आर्थिक

    Showing १८१-१९० of ४,५१९ items.
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

    काठमाडौं— स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ।कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो।समितिले स्वीकृत भएका उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोखरेल, सुभाष कोइराला, बुद्ध काजी श्रेष्ठ, गंगा प्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. हुमनाथ गैरे, राजन श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अध

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ५९७ पटक पढिएको
  • महानगरको सहयोगमा ट्रमा सेन्टरमा महानगरवासी र विपन्न बिरामीले निःशुल्क अर्थोपेडिक इम्प्लान्ट पाउने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। महानगरवासी तथा विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई उपलब्ध गराइएको हो।कार्यवाहक प्रमुख सुनिता डंगोलले सामग्री हस्तान्तरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन्। उपलब्ध सामग्रीबाट करिब ३०० बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको सहयोगबाट सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सामग्

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ५९३ पटक पढिएको
  • राष्ट्रिय परिचयपत्र नम्बर बिना वालेट अद्यावधिक नहुने

    काठमाडौं— नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ।शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनअनुसार अब नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिन र राष्ट्रिय परिचयपत्र लिइसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।विदेशमा रहेका न

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ६६४ पटक पढिएको
  • आजको विदेशी मुद्रा विनिमयदरः अमेरिकी डलर १५४ रुपैयाँ ८१ पैसामा कारोबार

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा तोकिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपै

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ५३१ पटक पढिएको
  • मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया: आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

    काठमाडौं/ चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योग मन्त्रालयअन्तर्गतका बजेटमा समेटिएका सुधारका कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालय सक्रिय रूपमा लागिरहेको बताएकी छिन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा बिहीबार आयोजित छलफलमा मन्त्री यादवले उद्योग मन्त्रालयको क्षेत्राधिकारमा रहेका कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन् । उनले बजेटमा उद्योग मन्त्रालयसँग सम्बन्धित आठवटा सुधारका कार्यक्रम रहेको उल्लेख गर्दै

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २६९ पटक पढिएको
  • स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

    काठमाडौं / स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ।बोर्डले आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिरसम्म प्राप्त दाबीमध्ये स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो। पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनाको स्वीकृत भएका दाबीहरूको रकम २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको हो। यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्मका स्वीकृत दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।स्वास्थ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २१९ पटक पढिएको
  • चिनियाको भोक मेटाउन , नेपालमा ३० अर्ब लगानी

    काठमाण्डौ /  नेपालबाट पहिलोपटक ठूलो परिमाणमा प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने महत्वाकांक्षी योजनाले गति लिएको छ। उद्योग विभागमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानीका तीन ठूला मासु प्रशोधन उद्योग दर्ता भएसँगै सरकारले लामो समयदेखि चर्चा हुँदै आएको मासु निर्यात योजनालाई व्यवहारमा उतार्ने तयारी थालेको हो। तीनवटै उद्योग सञ्चालनमा आए नेपालले वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने लक्ष्य राखिएको छ। यससँगै करिब ७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरिएको छ। सबैभन्दा ठूलो परियोजना जियान फुड्स प्रालि हो। चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पन

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ४८६ पटक पढिएको
  • आत्मदाह पीडितका परिवारलाई गगनले दिए जनही १ लाख रुपैयाँ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह गरेका मुगुका गणेश नेपाली र सर्लाहीका विवेक मण्डलका परिवारलाई जनही एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।कांग्रेसका अनुसार शोकाकुल परिवारलाई राहतस्वरूप सभापति थापाको तर्फबाट उक्त सहयोग उपलब्ध गराइएको हो। साथै, विवेक मण्डलका सन्तानको शिक्षा–दीक्षाको व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले गत असार २५ गते त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा भोलिपल्ट उनको निधन भएको थियो।त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका–१०

    • प्रकाशित मितिः साउन ८, २०८३
    • २४७ पटक पढिएको
  • यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ।यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २२ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १९० रुपैयाँ ०७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ३८१ पटक पढिएको
  • विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

    काठमाडौं— विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरु बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।  ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए । उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए । आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए । आयोगका अध्यक्ष धिता

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ४११ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.