आर्थिक

    Showing 1,481-1,490 of 4,313 items.
  • इनरुवा—पूर्णिया र लम्की—बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहेल्डर सम्झौतामा हस्ताक्षर

    काठमाडौं— नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की –दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर समारोहमा भारतका लागि नेपालका राजदूतका शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो ।&

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 608 पटक पढिएको
  • सोल्टी होटलको सञ्चालकको जिम्मा वायु सेवा निगमका दाहाललाई

    काठमाडौं— सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको हो ।सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक ११ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको छ । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको कार्यकाल समाप्त भएका कारण सञ्चालकमा दाहाललाई नियुक्त गरिएको होटलले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 648 पटक पढिएको
  • सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    काठमाडौं— नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । महासंघका अनुसार तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ । यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 569 पटक पढिएको
  • श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं— श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 578 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६८ पैसा र बिक्रीदर १०१ र

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 383 पटक पढिएको
  • एनआईसी एशिया बैंकका ग्राहकका लागि स्काइवाक टावरमा २५ प्रतिशत छुट

    काठमाडौं— एनआईसी एशिया बैंकका ग्राहकले अब वन्डर नेपालद्वारा सञ्चालित कमलादीस्थित स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन्।यस उद्देश्यका लागि बैंक र वन्डर नेपालबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, ग्राहकहरूले स्काइवाक टावरमा विभिन्न सेवा उपयोग गर्दा डिजिटल भुक्तानी माध्यम प्रयोग गरेमा छुट प्राप्त गर्न सक्नेछन्।ग्राहकले यो सुविधा लिनका लागि बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, अथवा मोबैंक एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।बैंकका अनुसार, यो सहकार्यले ग्राहकलाई थप आकर्षक सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग र नगद

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 611 पटक पढिएको
  • ६२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि वृद्धि

    काठमाडौं— साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ विन्दुमा पुगेको छ ।मंगलबार ३१४ कम्पनीका ९२ लाख ४३ हजार कित्ता शेयर ४७ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार रुपैयाँबराबरको किनबेच भएको छ । यसअघि आईतबार कुल २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर कारोबार भएको थियो ।त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो । आज न्यादि हाइड्रो पवार, बुटवल पावर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 568 पटक पढिएको
  • डाक्टर गोपीलाल न्यौपानेद्वारा ‘नेपाल लिबरल पार्टी’ को घोषणा

    काठमाडौं— डाक्टर गोपीलाल न्यौपाने नयाँ दल ‘नेपाल लिबरल पार्टी’कोे घोषणा गरेका छन् ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वको ‘नेपाल लिबरल पार्टी’ को घोषणा गरेका हुन् । पार्टी घोषणा गर्दै उनले पुँजीवादमा विश्वास गर्ने पार्टीको घोषणा गरेको बताउँदै यो नेपालको इतिहासमा नै एउटा ऐतिहासिक क्षण हुने बताए । अब नेपाल लिबरल पार्टी गठन भएसँगै नेपाल पुँजीवादी युगमा र स्वतन्त्र बजारमा प्रवेश गरेको दाबी गरे । उनले भने,‘पुँजीवादमा विश्वास गर्ने एउटा पार्टीको आज हामी घोषणा गर्दै छौं । नेपालको इतिहासमा नै यो एउटा ऐतिहासिक क्षण हो । नेपाल अब पुँजीवादी युगमा प्रवेश गर्यो । आजक

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 633 पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्य मंगलबार पनि घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले  घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँ निर्धारण भएको छ । सोमबार सुन २ लाख ३९ हजार ९००  रुपैयाँमा कारोवार भएको थियो ।  त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको हो । सोमबार २ हजार ९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको चाँदी आज २ हजार ९ सय २० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 587 पटक पढिएको
  • एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

    काठमाडौं— एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण शेयर जारी गरेको हो ।यसमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । उद्योग प्रभावित वासिन्दा र बैदेशीक रोजगारीमा रहेकाहरुलाई शेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू, साथै मेरो शेयर

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • 585 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.