आर्थिक

    Showing 2,361-2,370 of 3,699 items.
  • अलैँचीभन्दा चिराइतो महँगो

    ताप्लेजजुङ -  चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन ९४० किलो० ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुने चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रुपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । ‘गत वर्ष ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर ३८ हजारदेखि ४० हजारमा कारोबार भइरहेको छ’, सदरमुकाम फुङलि

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 217 पटक पढिएको
  • ह्वात्तै बढ्यो सुनको भाउ

    काठमाण्डाै - सुनको भाउ लगातार बढ्न थालेको छ। आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने अस्ति तोलामा १ हजार ७ सय रुपैयाँले बढेको थियो । भाउ अझै बढ्ने अनुमान छ । यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ।

    • प्रकाशित मितिः फागुन ३०, २०७९
    • 143 पटक पढिएको
  • आज सुनको भाउ

    काठमाडौं : नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला छ सयले बढेको हो।  हिजो प्रतितोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय तोकिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ वृद्धि भई एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ। 

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 266 पटक पढिएको
  • विदेशी विनियम सञ्चितिमा पनि उल्लेख्य वृद्धि

    काठमाडौं - भुक्तानी सन्तुलनतमा सुधार हुँदै जाँदा विदेशी विनियम सञ्चितिमा पनि उल्लेख्य वृद्धि भएको छ । शोधनान्तर बचत १ खर्ब भन्दा माथि पुग्दा माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १३।८ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो । अमेरिकी डलरमा विदेशी विनियम सञ्चिति १० अ

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 112 पटक पढिएको
  • अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै

    काठमाण्डाै – चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको छ ।सात महिनामा चालु खाता २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सात महिनामा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोड रुपैयाँले घाटामा थियो । यस्तै साउनदेखि माघसम्म शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सात महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 200 पटक पढिएको
  • सुनको भाउ आज

    काठमाण्डाै - सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले बढेको हो  ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा एक लाख एक हजार आठ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा तोलामा ५ सय रुपैयाँले बढी हो ।आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो  जस्तै तोलामा एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७९
    • 132 पटक पढिएको
  • बैंकको ब्याजदर घट्ने

    झापा- आगामी चैत १ गतेदेखि बैंकको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठन नेपाल बैंकर्स संघ (एनबीए) को बिहीबार बसेको बैठकले आगामी चैत १ गतेदेखि कर्जाको ब्याजदर १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।सँगै यता निक्षेपको ब्याजदर समेत ०.४२ प्रतिशतले घटाउने गरी सहमति जुटेको एनबीएका एक सदस्यले  जानकारी दिए । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् मुद्दती निक्षेपमा १२.४१ प्रतिशतसम्म ब्याज दिइरहेका छन् ।यता कर्जातर्फ भने बैंकहरुले ११.५ प्रतिशत हाराहारीको बेस रेटमा ६ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज ल

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 245 पटक पढिएको
  • घट्यो सुनको भाउ

    काठमाण्डौ- हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १ हजार रुपैयाँ तोकिएको छ ।हिजो तोलामा १ लाख १ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 168 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।  आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 142 पटक पढिएको
  • एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न नपाइने जनाएको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा यस्तो व्यवस्था रहेको जानकारी गराएको हो।‘एकपटक निर्धारण भएको प्रिमियमलाई कर्जा अवधिभर वृद्धि गर्न र प्रिमियममा सुरुआती दिनमा सहुलियत दिई पुनः वृद्धि गर्नेजस्ता योजना लागू गर्न नपाइने व्यवस्था गरिएको छ’, राष्ट्र बैंकले भनेको छ।बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर तथा परिवर्तनशील हुन सक्ने सूचना उल्लेख छ। ‘स्थिर ब्याजदर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याजदर

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 346 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.