आर्थिक

    Showing 3,531-3,540 of 4,331 items.
  • विनोद चौधरी अर्बपतिहरूको सूचीमा १९२९ औं स्थानमा

    काठमाडौँ / नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा १० करोड डलरले बढेको छ । प्रतिष्ठित फोर्ब्स म्यागाजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर पुगेको छ । उनी यस वर्ष विश्वका अर्बपतिहरूको सूचीमा १९२९ औं स्थानमा रहेका छन् ।गत वर्ष विश्वका अर्बपतिहरूको सूचीमा उनी २१४१ औं स्थानमा थिए । गत वर्ष उनको सम्पत्ति पनि स्थिर देखिएको थियो । फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति सन् २०१९ मा सबैभन्दा धेरै १ अर्ब ७० करोड डलर पुगेको थियो । तर, सन् २०२० मा १ अर्ब ४० करोड डलरमा झरेको थियो ।फोर्ब्सका अनुसार यस वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्क अर्बपतिको सूचीमा पहिलो स्थानमा छन्

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 154 पटक पढिएको
  • झापामा अवैध कारोबार : प्रहरीले असहयोग गरेको भन्दै सिडिओको सहयोग माग्दै राज्यका दुई निकाय

    बिर्तामोड / पूर्वी नेपालको भारतसँग सिमाना जोडिएका क्षेत्रबाट सुरक्षाकर्मीसँगको मिलेमतोमा अवैध कारोबारमा संलग्नले नेपालमा प्रतिबन्धीत रहेका औषधी र अन्य सामाग्री समेत ठूलो परिमाणमा आयात हुने गरेको खुलेपछि राज्यका दुई निकायले अनुगमनलाई तिव्रता दिएका छन् ।झापा र इलाममा पटक–पटक ठूलो परिमाणमा औषधी बरामद अनि मोरङ , सुनसरी र झापाका विभिन्न ठाउँमा भारतबाट अवैध रुपमा भित्रिएको सामाग्री बरामद भएको विषयमा राज्यका दुई निकायले थालेको छानविनमा स्थानीय सुरक्षा निकायबाट अपेक्षित सहयोग नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग सहयोग मागेका छन् ।अवैध कारोबारमा संलग्न बिर्तामोड आसपासको क्षेत्रका कारोबारी जोगाउन स्थान

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 816 पटक पढिएको
  • प्रदेश एक कै ठुलो जलविद्युत आयोजना माथिल्लो अरुण निर्माण हुँदै

    बिर्तामोड / १०६१ मेगावाट विजुली उत्पादनको क्षमता भएको प्रदेश एक कै ठुलो जलविद्युत आयोजनाको रुपमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण बैंक तथा वित्तिय संस्थाको लगानीमा अगाडि बढ्ने भएको छ । लागत र समय नबढ्ने विश्वसनीय आधार भए बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएसँगै सङ्खुवासभामा निर्माण हुन लागेको सो आयोजना प्रदेश कै ठुलो आयोजनाको रुपमा निर्माण हुने भएको हो ।सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य, कृषि र नेपाल गरि तीनवटा सरकारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनएमबि, नबिल, नेपाल इन्भेष्टमेन्ट, हिमालयन बैकसँग कम्पनी नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी हाइड्रोइलेक्ट्रि

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 111 पटक पढिएको
  • जहाज किन्न धुलिखेल माउन्टेन रिर्सोट बेच्दै भट्ट

    बिर्तामोड / घाटामा गएपछि एक दशक देखि बन्द भएको बीबी एयरवेजले होटल बेचेर पुनः उडान भर्ने भएको छ ।कम्पनीका अध्यक्ष भवन भट्टका अनुसार बीबीले धुलिखेल माउन्टेन रिर्सोट (डीएमआर) बेचेर पुनः उडान भर्ने काम सुरु गर्न लागेको हो । कम्पनीले डेढ अर्ब रुपैयाँ लगानी थपी दुईवटा एयरबस –३२० जहाज लिजमा लिएर सेप्टेम्बरबाट पुनः उडान सुरु गर्ने भट्टले बताए । भट्टका अनुसार हेटौंडामा रहेको स्टार बियर उत्पादन गर्ने नेपाल ब्रुहरीज पनि बेचेर एयरवेजमै लगानी गरिने छ । लाइसेन्स लिएर बीबीले सन् २०१२ सेप्टेम्बर १३ देखि सेवा सुरु गरेको थियो । तर सोचे जस्तो फाइदा नभएपछि निरन्तर गर्न नसकेको अध्यक्ष भट्टराईले बताए

