काठमाडौं—  नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

OM Sai Pathibhara Hospital

यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।