विराटनगर / कोरोनाको कारण नेपालको अर्थतन्त्र थलिएको बेला विराटनगरका उद्यमी दिवाकर राठीले ५० करोडको लगानीमा जेमिन रिसाइकल इन्डस्ट्रिज सञ्चालनमा ल्याएका छन् । 

विगत १० वर्षदेखि ग्रीन प्लाई उद्योग सञ्चालन गरिरहेका राठीले कवाडी प्लास्टिक र पुराना लिड ब्याट्रीको रिसाइकल गरेर प्लास्थिक दाना र लिड बनाउने उद्योग सञ्चालनमा ल्याएका हुन् । 

OM Sai Pathibhara Hospital

मोरङको बुढीगंगा गाउँपालिका –५ स्थित हात्तीमुढामा तीन बिघा क्षेत्रफलमा बनाएको उद्योगमा दैनिक १५ टन भन्दा बढी पुराना प्लास्टिक रिसाइकल गरेर दाना उत्पादन गर्न सकिने उद्योगी राठीले बताए । 

राठिका अनुसार उद्योगमा प्लास्टिकका पुराना सामानबाट दानाको उत्पादन गरि दानाको प्रयोगबाट प्लास्टिकका मालवस्तु उत्पादन गर्न सकिन्छ। 

नेपाल टेलिकम, विद्युतीय रिक्सा लगायतका सवारीसाधनहरू, औद्योगिक क्षेत्र र बस्ती पुराना लिड ब्याट्रीका मुख्य स्रोत हुन् । यस्ता पुराना लिड ब्याट्री कबाडी खानामा जम्मा भएर औद्योगिक प्रयोजनका लागि बिक्री वितरण गरिन्छन्।

नेपालबाट मासिक २० हजार टन भन्दाबढी पुराना प्लास्टिक र पुराना लिड ब्याट्रीको निकासी चोरी निकासी हुने गरेको राठी बताउँछन् । 

सरकारले पुराना प्लास्टिक र लिड ब्याट्रीको तस्करी बन्द गरेमा जेमिनीले मात्र प्लास्टिक दाना र लिड गरी वर्षमा १ अर्बको निर्यात गर्नसक्ने उनको दावी छ ।

महोत्तरीको बर्दिबासमा, नवलपरासीमा र राठीको गरी फोहोर प्लास्टिकलाई रिसाइकल गर्ने उद्योग नेपालमा तीन वटा मात्र छन् ।