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 140 पटक पढिएको
  • तरलता हल गर्न आज पुन: ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी

    बिर्तामोड / नेपाल राष्ट्र बैंकले चैत २१ गते अर्थात् आज सोमबार पुनः ३२ अर्ब २० करोड रुपियाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत १४ गते पनि राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल बिक्री गरेको थियो ।राष्ट्र बैंकका अनुसार जारी मिति चैत २२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर

    • प्रकाशित मितिः चैत २१, २०७८
    • 147 पटक पढिएको
  • गोल्डम्यान इन्भेष्टमेन्टमाथि सिआइबीकाे छानविन

    बिर्तामोड / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्डम्यान इन्भेष्टमेन्टमाथि छानबिन गरेको छ । गोल्डम्यान इन्भेष्टमेन्टले ठगी गरेको भन्दै नेपाल धितोपत्र बोर्डले सिआइबीलाई पत्राचार गरेपछि सिआइबीले छानबिन थालेको हो । धितोपत्र बोर्डले गोल्डम्यानले ठगि गरेको भन्दै छानबिनको माग गर्दै केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । बोर्डको पत्राचार पछि ब्युरोले छानबिन सुरु गरेको सिआइबीका निर्देशक प्रहरी अतिरिक्त महानिर्देशक धीरजप्रताप सिंहले जानकारी दिए । जनता समाजवादीका अध्यक्ष दीपेन्द्र अग्रवाल अध्यक्ष रहेको उक्त गोल्डम्यानको गत पुषमा मात्रै उद्घाटन भएको थियो ।&n

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 122 पटक पढिएको
  • सुनको मूल्य घट्यो

    बिर्तामोड /  साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार ४ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २०, २०७८
    • 121 पटक पढिएको
  • पछिल्लो आठ महिनामा कागजजन्य बस्तुको निर्यात १६३ दशमलव ४३ प्रतिशतले वृद्धि

    काठमाडौँ /  चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन सम्ममा नेपालमा उत्पादित कागज तथा कागजजन्य बस्तुको निर्यात एक सय ६३ दशमलव ४३ प्रतिशतले बढेका हो । निकासी तथा प्रर्वद्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा ३९ करोड एक लाखको कागज निर्यात भएको थियो भने पछिल्लो आठ महिनामा नेपालबाट एक अर्ब छ करोड ६६ लाख ६५ हजारको कागज तथा कागज जन्य बस्तुको निर्यात भएको छ । सबैभन्दा बढी कागज भारतमा निर्यात भएको छ । पछिल्लो आठ महि

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 128 पटक पढिएको
  • ५० करोडको लगानीमा दिवाकर राठीले खोले रिसाइकल उद्योग

    विराटनगर / कोरोनाको कारण नेपालको अर्थतन्त्र थलिएको बेला विराटनगरका उद्यमी दिवाकर राठीले ५० करोडको लगानीमा जेमिन रिसाइकल इन्डस्ट्रिज सञ्चालनमा ल्याएका छन् । विगत १० वर्षदेखि ग्रीन प्लाई उद्योग सञ्चालन गरिरहेका राठीले कवाडी प्लास्टिक र पुराना लिड ब्याट्रीको रिसाइकल गरेर प्लास्थिक दाना र लिड बनाउने उद्योग सञ्चालनमा ल्याएका हुन् । मोरङको बुढीगंगा गाउँपालिका –५ स्थित हात्तीमुढामा तीन बिघा क्षेत्रफलमा बनाएको उद्योगमा दैनिक १५ टन भन्दा बढी पुराना प्लास्टिक रिसाइकल गरेर दाना उत्पादन गर्न सकिने उद्योगी राठीले बताए । राठिका अनुसार उद्योगमा प्लास्टिकका पुराना सामानबाट दानाको उत्पादन गरि दा

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 152 पटक पढिएको
  • मोदी र देउवाले गरे रु पे कार्ड र सोलु करिडोरको उद्घाटन

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रु पे कार्ड र सोलु करिडोर प्रसारण लाइन आयोजनाको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा विश्वव्यापी भुक्तानी कार्ड र सोलु करिडोरको उद्घाटन गरेका हुन् । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको  ‘रुपे’ भारत आफैँले विकास गरेको हो ।‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन् । त्यस कार्डलाई अब नेपालको बैंकसँग पनि जोड्न सकिने भएको छ  ।७० करोड भारतीयले प्रयोग गर्ने दावी

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.