काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य आज घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।






































