धादिङ । रसुवाबाट आएको भीषण बाढी धादिङको आदमघाट कटेर गजुरी पुगेको छ। बिहान पौने ११ बजे बाढी गजुरी पुगेको सूचना प्राप्त भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढीको बहाव अत्यन्त ठूलो भएपछि धादिङका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
प्रहरीका सबै युनिट परिचालन गरिएको छ भने जिल्ला प्रशासनले जिल्लाका सबै पालिकासँग समन्वय गरी सतर्कता बढाएको छ।
बाढीको रफ्तार तल्लो तटीय क्षेत्रतर्फ—धादिङमा सुरक्षा संयन्त्र ‘हाई अलर्ट’मा।






































