आर्थिक

    Showing 2,981-2,990 of 4,329 items.
  • २०८० सालमा बैंक बिदाको सूची सार्वजनिक (सूचीसहित)

    काठमाडौं : नेपाल राष्ट्र बैंकले वि.सं.२०८० सालमा बैंकहरूमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।  राष्ट्रबैंकले सार्वजनिक गरेको सूचीअनुसार दशैंमा ६ दिन र तिहारमा ५ दिनसहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्णरुपमा प्रभावित हुनेछ ।तीमध्ये पनि २० दिन इसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएसलगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा संचालन हुनेछ । त्यस्तो सेवा बिहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म प्रवाह हुने राष्ट्र बैंकले जनाएको छ।  कार्यालय समय २०८० साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदे

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 275 पटक पढिएको
  • शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

    काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १५ दशमलव १५ विन्दुमा झरेको छ ।सबै समूहको शेयर घटेकोमा जलविद्युत्, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ५९ वटा कम्पनीका ४३ लाख ४० हजार कित्ता शेयर एक अर्ब ४१ करोड ३१  लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २१ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त कम्पनीको शेयर साढे सात प्रतिशत र सृजनशील लघुवित्तको शेयर झन्डै स

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 169 पटक पढिएको
  • सुनको भाउ

    काठमाण्डाै - हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज भने १ हजार २ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते आइतवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 197 पटक पढिएको
  • नेप्से १.१८ प्रतिशतले उकालो

    काठमाडौं - सातोको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ प्रतिशतले उकालो लागेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ ।यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ३६६.२३ कायम भएको छ । सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ प्रतिशतले बढेको छ ।

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 190 पटक पढिएको
  • सुनचाँदीको भाउ

    काठमाडौं- नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।हिजो सुनको भाउ तोलामै २ हजार ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजावी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ कायम भएको छ।

    • प्रकाशित मितिः चैत ६, २०७९
    • 207 पटक पढिएको
  • भारतबाट घटेर आयो इन्धनको मूल्य

    काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 334 पटक पढिएको
  • सुनको मूल्य आज फेरी बढ्यो

    काठमाडौं -  नेपाली बजारमा सुनको मूल्य आज फेरी बढेको छ।  आज तोलामा एक हजार रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 180 पटक पढिएको
  • बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो, कसको कति ?

    काठमाण्डाै – ब्याजदर महँगो भएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला बैंकहरुले आजदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको गएको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो । अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ । बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । जस कारण लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दति निक्षेपको ब्याज भने घटाइएको छैन ।कसले कति घटाए ?वाणिज्य बैंकले साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाएका छन् । चैतमा वाणि

    • प्रकाशित मितिः चैत १, २०७९
    • 340 पटक पढिएको
  • सुन चाँदीको भाउ

    काठमाण्डाै – हिजो तोलामा १६ सय रुपैयाँले बढेको सुनको भाउ आज यथावत् छ । आज सुन तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 192 पटक पढिएको
  • मुक्तिनाथ विकास बैंकले ल्यायो सहज कर्जा योजना, ग्राहकले सजिलै कर्जा पाउने

    काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ। केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आह्वान गरेको छ। यस योजनाअन्तर्गत रु. २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ। यस योजनाअन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीलाई सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 604 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.