काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।  आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।