आर्थिक

    Showing 2,471-2,480 of 3,699 items.
  • फेरी प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

    काठमाडौँ / आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला ३० ले बढेर एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 111 पटक पढिएको
  • क्रसर उद्योगमा महानगरको एक्सन, नवीकरण नगरी सञ्चालन गरेका  उद्योग बन्द गर्न निर्देशन

    चितवन / भरतपुर महानगरपालिकाले नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार स्थलगत अनुगमनमा गएको महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी नेतृत्वको टोलीले भरतपुर महानगरपालिका –२९ भोर्लेमा सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।उपप्रमुख अधिकारीका अनुसार क्रसर उद्योग नवीकरण नगरी सञ्चालन गरेका कारण बन्द गर्न निर्देशन दिइएको हो । उनले महानगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि इआइए गरेर बोलपत्रमार्फत प्रक्रिया अघि बढाउने तयारीमा रहेको जानकारी दिए ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 113 पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    झापा  / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १२८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १२९.५८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.३८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.८६ रुपैयाँ रहेको छ ।साउदी रियाल एकको खरिद दर ३४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.४७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.८७ रुपैया

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 109 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ / लगातार बढेको सुनको मूल्यमा आज सामान्य  गिरावट आएको छ । आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको  मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ थियो ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 101 पटक पढिएको
  • खानेतेलको मूल्यमा वृद्धि

     काठमाडौँ / रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैं तिहार शुरु भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैँको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ ।त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्‌लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको म

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 139 पटक पढिएको
  • आज दोहोरो अङ्कले घट्यो सेयर बजार

    झापा  / साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतबार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको हो । होटल समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता सेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भयो ।आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सेयर झण्डै सा

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 151 पटक पढिएको
  • नेप्सेको पुरानो वेबसाइट बन्द, आजबाट नयाँ वेबसाइट मात्र चल्ने

    झापा / नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ। नेप्सेले सूचना जारी गर्दै पुरानो वेबसाइट बन्द गरी हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज (आइतबार) देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । अब उप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांक अद्यावधिक नहुने पनि नेप्सेले अवगत गराएको छ। यसअघि गत कात्तिक ६ गते पनि नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको थियो। योसँगै सूचीकृत कम्पनीहरूलाई नट्सको लगइन तथा युजर आईडी अनिवार्य रुपमा लिन पनि पनि नेप्सेले आह्वान गरेको थियो। यसअघि

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 115 पटक पढिएको
  • बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

    काठमाडौं / बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम फिर्ता गराउन थालेको छ । राष्ट्र बैंकले बैंकहरूको वार्षिक साधारणसभा स्वीकृतिका लागि ब्याजदर निर्देशनविपरीत उठाएको रकम फिर्ता गर्ने प्रतिबद्धता गराउन थालेपछि बैंकहरूले पनि ग्राहकसँग उठाएको रकम फिर्ता गर्न थालेका हुन् ।‘बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको लागि सम्झौता गर्दा अफर लेटरमा तोकिएको प्रिमियम दर पछि परिवर्तन गर्न पाउँदैनन्,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले भने, ‘अहिले बैंकह

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 134 पटक पढिएको
  • पिपुल्स हाइड्रोपावरको आइपिओ खुल्यो

    काठमाडौं / पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर रु एक सय अङ्कित दरमा निष्काशन गर्न लागेको हो ।सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये एक लाख ६८ हजार एक सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र दुई लाख ८० हजार तीन सय २० कित्ता शेयर सामूहिक

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 223 पटक पढिएको
  • पहिलो त्रैमासमा राजस्वमा धक्का

    काठमाडौँ / सरकारले गाडी, मोबाइलजस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सार राजस्वमा धक्का पुगेको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको छ । जसकारण सरकारी खर्चको मूल स्रोत राजस्वमा गम्भीर असर पुगेको छ । अर्थ मन्त्रालयका अनुसार असोजसम्ममा दुई खर्ब आठ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आर्थिक वर्षको तीन महिनाको तुलनामा १८ प्रतिशतले कमी हो । यो तीन महिनामा सरकारले दुई खर्ब ७५ अर्ब ७१ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, लक्ष्यभन्दा ६७ अर्ब कम राजस्व संकलन भएको हो । सरकारले पहिलो त्रैमासमा लक्ष्यको तुलनामा ७५।६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 224 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.