आर्थिक

    Showing ३७१-३८० of ४,५१९ items.
  • भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या १४ सय नाघ्यो

    एजेन्सी । भेनेजुएलामा आएका दुई विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूको संख्या बढेर १,४३० पुगेको छ।राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले एक टेलिभिजनमार्फत भूकम्पका कारण ३,२३८ जना घाइते भएको र ३,१४२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको बताए। बुधबार ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली दुई भूकम्प केही सेकेन्डको अन्तरमा आएपछि हालसम्म देशभर ४३० वटा हल्कादेखि मध्यम स्तरका पराकम्प रेकर्ड गरिएको उनले जानकारी दिए। रोड्रिगेजले भेनेजुएला सरकारका तर्फबाट ज्यान गुमाउने हजारौं पीडितप्रति गहिरो समवेदना व्यक्त गरे। उनका अनुसार अहिले पनि उद्धार तथा खोजी अभियानमा दशौं हजार उद्धारकर्मी दिनरात खटिरहेका छन्।उनले

    • प्रकाशित मितिः असार १४, २०८३
    • २१८ पटक पढिएको
  • ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्न सांसद शाहीको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा कारबाही गर्ने व्यवस्था लागू गरिए राज्य पनि आफ्ना दायित्वप्रति समान रूपमा जवाफदेही हुनुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कानुनी सजाय गर्ने विषयमा आफूहरूको विरोध नरहेको स्पष्ट पारे। नियम पालना गर्नुपर्ने र उल्लंघन गर्नेले कानुनअनुसार कारबाही भोग्नुपर्नेमा आफू र जनता दुवै सहमत रहेको उनले बताए। उनले भने, ‘सरकारले अहिले पछिल्लो पटक ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कानुनी सजाय गर्ने भनेर एउटा चर्चा ल्याएको छ । नियम बनाउ

    • प्रकाशित मितिः असार १४, २०८३
    • १८० पटक पढिएको
  • साढे पाँच महिनापछि त्रिवि शिक्षण अस्पतालले पुनः बीमा कार्यक्रम सुरु गर्दै

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले घाटा खाएर सञ्चालन गर्न नसक्ने भन्दै बन्द गरेको बीमा कार्यक्रम सोमबारदेखि पुनः सुरु गर्ने भएको छ ।अस्पतालले सूचना जारी गर्दै १५ असारदेखि पुनः ओपीडी सेवा सुरु गर्ने जनाएको हो । बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म उपलब्ध हुने अस्पतालले जनाएको छ ।लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो ।सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । तर, केही दिन

    • प्रकाशित मितिः असार १४, २०८३
    • ५२५ पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो ।शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोवार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • १८९ पटक पढिएको
  • महिला नेतृत्वको उद्योगबाट ४ हजारभन्दा बढीलाई रोजगारी, उच्च निकासीमा सम्मान

    विराटनगर— सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्स लिमिटेडकी सञ्चालक अश्विनी गोल्छा उच्च रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा निकासी व्यापारमा योगदान पुर्‍याएको भन्दै सम्मानित भएकी छन्।उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो। यसअघि पनि सरकारले सामाजिक सुरक्षा दिवस २०८२ का अवसरमा उद्योगले श्रम, रोजगार र सामाजिक सुरक्षामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान गरेको थियो।अश्विनी नेतृत्वको अरिहन्त मल्टिफाइबर्सले ४,२०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमा आधाभन्दा बढी महिला छन्। उद्योगले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जुटजन्य उत्पादन भारत निर्यात गर्दै

    • प्रकाशित मितिः असार १४, २०८३
    • ४४४ पटक पढिएको
  • ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन

    काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७८,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४१, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने १०, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७० र अन्य सवारी नियम पालना नगरेका एक हजार २९६ जनालाई कारबाही गरिएको हो ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • २६५ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८७ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा

    • प्रकाशित मितिः असार १४, २०८३
    • २६० पटक पढिएको
  • शनिबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र ब

    • प्रकाशित मितिः असार १३, २०८३
    • ५०५ पटक पढिएको
  • प्रधानमन्त्रीको पहलपछि झापा–इलामका बन्द चिया उद्योग फेरि सञ्चालनमा

    काठमाडौं— भारतले नेपाली चियाको निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारबाट समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता आएपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन्।प्रधानमन्त्रीको सचिवालयले चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिने जानकारी दिएपछि उद्योगीहरू सकारात्मक बनेका छन्। उद्योगीहरूले सरकारले समस्या समाधानतर्फ ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याएका हुन्। हाल झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्।भारतको चिया बोर्डले गुणस्तर परीक्षणका लागि नया

    • प्रकाशित मितिः असार १२, २०८३
    • ५९५ पटक पढिएको
  • रास्वपा उपसभापति पदमा स्वर्णिम निर्विरोध निर्वाचित

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अन्य नेताको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार वाग्लेलाई उपसभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्। ​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेको प्रस्तावक बसेका थिए।रास्वपाको विधानअनुसार उपसभापति ३ जना रहनेछन्। जसमा चुनावबाट एक

    • प्रकाशित मितिः असार १२, २०८३
    • ५०६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.