामा आएको छ। कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मुकेशकुमार कपुरले जिम्मेवारी सम्हालेको एक सातामै राजीनामा दिएका छन्।पाँच वर्षदेखि कम्पनीमा कार्यरत कपुरले असार २ गते कामु सीईओको जिम्मेवारी पाएका थिए। तर असार ८ गते नै उनले पदबाट राजीनामा दिएपछि पुनर्बीमा क्षेत्रमै चासो बढेको छ।यसअघि कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएपछि कपुरलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। तर नयाँ जिम्मेवारी सम्हालेको केही दिनमै उनको बहिर्गमनले कम्पनीको नेतृत्व फेरि अन्योलमा प

    • प्रकाशित मितिः असार ९, २०८३
    • २५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.