काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभाको मंगलबारका लागि तय गरिएको बैठक स्थगित भएको छ । संसद् सचिवालयले मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरेको बैठक ‘विशेष कारण’ देखाउँदै स्थगित गरिएको जनाएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक स्थगित गरी भोलि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन् । सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएकाले भोलिका लागि बैठक सारिएको उल्लेख छ । यद्यपि, बैठक स्थगित गर्नुको विशेष कारण भने सचिवालयले खुलाएको छैन । अब प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजे बस्नेछ।