आर्थिक

    Showing 1,971-1,980 of 2,961 items.
  • यी हुन् खर्बौँको बजेट पाउने पाँच शीर्ष मन्त्रालय

    बिर्तामोड / सरकारले बजेट प्राथमिकतामा राखेको पाँच मन्त्रालयले कुल बजेट हिस्साको झण्डै ४३ प्रतिशत ९४२ दशमलब ९५० हिस्साको बजेट पाएका छन् । पाँच मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परेका छन् । अर्थमन्त्री जनार्दन शर्माको बजेट वक्तव्य अनुसार मन्त्रालयगत रूपमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि सबैभन्दा बढी बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कुल बजेटको १० दशमलब ९५ प्रतिशत कुल अर्थात १

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 68 पटक पढिएको
  • बजेट : करमा छुटै छुट

    काठमाडौं / सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगीदेखि व्यवसायीसम्मलाई करमा छुट दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी(व्यवसायीसम्मलाई करमा छुट दिएका हुन्। आयकर छुटको सीमा वृद्धि गरी प्राकृतिक व्यक्तिका हकमा ५ लाख र दम्पतीका हकमा ६ लाख रुपैयाँ आयमा कर छुट दिइएको छ। यसअघि व्यक्तिगत रूपमा ४ लाख र दम्पतीका हकमा ५ लाख रुपैयाँ आम्दानीमा कर लाग्दैनथ्यो। आयकर प्रयोजनका लागि बिमा प्रिमियमवापत घटाउन पाउने सीमालाई ४० हजार पुर्‍याएको छ।सरकारले विद्युतीय सवारी साधन उद्योगलाई प्रोत्साहित गर्न ४० प्रतिशतसम्म

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 130 पटक पढिएको
  • सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि, कसको कति ?

    काठमाडौं / सरकारले सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको आव २०७९/८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो ।यससँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तिमा ३५ सय २० रुपैयाँदेखि १० हजार २६० रुपैयाँसम्म बढेको छ। यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। चालु वर्ष २०७८/७९ का लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो दुई हजारले बढाएका थिए।तर, यसपालि भने अर्थमन्त्री शर्माको बजेटबाट तलब १५५ ले बढेको हो। बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरूका लागि पन

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 105 पटक पढिएको
  • अब व्यक्तिले आफूखुसी घरजग्गा बेच्न नपाउने

    काठमाडौँ  / अर्थमन्त्री जनार्दन शर्माले आधिकारिक निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।अब यो व्यवस्था कार्यान्वयन भएपछि काठमाडौँ महानगर लगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले घरजग्गा बेच्न रोक लगाउने घोषणा गरिएको हो । सरकारको यो घोषणासँगै १७ ठूला शहरका व्यक्तिले घरजग्गा कारोबार गर्न पाउने छैनन् । पछि सबै पालिकामा यस्तो व्यवस्था गरिने अर्थमन्त्रीले जानकारी दिए ।त्यस्तै सरकारले घरजग्गाको एकीकृत मूल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा कारोबार गर्दा अर्बौँ पूँजीगत लाभकर छली हुने भएको भन्दै प्रश्न उठ्दै

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 112 पटक पढिएको
  • बजेट : खाना पकाउने ग्यासको मूल्य बढ्ने

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले मूल्य बढ्ने भएको जानकारी गराएका छन् ।यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्यास मुक्त बनाउने भएको छ भने ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिने समेत शर्माले जनाएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 87 पटक पढिएको
  • विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार

    काठमाडौं / सरकारले विद्यालयको प्रधानाध्यापकलाई ५ लाखसम्म खर्च गर्न पाउने अधिकार दिएको छ ।आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थीहरूको क्षमता विकासका लागि सो व्यवस्था गरेको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 137 पटक पढिएको
  • अब वृद्ध भत्ता ६८ वर्षमै

    काठमाडौं / सरकारले सामाजिक सुरक्षा अन्तर्गत वृद्धवृद्धालाई बाँडिदै आएको उमेर सीमा घटाएको छ। आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले यसको उमेर ७० बाट ६८ वर्षमा झारेको बताए।प्रधानमन्त्रीले यसलाई ६५ वर्षमा झार्ने बताएका थिए। अहिले बृद्ध भत्ता मासिक ४ हजार रुपैयाँ छ। उमेर २ वर्ष घटाएका कारण यसको सरकारी कोष माथि भार बढ्ने छ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 105 पटक पढिएको
  • बजेट : युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब

    काठमाडौं / सरकारले आगामी आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत सो जानकारी दिएका हुन् ।उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रबन्ध गरिएको पनि जनाएका छन् । उनले खेलकुद सङ्घलाई दिएको अनुदान वृद्धि गरिएको बताएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 66 पटक पढिएको
  • बजेट : स्टार्टअप बिजनेसलाई प्रोत्साहन गर्न २६ करोड

    काठमाडौँ / स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न २६ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्टार्टअप व्यवसायलाई प्राथमिकतामा राख्दै इनोभेसनलाई बढावा दिन बिजनेस इन्क्युबेसन सेन्टर सरकारले नै सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।उद्यमशीलतालाई प्राथमिकता दिँदै आगामी बजेटमा युवा उद्यमशीलता र स्टार्टअपमा सुरुवाती पुँजी उपलब्ध गराउने उल्लेख गरेको हो । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 79 पटक पढिएको
  • प्रादेशिक अस्पतालहरूमा डायलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन

    काठमाडौँ / सरकारले मिर्गौला रोगीहरूको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।त्यस्तै सबै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा उपलब्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरूलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 71 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा