वासिङ्टन डीसी । अमेरिकामा स्थायी बसोबासको सपना देखिरहेका लाखौँ आप्रवासीका लागि ठूलो झट्का लाग्ने संकेत देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रीन कार्डका लागि आवेदन दिनेहरूसँग १ लाख अमेरिकी डलरसम्म ९करिब १ करोड ३५ लाख रुपैयाँ० धरौटी माग्ने नयाँ व्यवस्था ल्याउने तयारी गरेको छ।अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार यो प्रस्ताव अहिले अमेरिकी विदेश मन्त्रालयमा छलफलकै चरणमा छ। प्रस्ताव लागू भएमा विदेशस्थित अमेरिकी दूतावास तथा वाणिज्य दूतावासमार्फत आप्रवासी ९इमिग्रेन्ट० भिसाका लागि आवेदन दिनेहरू प्रत्यक्ष प्रभावित हुनेछन्।प्रस्तावअनुसार धरौटी रकम सबै आवेदकका लागि एउटै नहुन पनि सक्
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३-०८४ सँगै सरकारले व्यक्तिगत आयकर प्रणालीमा ठूलो परिवर्तन लागू गरेको छ। शुक्रबारदेखि प्रभावमा आएको नयाँ व्यवस्थाअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य रोजगारी आय हुने व्यक्तिले केवल १ प्रतिशत कर मात्र तिर्नुपर्ने भएको छ।यसअघि ५ लाख रुपैयाँसम्म मात्र न्यूनतम करको सीमा रहेकामा सरकारले त्यसलाई दोब्बर बनाउँदै १० लाख पुर्याएको हो। सरकारले यो कदम मध्यमवर्गीय कर्मचारी र तलबभोगीको करभार घटाउने उद्देश्यले अघि सारेको जनाएको छ।नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आयमा पहिलो १० लाखमा १० हजार रुपैयाँ कर लाग्नेछ भने बाँकी रकममा १० प्रतिशत दरले कर तिर्नुपर
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारी कर्मचारीको तलब पनि बढ्ने भएको छ। सरकारले घोषणा गरेको १० प्रतिशत तलब वृद्धि र कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता शुक्रबारदेखि लागू हुँदैछ। यससँगै निजामती कर्मचारी, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीको मासिक पारिश्रमिकमा उल्लेख्य वृद्धि हुनेछ। तलबसँगै प्रोत्साहन भत्ता थपिएपछि धेरै कर्मचारीको कुल आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ।सबैभन्दा तल्लो तहका कार्यालय सहायकको आधारभूत तलब २७ हजार ६११ रुपैयाँबाट बढेर ३० हजार ३७२ रुपैयाँ पुगेको छ। यसबाहेक ५ हजार रुपैयाँ महँगी भत्ता र करिब ३ हजार रुपैय
काठमाडौं । बहुचर्चित घुसकाण्डमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस लिएको अभियोगमा ८ वर्ष ६ महिना कैद र करोडौँ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।अदालतले व्यवसायी दिपक आनन्दलाई पनि घुस दिएको अभियोगमा ८ वर्ष कैद सजाय सुनाएको छ। पौडेल विशिष्ट तहको सार्वजनिक पदमा रहेर भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै अदालतले अतिरिक्त ६ महिना कैद थप गरेको हो।फैसलाअनुसार घुसको रकम प्रत्यक्ष रूपमा बरामद नभए पनि आरोपित दुवैलाई १ करोड ५४ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ। घुस लेनदेनको कुल रकम करिब ३ करोड ८ लाख रुपैयाँ रहेको अभियोगका आधारमा जरिवाना निर्धार
काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था बमोजिम शेयर धितो कर्जा मार्जिन लेन्डिङ प्रवाहमा नयाँ र लचिलो व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले संस्थाको सबलता मूल्याङ्कनका लागि विभिन्न स्पष्ट आधारहरु तय गरेको छ । नयाँ निर्देशन अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सबलता मापन गर्दा उक्त संस्थाको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, संस्था नाफामा रहेको अवस्था र लाभांश वितरणको इत
काठमाडौं / नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने ९० रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं / सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पु¥याएको हो । यसअनुसार खरिदकर्ताले कम्तीमा २० प्रतिशत रकम भने आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ ।यसअघि सार्वजनिक र व्यक्तिगत दुवै प्रकारका विद्युतीय सवारीमा अधिकतम ६० प्रतिशतसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था थियो । नयाँ व्यवस्थाले भने सार्वजनिक यातायातका विद्युतीय सवारीलाई विशेष सहुलियत दिएको छ
सल्यान। गाउँपालिकाको अनुदान र सहकारीमार्फत बजारको सुनिश्चितताले सल्यानको त्रिवेणी गाउँपालिकामा बाख्रापालन व्यवसायले नयाँ उचाइ लिएको छ। एक वर्षमै २ हजार ५८० वटा खसी बिक्री हुँदा किसानले करिब ५ करोड रुपैयाँ आम्दानी गरेका छन्।‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमअन्तर्गत ८ सय ७८ किसान सहभागी भएका थिए। प्रतिकिलो १२ रुपैयाँ प्रोत्साहन अनुदान सहित किसान र सहकारीलाई करिब ९ लाख ७२ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।स्थानीय तहको सहयोग, सहकारीमार्फत बजारीकरण र सुनिश्चित बजारका कारण अहिले युवा र महिलासमेत व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्।
काठमाडौं। पेट्रोल–डिजेलभन्दा विद्युतीय गाडीतर्फ नेपाली उपभोक्ताको आकर्षण तीव्र बन्दै जाँदा चीनसँग जोडिएको रसुवागढी नाका अहिले ईभी आयातको सबैभन्दा ठूलो प्रवेशद्वार बनेको छ। एकै आर्थिक वर्षमा ६ हजार ५ सयभन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन् भने त्यसबाट मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व सङ्कलन भएको छ। तर यही आयातसँगै अनियमितताको विवाद पनि बाहिरिएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी नेपालमा विद्युतीय सवारी भित्रिने मुख्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।आर्थिक वर्ष २०८२–८३ मा यस नाकाबाट ६ हजार ५ सयभन्दा बढी विद्युतीय कार, जीप, भ्यान र मिनीबस नेपाल आयात भएका छन्। ईभी
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७६ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९० रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.