आर्थिक

    Showing १,८७१-१,८८० of ४,५१९ items.
  • उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैनः अर्थविद् अधिकारी

    काठमाडौं— अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू समय व्यवस्थापनमा चुकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।अधिकारीले भने, ‘शक्तिशाली राष्ट्रका प्रमुखहरू व्यस्त तालिकाबीच पनि समय व्यवस्थापन गर्न सक्षम छन्, तर हाम्रो देशका प्रमुखहरू केही पनि भ्याउन सक्दैनन् अधिकारीले आफूले २८ वर्षको शिक्षण जीवनमा अनेकन सचिव, मन्त्री र न्यायाधीशहरू तयार पारेको अनुभव सुनाउँदै भने, ‘तर हामी समय व्यवस्थापन गर्न सक्दैनौं। मन्त्री

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ६५७ पटक पढिएको
  • तोलामा २५ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ५ सयले बढेर तोलामा २ लाख  १० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहिबार तोलामा २ हजार ४ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर २ हजार ४ सय ९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५०९ पटक पढिएको
  • झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

    काठमाडौं— झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो ।यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ ।आईपीओ छिटोमा भदौ २४ र ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ । आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘सिंगल बी माइनस’ प्रदान गरेको छ । ज

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ४११ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३  पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैस

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • ५४२ पटक पढिएको
  • लगातार तीन कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा भने सुधार

    काठमाडौं— यसअघि लगातार दुईदिन घटेको नेप्से आज तेस्रो दिनपनि घटेर बन्द भएको छ । बुधबार १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा रोकिएको नेप्से आज बिहीबार पनि ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ ।यसअघि मंगलबार मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा रोकिएको थियो । यद्यपी, आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ ।बुधबार कुल ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ ।आज सेन्सेटिभ इन्डेक्स १.११ अ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ५८० पटक पढिएको
  • इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन् । उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ६३७ पटक पढिएको
  • भारतद्वारा जीएसटीको दरमा कटौती: नेपालमा तस्करी बढ्ने चिन्ता

    काठमाडौं— भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा ठुलो मात्रामा कटौती गरेसँगै नेपालमा तस्करी बढ्ने सक्ने भन्दै उद्योगी व्यवसायीमा चिन्ता बढेको छ ।भारत सरकारले सिमेन्ट र स्टिलमा लगाउँदै आएको जीएसटी कर २८ प्रतिशत बाट १८ प्रतिशतमा झारेको छ । यसले भारतीय बजारमा सिमेन्ट र स्टिलको मूल्य घट्ने र त्यसले नेपाली बजारमा तस्करी बढ्नसक्ने साथै नेपाली उत्पादन विक्री नहुने खतरा बढेको भन्दै उद्योगीहरुमा तनाब बढाएको हो ।‘नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले भारत सरकारले एकैपटक १० प्रतिशत जीएसटी घटाउनुले नेपाली उद्योगमा ठुलो असर पर्ने बताए । भारतमा अब सिमेन्ट, डन्डी, लगायत धेरै बस्तुहरुको मूल्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ५९३ पटक पढिएको
  • संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

    काठमाडौं— राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ । अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष निकालेको छ ।समितिका सभापति ठाकुर गैरेले संसद भवनको निर्माण कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै पछिल्लो समय म्याद थप्ने विषय उठेसँगै समिति सक्रिय भएको बताए । उनले भने, ‘हामीले मन्त्रालयसँग म्याद किन थप्ने, कति समय थप्ने र त्यो समयभित्र निर्माण कार्य सम्पन्न हुने सुनिश्चितता कसरी गर्ने भनेर प्रश्न गरेका थियौं ।’सभापति गैरेका अनुसार सरकारका प्रतिनि

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ७५१ पटक पढिएको
  • अव्यवहारिक नीतिले उद्योग संकटमा परे: क्रसर व्यवसायी

    काठमाडौं- नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रदेशस्तरीय भेला तथा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ । भदौ १५ गते कोशी प्रदेशबाट सुरू भएको कार्यक्रम भदौ १६ गते मधेस प्रदेशमा सम्पन्न भएको थियो भने भदौ १७ गते हेटौँडामा भेटघाट कार्यक्रम सम्पन्न भएको महासंघले जनाएको छ । सो क्रममा भदौ १८ गते गण्डकी प्रदेशमा पनि यस्तै कार्यक्रम भएको थियो ।भेलामा महासंघका अध्यक्ष सिताराम न्यौपानेले व्यवसायीहरूको समस्या अझै पनि सरकारको तहमा नपुगेको बताउँदै कानुनी आधारमा समाधान खोज्न सबै पक्ष एकमत रहेको उल्लेख गरे । उनले आगामी दिनमा व्यवसायीहरूको समस्या समाधानका लागि सरकारका सबै निकायसँग पहल गर्ने

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ७०९ पटक पढिएको
  • महिलाको आर्थिक सवलीकरणका लागि सिलाइ मेसिन वितरण

    रामेछाप— रामेछापको मन्थली नगरपालिका–२, ५, ६ र ८ नम्बर वडाका १९ जना महिलालाई सिलाइ मेसिन वितरण गरिएको छ ।मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सामुदायिक विकास समाज (सिडिएस) ले ७२ दिने सीप विकास तालिम पूरा गरेका महिलालाई प्रति व्यक्ति १८ हजार रुपैयाँ बराबरको सिलाइ मेसिन हस्तान्तरण गरेको हो ।सिडिएसका कार्यकारी निर्देशक मिलनकुमार घिसिङका अनुसार प्राविधिक तथा व्यावसायिक सीप र कृषि तालिममार्फत ग्रामीण भेगमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । उनले भने, ‘ग्रामीण महिलाको सीप विकासमार्फत आर्थिक सबलीकरणमा यो

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • ६६१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.