आर्थिक

    Showing १,९५१-१,९६० of ४,५१९ items.
  • गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले राष्ट्रको हित र आम नागरिकलाई थप सुविधा हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।आइतबार गृहमन्त्रालयमा आर्थिक बर्ष २०८२/८३ को लागि मन्त्रालयका गृह सचिव एवं संगठन प्रमुख, महाशाखा र विभागीय प्रमुखहरुसित कार्यसम्पादन सम्झौता गर्दै गृहमन्त्री लेखकले लागूऔषध, सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम नियन्त्रणमा पहिलो बर्ष काम भएपनि परिणाम आउन समय लाग्ने बताएका हुन् ।‘लागूऔषध, सडक दुर्घटना, साइबरक्राइम, आत्महत्या गरी चार वटै विषय अहिलेका नयाँ चुनौती हुन । विशेष रुपमा काम भएको छ परिणाम आउन थोरै समय लाग्ला ।’ उनले भने, ‘यो वर्ष परिणाम दिनेगरी काम गर्नुपर्छ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ५७२ पटक पढिएको
  • जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

    काठमाडौं— जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्नका लागि सहकार्य सुरु भएको छ ।यो सँगै अब जापान र कोरियामा रहेका नेपालीहरूले अबदेखि जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनि ट्रान्सफरमार्फत सहजै रकम पठाउन सकिनेछ ।यो साझेदारीसँगै अब नेपालीहरुले नेपालका कुनैपनि बैंक खाता तथा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सकिन्छ । साथै नियो मनि  ट्रान्सफरका देशैभर रहेका एजेन्ट नेटवर्क मार्फत समेत रकम प्राप्त गर्न सकिनेछ । जेआरएफसँगको सिाझेदारीका विषयमा नियो मनी ट्रान्सफरका सीईओ सागर खनालले भने,‘जेआरएफ रेमिटसँग मिलेर हामीले

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ७५२ पटक पढिएको
  • नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले  निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् । उनले हालसम्म ९३ प्रतिशत भौतिक प्रगति भएको जनाएका छन् । उनले लेखेका छन्, नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ६४१ पटक पढिएको
  • प्राधिकरणको आर्थिक प्रगति, सेवा गुणस्तरमा सुधारको योजना

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ । यस बिचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याज लगायतका सम्पूर्ण खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए । उनका अनुसार सञ्चालन खर्च, ब्याज खर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो ।शाक्यका अनुसार,

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ५५८ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।  प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो । 

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ५७५ पटक पढिएको
  • वाणिज्य बैंकको ब्याजदर घट्दा कर्जाग्राही उत्साहित

    काठमाडौं— भदौ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएका छन् । साउनको तुलनामा बैंकहरुको व्याजदर ०.११ प्रतिशत विन्दुले घट्दै भदौमा यो दर ५.५७ प्रतिशतमा झरेको छ ।२० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले व्याजदर घटाएका छन् ।राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ५५९ पटक पढिएको
  • सागर डिष्टिलरीको आईपीओमा आज अन्तिम आवेदन दिने दिन

    काठमाण्डौं— सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।गत  साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आईपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने कुल १ करोड ४५ लाख २० हजार रुपैयाँको १०० रुपैयाँ अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको छ ।   गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ५४४ पटक पढिएको
  • कृषि विकास बैंकका शाखा प्रबन्धक मृत अवस्थामा फेला

    दाङ— रुकुम पूर्वको कृषि विकास बैंकका शाखा प्रबन्धक शिवशंकर गिरी मृत फेला परेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ बाहुनठाना स्थित कृषि विकास बैंकको आवासमा बैंक प्रबन्धक गिरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पूर्वले जनाएको छ। ।सल्यानको बागचौर ८ कोटमौलाका गिरी ५२ वर्षका थिए । गिरी शनिवार दिउँसो आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ६०२ पटक पढिएको
  • नयाँ आईपीओ आउँदै, साढे सत्र करोड रुपैयाँको सेयर निष्कासन हुने

    काठमाडौं— फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सत्र करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीको साधारणसभाले यो निर्णय गरेको हो।कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा ४.३ मेगावाटको फेदीखोला (थुमलुङ) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आगामी पुस मसान्तसम्ममा यो आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।सञ्चालक प्रकाशचन्द्र दुलालका अनुसार, आयोजनाको अनुमानित लागत ९४ करोड रुपैयाँ रहे पनि २०८१ साउन १५ गतेको बाढीका कारण लागत ४ करोड रुपैयाँले बढेर ९८ करोड रुपैयाँ पुगेको छ। कुल लागतको ४९ प्रतिशत (४८ करोड रुपैयाँ) सेयरधनीबाट र बाँकी ५१ प्रतिशत (५० करोड रुपैयाँ

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ६९९ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ३७ पैसा र बिक्री

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ५१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.