आर्थिक

    Showing ३६१-३७० of ४,५१९ items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।  आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४१९ पटक पढिएको
  • आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं—  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०० पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ

    • प्रकाशित मितिः असार १५, २०८३
    • ४८७ पटक पढिएको
  • सीमा सुरक्षाको वास्तविक अवस्था बुझ्न गृहमन्त्री गुरुङको गोप्य अनुगमन

    वीरगञ्ज— सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्न गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकामा कुनै पूर्वसूचना नदिई आकस्मिक अनुगमन गरेका छन्।पहिचान गोप्य राख्न उनले कालो टोपी, फेस मास्क र सनग्लासको प्रयोग गरेका थिए। यस क्रममा उनी पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मटियार्वा नाका पुगेका थिए।अनुगमनका क्रममा मन्त्री गुरुङले सुरक्षाकर्मीलाई जानकारी नदिई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले विशेषगरी रातिको समयमा साइकलमार्फत हुने तस्करी बढ्दो रहेको

    • प्रकाशित मितिः असार १४, २०८३
    • ५२० पटक पढिएको
  • राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

    काठमाडौं—  प्रतिनिधि सभा बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। आज आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनले सर्वसम्मत रूपमा पारित गरेको हो।विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक तथा राष्ट्रिय ऋणलाई अनुत्पादक क्षेत्रमा नभई उत्पादनमूलक आयोजनाहरूमा मात्र खर्च गरिने स्पष्ट पारे।'विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, जसले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरिरहेका हुन्छन्,' अर्थमन्त्री वाग्लेले

    • प्रकाशित मितिः असार १४, २०८३
    • ४६० पटक पढिएको
  • सुदूरपश्चिममा खेल पूर्वाधारमा लुट: आठ वर्षमा दुई अर्ब खर्च, खेतमा प्रतियोगिता

    खेल मैदान निर्माणमा अनियमितता भएको ठहर गरेर विशेष अदालतले गत २७ चैतमा बझाङको बित्थडचिर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित ६ जनालाई दोषी ठहर गर्‍यो । बित्थडचिर गाउँपलिका–१ को बित्थडमा खेल मैदान निर्माणमा १४ लाख ६६ हजार ५ सय ३ रुपैयाँ अनियमितता भएको विशेष अदालतको ठहर छ । विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासबाट दोषी ठहर हुनेमा तत्कालीन प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सबइन्जिनियिर गणेशराज उपाध्याय, लेखा अधिकृत हर्कदेव जोशी छन् । खेल मैदान उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रकुमार बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष नीलम भण्डारी पनि दो

    • प्रकाशित मितिः असार १४, २०८३
    • २८६ पटक पढिएको
  • बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ कार्यकारी निर्देशक पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सरकारको बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी ल्याउने तयारी गरेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले अभूतपूर्व जनादेश प्राप्त सरकारले प्रस्तुत गरेको बजेटले तय गरेको आर्थिक दिशालाई सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण भइरहेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले नबिल बैंकसँगको सहकार्यमा आइतबार आयोजना गरेको ‘डिकोडिङ मोडर्न बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रममा बोल्दै पौडेलले बजेटसँग समन्वय हुने गरी मौद्रिक नीतिको गृहकार्य भइरहेको जानकारी दिए । उनले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको गैर

    • प्रकाशित मितिः असार १४, २०८३
    • २६० पटक पढिएको
  • १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

    रौतहट । आफ्नी अर्धाङ्गिनीको जीवन बचाउन आफूसँग भएको सर्वस्व गुमाइसकेपछि एक सर्वसाधारणले परोपकारी मनहरूसमक्ष आफ्नो आँसु र विवशता पोख्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी अनिश ले आफ्नी ३० वर्षीया बिरामी पत्नी पूजा देवीको थप उपचारका लागि हारगुहार गरेका हुन् । पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’ इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा सँग मृत्युको लडाइँ लडिरहेकी छिन् ।आफ्नो सिन्दूरको रक्षाका लागि ईनरदेवले नेपाल र भारतका अस्पतालहरू चहारिसकेका छन् ।वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल

    • प्रकाशित मितिः असार १४, २०८३
    • २८९ पटक पढिएको
  • ‘प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित

    काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो ।अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयर्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • २२१ पटक पढिएको
  • शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन: अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरे। शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ।

    • प्रकाशित मितिः असार १४, २०८३
    • २५१ पटक पढिएको
  • संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन्

    मुगु । मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरु दैनिक पठनपाठन संयुक्त कक्षामा पढ्न वाध्य छन् ।संयुक्त कक्षामा कोठामा बसाइ गर्दा शिक्षकहरुले पढाएको बुझ्नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ । २०३७ सालमा स्थापना भएको नेपाल राष्ट्रिय आधारभुत विद्यालय ४६ बर्ष वितिसक्दा पनि उस्तै समस्या झेलिरहेको हो । सोही विद्यालय पढेर धेरैले राम्रो सफलता पाएपनि स्थानीय अभिभावक, सरोकारवाला र सरकारी वेवास्ताका कारण पूर्वाधारको अभाव व्यहोरिरहेको हो । कक्षा ४ र ५ एकै कक्षा कोठामा बसेर पढ्नु परेको छ । आवाजले विद्यार्थीले पढाएको नै बुझ्दै

    • प्रकाशित मितिः असार १४, २०८३
    • २८५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.